घोराही, २७ मंसिर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राज्य सक्षम र सबल बनेमात्रै नागरिकको मौलिक हक र मानव अधिकार सुनिश्चित हुने बताएका छन् । मुख्यमन्त्री पोख्रेलले मौलिक हक सुनिश्चितताका लागि कानून बनाएपनि कार्यान्वयनका लागि संयन्त्र र क्षमता नबन्दा मौलिक हक व्यवहारमा लागू हुन नसकेको बताए ।
प्रदेश सरकार र मानव अधिकार आयोगले बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र प्रदेशसभाको भूमिका विषयका गोष्ठीमा मुख्यमन्त्री पोख्रेलले मौलिक हक कार्यान्वयनका लागि राज्यलाई कमजोर बनाएर र दोष देखाएर मात्रै नागरिकलाई अधिकार दिन सकिन्छ भन्ने मानव अधिकारवादीहरुको धारणा परिवर्तन गर्न समेत उनले सुझाव दिए ।
पछिल्लो समयमा राजनीतिको आवरणमा हिंसा भईरहँदा पनि मानव अधिकारवादी नदेखेजस्तो गर्ने र न्यायीक निकाय चुप लागेर बस्ने र राज्यकै विपक्षमा उभिने गरेको भन्दै उनले यसबाट सर्वसाधारण अन्यायमा परेको जिकिर गरे ।
Stay Connected
Must Read