Thursday, October 2, 2025
Homeफिचरफागुनसम्म सबै कानुन निर्माणः केसी

फागुनसम्म सबै कानुन निर्माणः केसी

- Advertisement -spot_img

घोराही, १६ माघ । घोराही उपमहानगरपालिकाले ४१औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको उद्घाटन गर्दे प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले फागुन मसान्तसम्म प्रदेश कानून निर्माणको काम सम्पन्न भईसक्ने बताएका छन् ।
प्रदेशका सबै कानून निर्माणहरु फागुन मसान्तसम्म टुंग्यागाईसक्ने उनले बताएका थिए । ‘स्थानीय, प्रदेश र संघको बीचका खटपट पनि समाधान हुन्छ’ उनले भने ‘कानून निर्माणको काम नसकिदा धेरै समास्या भएको छ ।’ त्योसँगै प्रदेश राजधानीको नामाकरण पनि सोचिसकेको जानकारी गराएका थिए । ‘प्रदेश राजधानीको नामाकरण पनि हामीले सोचिसकेका छौँ’ कार्यक्रममा उनले भने ‘तपाईहरुको पायक पर्ने स्थानमा हुन्छ ।’ प्रदेश राजधानीको विषयका नामाकरणदेखि सबै काम भईसकेकाले सबै जिल्लाको मनोभावना बुझ्ने काम भईरहेको उनले बताए । ‘राजधानीको विषयमा सार्वजनिक गर्दा कही कतैबाट विरोध नहोस् भन्ने हाम्रो चाहना हो’ उनले भने ‘अहिले हामीले जनभावना बुझिरहेका छौँ ।’ सबैको घर–घरमा दिपावली हुने गरेर मात्र प्रदेश राजधानी हुने उनले बताए ।
प्रदेशमा पाँचवटा गौरव आयोजनाका योजनाहरु बनाएको समेत उनले जानकारी गराएका थिए । बबई डाइभर्सन, सिक्टा, भैरहवामा अन्तर्राष्ट्रिय हवाई मार्गलगायतका गौरवका आयोजना भएको बताए । सिक्टा आयोजनामा देखिएको खटपट पनि समाधान भईसकेकाले योजना अनुरुप काम समयमै सम्पन्न हुने उनले बताए । पाँच वर्षभित्र तीनवटा शहरलाई जोडेर महानगरपालिका बनाउने परिकल्पना गरेको बताएका थिए ।

प्रदेशका सबै कानून निर्माणहरु फागुन मसान्तसम्म टुंग्यागाईसक्ने र स्थानीय, प्रदेश र संघको बीचका खटपट पनि समाधान हुन्छ हुने मन्त्रीले बताए । उनले भने ‘कानून निर्माणको काम नसकिदा धेरै समास्या भएको छ ।’

संघीय सरकारले आफ्नो कार्य सम्पादन फागुन मसान्तसम्म गरिसक्ने बताएका थिए । यो प्रदेशको नयाँ सीमारेखा जोड्ने कामलाई प्राथमिकतामा राखेको, लुम्बिनीदेखि सिस्ने÷पृथा हिमालसम्म सडक जोड्ने योजना बनाएको उनले बताए । ‘दामोदर मार्गको लागि ५ करोड बजेट छुट्याएको थियो’ उनले भने ‘पछि ७ मिटर बाटो खोल्ने निर्णय भएपछि १० करोड बजेट छुट्याएको हो ।’ प्रदेशभित्रका सबै जोखिमहरुलाई नियन्त्रण गर्ने र त्यसको लागि प्रहरीलाई जिम्मा दिएको उनले बताए । प्रदेशका संवेदनशील शहरहरुमा सिसी क्यामराबाट निगरानी गर्ने योजना बनाएको उनले जानकारी गराए । घोराही उपमहानगरपालिकाको विषयमा कुरा गर्दै कानुन मन्त्री केसीले रााष्ट्रियस्तरमा चर्चित भईसकेको घोराही उपमहानगरपालिकालाई समृद्ध बनाउनको लागि यहाँका सरोकारवालाहरु एक हुनुपर्ने बताए ।
‘सबै बाटोहरु चौडा बनाउने मात्रै होईन्’ उनले भने ‘सडक छेउछाउमा फुलहरु फुलेको पनि हुनुपर्छ । अबको समयमा आफ्नो सबै क्षमता देखाउने समय आएको बताएका थिए । ‘निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरु पूरा गर्नुपर्छ’ उनले भने ‘कमसल काम र सस्तो लोप्रियताको काम छैन ।’ नगर पञ्चायत, नगरपालिका र उपमहानगरपालिकाको रुपमा विकास गर्ने पूर्व व्यक्तिहरुलाई सम्झनुपर्ने समेत सुझाव दिएका थिए । प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठले घोराही उपमहानगरपालिकालाई समृद्ध बनाउनको लागि सबै एक हुनुपर्ने बताए । नागरिक समाज दाङमा संयोजक चन्द्रराज पन्तले नगरबासीलाई प्रभावकारी रुपमा सेवा दिन अनुरोध गरेका थिए । जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले घोराही उपमहानगरपालिकाको योजनाहरु प्रभावकारी रुपमा सम्पन्न गर्न सुझाव दिएका थिए । घोराही उपमहानगरका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, पूर्व मेयर दामोदर अधिकारी, नेपाली काँग्रेसका सचिव शंकरप्रसाद डाँगी, नेकपा नेता सुवास पुन, राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगायतले मन्तब्य राखेका थिए । घोराही उपमहानगरको विकासको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार महासंघ दाङका सचिव भूपेन्द्र प्रकाश वलीलाई पुरस्कृत गरिएको थियो । उक्त अवसरमा विभिन व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । उपप्रमुख सीता सिंग्देल न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here