घोराही, १८ माघ । दाङका जनप्रतिनिधि र शिक्षासँग सम्बन्धित सरकोकारवालाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्रभाकारी गराउने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय प्रारम्भिक शिक्षा कार्यक्रम दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा दश स्थानीय तहका जनप्रतिनिधि र शिक्षासँग सम्बन्धित सरोकारवालले शिक्षाको गुणस्तर बढाउन कक्षा १ देखि ३ सम्मको पढाइलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले शिक्षाको जग बलियो नहुँदा दक्ष जनशक्ति उत्पादनमा कठिनाई देखिएको भन्दै अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले प्रारम्भिक तहको सिकाइलाई प्रभावकारी बनाउने बताएका छन् । दाङमा दुईवर्ष अघि ४ सय २० सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागूभएको छ । प्रारम्भिक पढाइ कार्यक्रम लागूभएको साढे २ वर्ष भएको र धेरै बालबालिकाले राम्रो पढाइ तथा सिकाइ उपलब्धि हासिल गर्न सफल भएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले जानकारी दिए ।
उनले भने– ‘शिक्षाको जग प्रारम्भिक शिक्षा कार्यक्रमले गुणात्मक रुपमा प्रभावकारी बन्दै गएको छ, अझै प्रभावकारी बनाउन अब स्थानीय सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छौँ । घरमा अभिभावकले पढ्ने वातावरणको निर्माण गर्नुपर्ने, विद्यालयमा आफ्ना बालबालिकाको शिक्षाको बारेमा समय–समयमा जानकारी लिन अभिभावक अग्रसर हुुनुुपर्ने उनले बताए । सानो कक्षामा नै सिकाइलाई प्रभावकारी बनाउनसके शिक्षामा अपेक्षाकृत नतिजा आउने भन्दै उनले प्रारम्भिक कक्षा पढाइलाई प्रभावकारी बनाउन ुपर्नेमा जोड दिए । उनले प्रारम्भिक कक्षाको बालबालिका पठन संस्कृतिको विकासका लागि स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न आग्रहसमेत गरेका छन् ।
शिक्षा विकास शाखा प्रदेश नम्बर ५ का निर्देशक जीतबहादुर शाहले स्थानीय तहले शिक्षामा गरेको लगानी परिमाणात्मक हुनुपर्ने भन्दै जनप्रतिनिधिले फरक साेंचका साथ काम गर्नुपर्ने बताए । प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्रभावकारी बनाउन जनप्रतिनिधिको दायित्व महङ्खवपूर्र्ण हुुने उनको भनाई छ ।
कार्यक्रममा सहभागी घोराही उमहानगरपालिकाका प्रमुुख नरुलाल चौधरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिं डाँगीलगायतले सामुुदायिक विद्यालयको शिक्षाको गुुणस्तरबृद्धिका लागि सानो कक्षाको पढाइलाई प्रभाकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दाङका निमित्त प्रमुख देवमणि चौधरीले प्रारम्भिक कक्षा प्रभावकारी बनाउन शिक्षकसँगै अभिभावकको दायित्व पनि भएको बताए । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका फोकल पर्सन युुवराज पौडेलले प्रारम्भिक कक्षा १ देखि ३ सम्ममा अक्षर पढ्न सक्ने बालबालिका कम भएको भन्दै गुणात्मक ढंगबाट अक्षर पढ्न सक्ने बालाबालिका निर्माण गर्न प्रारम्भिक शिक्षा पढाइ कार्यक्रम प्रभावकारी बन्ने बताए । उनले प्रारम्भिक कक्षामा पढाइ तथा सिकाइ प्रभावकारी नहुँदा दक्ष जनशक्ति उत्पादन हुुन नसकिरहेको भन्दै अभिभावक, शिक्षक र विद्यार्थी मिलेर सानो कक्षा लगानीलाई प्रभावकारी बनाउनुुपर्ने बताए । प्रारम्भिक कक्षाको पढाइ प्रभावकारी गराउन आयोजना गरिएको गोष्ठीमा दश स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा शाखाका प्रमुखलगायत शैक्षिक सरोकारवाला लगायतको सहभागिता रहेको थियो । तीनदिने गोष्ठीको सञ्चालन भएको कार्यक्रमको सहजीकरण प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला संयोजक हल्लुुप्रसाद चौधरीले गरेका थिए ।
Stay Connected
Must Read