तुलसीपुर, १७ माघ । सरकारको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले दाङको तुलसीपुरमा मसाल जुलुस निकालेको छ । डा. गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने, चिकित्सा शिक्षा विधेयक खारेज गरी केसीसँगको सहमति अनुसार ल्याउनु पर्ने, निर्मला पन्तले न्याय पाउनुपर्ने भन्दै सरकारविरुद्धका चर्का नारा लगाउँदै नेपाल विद्यार्थी संघ दाङले दाङको तुलसीपुरमा मसाल जुलुस निकालेको हो । सरकार र प्रधानमन्त्रीविरुद्ध चर्का नारा लगाउँदै बजार परिक्रम गरेका थिए । विद्यार्थीले बालेको मसाल जुलुस प्रहरीले खोसेर निभाउने प्रयाससमेत गरेको थियो । मसाल जुलुसमा नेविसंघका जिल्ला सदस्य किरण केसी, घनश्याम भण्डारी, अरुण लहरेलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
Stay Connected
Must Read