घोराही, १७ माघ । नेपाल कम्युनिष्ट पार्टीले दाङका दशवटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । बुधबार बसेको नेकपा प्रदेश कार्यालयको बैठकले तीनवटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टुंगो लगाएको हो । जसअनुसार दाङका दश स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्व एमालेले पाएको छ भने चारवटा स्थानीय तहको अध्यक्ष पूर्व माओवादी केन्द्रले पाएको छ । घोराही उपमहानगरपालिकामा पूर्व एमालेका राममणि पाण्डे अध्यक्ष र पूर्व माओवादी केन्द्रका विश्वराज आचार्य सचिव भएका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पूर्व माओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्व एमालेका माधव ओली सचिव भएका छन् । लमही नगरपालिकामा पूर्व एमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्व माओवादी केन्द्रका वसन्तराज शर्मा सचिव भएका छन् । राप्ती गाउँपालिकामा पूर्व माओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्व एमालेका टोपबहादुर झाँक्री सचिव भएका छन् । गढवा गाउँपालिकामा पूर्व एमालेका कालीराम चौधरी अध्यक्ष र पूर्व माओवादी केन्द्रका यमनारायण पोख्रेल सचिव भएका छन् । त्यस्तै राजपुर गाउँपालिकामा पूर्व माओवादी केन्द्रका चक्रबहादुर खड्का ‘शिखर’ अध्यक्ष र पूर्व एमालेका शंकर चौधरी सचिव भएका छन् । बंगलाचुली गाउँपालिकामा पूर्व माओवादी केन्द्रका डोमाकान्त कँवर अध्यक्ष र पूर्व एमालेका पुष्प भण्डारी सचिव भएका छन् । बबई गाउँपालिकामा पूर्व एमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्व माओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव भएका छन् । शान्तिनगर गाउँपालिकामा पूर्व एमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्व माओवादी केन्द्रका गोविन्द भण्डारी सचिव भएका छन् । दंगीशरण गाउँपालिकामा पूर्व एमालेका भरत अधिकारी अध्यक्ष र पूर्व माओवादी केन्द्रका धनवीर चौधरी सचिव भएका छन् ।
Stay Connected
Must Read