काठमाडौँ, १६ माघ । आज सहिद दिवस । देशको लागि आफ्नो प्राणको आहूति दिने अमर सहिदहरुको सम्झनामा आजकै दिन सहिद दिवस बनाउने गरिन्छ । राणा शासनविरुद्धको आन्दोलनमा ज्यानको बाजी लगाएका अमर सहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरिदैछ । पछिल्ला वर्षहरुमा सहिदको अपमान भएको गुनासो बढिरहेको छ । सहिदको मापदण्ड र संख्याबारे सरकारसमेत अनभिज्ञ छ । जोसुकैलाई पनि सहिद घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्दै वास्तविक सहिदको सम्मान गर्न विभिन्न क्षेत्रबाट माग हुँदै आएको छ । विक्रम सम्वत १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौँको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभा भगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो । सहिदहरुको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौं ? भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नैपर्ने बेला आएको छ । राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बहालिकालागि शहिदहरुले वलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्रपश्चात् पुनः निर्दलिय व्यवस्था लगायत ३६ सालको जनमत संग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलिय प्रजातन्त्रको पुनस्र्थापना, ०६२÷६३ को जनआन्दोलनले स्थाना गरेको संघीय गणतन्त्रात्मकता सहिदहरुकै योगदानले सम्भाव भएको हो ।
Stay Connected
Must Read