घोराही, १४ माघ । निर्माण व्यवसायीहरुले सरकारले विकास निर्माणका लागि गर्दे आएको ठेक्का प्रक्रियालाई सच्याएर लैजानु पर्ने बताएका छन । उनीहरुले ठेक्का प्रक्रिया असहजिलो र कमजोर प्रणली अपनाइएको भँदै यसलाई प्रक्रियागत रुपमा सच्याइनु पर्ने बताए । दाङ निर्माण ब्यवसायी संघको २०औँ साधारणसभा तथा नवौँ अधिबेशनमा आयोजना गरिएको कार्यक्रममा सहभागी निर्माण ब्यवसायीहरुले यस्तो बताएका हुन । राज्यले निर्माण कार्यलाई प्राथमिकतामा राखेर कानून निर्माण नगरेकै कारण काममा समस्या रहेको उनीहरुले बताएका छन् । यस विषयमा राज्य संवेदनशील भएर सोच्नु पर्ने र स्पष्ट कानुन निर्माण गर्नुपर्ने उनीहरुले बताएका थिए ।
संघका केन्द्रिय उपाध्यक्ष टोपबहादुर राइमाझीले निर्माण सम्वन्धी ठेक्का प्रक्रियामा राज्य कमजोर रहेको बताए । राज्यले निर्माण व्यवसायीमैत्री कानुन बनाउन नसक्दा राज्य कमजोर सावित भएको ठहर गरे । ‘राज्यले निर्माण ब्यबसायीलाई लक्षित गरेर कानुन बनाए पनि अपांग सरह भएको रायमाझीको भनाई छ ।’ ठेक्का प्रक्रियालाई सच्याउन पर्छ ‘उनले भने ठेक्का प्रक्रियामा राज्य कमजोर भएकै कारण निर्माण व्यवसायीहरु समस्यामा पर्ने गरेका छन । संघीयता कार्यान्वयनका चरणमा रहेकाले र स्पष्ट निर्माण व्यवसायी सम्वन्धी कानुन निर्माण नहुदा निर्माण व्यवसायीहरुले विभिन्न खाले समस्या भोगि रहेको उनको भनाई थियो ।
पाँच वर्षको अवधिको तथ्यांक हेर्दा कुनै वर्ष पनि कुपोषण कम देखिएको छैन । बर्षेनी उपचारमा आउने कुपोषित बालबालिकाको संख्या बढिरहेको छ ।
निर्माण ब्यवसायी महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष बलिभद्र रानाले राज्यले निर्माण व्यवसायमा आवश्यक रकम समयमा छुट्याउन नसक्दा नै विकास निर्माणका कार्यमा समस्या हुने गरेको बताए । निर्माण व्यवसायी र निर्माण सम्वन्धी स्पष्ट कानुन बनाउन उनले सुझाव दिए । तीन तहका सरकारमा विकास निर्माण सम्वन्धी पनि अन्यौलता देखिएकाले त्यसको चाडै नै समाधान गर्न अनुरोध गरे । निर्माण व्यवसाय संघका जिल्ला अध्यक्ष गणेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरुले राज्यले निर्माण ब्यबसायीहरुका लागि आवश्यक पर्ने कानुनलाई निर्माणमैत्री बनाउन नसक्दा विकास निर्माणका काममा समस्या परेको गुनासो गरे । राज्यले निर्माण व्यवसायी सम्वन्धी स्पष्ट कानुन नबनाउदा ब्यवसायीहरु जहिले पनि हेलाको पात्र भएको गुनासो गरे ।
त्यस अवसरमा दाङ निर्माण ब्यवसायी संघ दाङले जनप्रतिनिधि र निर्माण व्यवसायीहरुलाई सम्मान गरेको छ । स्थानीय तहका जनप्रतिनिधि र निर्माण व्यवसायी संघको प्रदेश समितिका विभिन्न पदमा रहेका निर्माण ब्यबसायीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा तुलसीपुर–१९ का वडाध्यक्ष रामबहादुर योगी, गढवा–५ का वडाध्यक्ष प्रकाश भण्डारी, घोराही–१८ का वडा सदस्य कृष्णबहादुर घर्ती, १४ का वडा सदस्य लक्षणकुमार बुढा, १५ का वडा सदस्य दिलिपकुमार डिसीलाई सम्मान गरेको हो । यस्तै निर्माण व्यबसायी महासंघका प्रदेश अध्यक्ष बलिभद्र राना, सदस्यहरु बिमलमान श्रेष्ठ, दिपककुमार श्रेष्ठ, आरके पाण्डेलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट ब्यबसायीको रुपमा संघले डम्बरबहादुर राना, प्रबिण भण्डारी, सुदर्शन श्रेष्ठ र दिपककुमार न्यौपानेलाई सम्मान गरेको छ । कार्यक्रममा संघका पूर्व बरिष्ठ उपाध्यक्ष लक्ष्मण राना, केन्द्रीय सदस्यहरु बालाजी श्रेष्ठ, मेघजंग शाह, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, नेकपाका नेता बिबेक श्रेष्ठ, घोराही–१४ का वडाध्यक्ष शक्तिराम डाँगी, नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासन, कोषाध्यक्ष आरके सितल, डा. लोकराज पराजुलीलगायतले धारणा राखेका थिए । उपाध्यक्ष गोपालप्रसाद घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दोर्ण बहकरीले गरेका थिए ।