अहिलेको युग विकास र समृद्धिको युग भनिएको छ । अहिलेको युग जनताको युग भनिएको छ । अहिलेको युग समाजवादको युग भनिएको छ । अहिलेको युग सुशासनको युग भनिएको छ । अहिलेको युग नयाँ नेपालको युग भनिएको छ र अहिलेको युग सर्वत्र परिवर्तनको युग भनिएको छ । यो युगलाई चिनाउन बुझाउन र देखाउन विभिन्न आश्वासन र विश्वासका सपनाहरु बाँडिएको छ । र ती सपनाका योजनाकारी कार्यहरु सूचिकृत ढंगले प्रस्तुत पनि गरिएको छ । हामीले सुनेको, बुझेको केही सपनाका दृश्य र स्वरहरुमा नेपालमा रेलमार्गको विकास, नेपालमा पानीजहाजको सेवा, नेपालमा ग्याँस पाइप लाइनकाु विस्तार, नेपालमा हावाबाट विद्युत उर्जाको उत्पादन, नेपालमा मेट्रो सिटीको अवधारणा, नेपालमा भ्रष्टाचारको पूरै अन्त्य र नेपालमा सुखी, खुशी र समृद्धि जनता जस्ता थुप्रै मीठा र कर्णप्रिय कुराहरु छन् । जुन कुरा सोच्नु र सपनामा देख्नु जायज र यथार्थ पनि छन् ।
तर कुरा के हो भने सबैभन्दा सानो संख्या वा अंक शुन्य (०) अर्थात जिरो हो । हामी जिरो अर्थात शुन्यलाई त्यागेर अन्य अ.कतर्फ लाग्यौँ भने हामीलाई दश, बीस, पचास, सय, हजार, लाख, करोड, अर्ब र खर्ब पु¥याउन हम्मे–हम्मे ! हुन्छ । त्यसैले कुने पनि संख्या वा अंक लेख्दा अगाडि शुन्यबाट नै शुरु गर्ने गरिन्छ । विकास र समृद्धिमा पनि यही शुन्यबाट वा सुक्ष्म र सामान्यबाट नै अघि बढ्नुपर्छ र त्यसको शुरुवात गर्ने गर्नुपर्छ । अहिले हाम्रो देशमा आधारभूत परिवर्तनका कुराहरु के–के हुन ? अहिले हाम्रो देशमा तत्काल परिवर्तनका कुराहरु के–के हुन् ? अहिले हाम्रो देशमा दैनिक जनजीवनमा प्रत्यक्ष असर पारिरहेका कुराहरु के–के हुन् ? के ग¥यो भने जनताले तत्काल र प्रत्यक्ष राहत पाउँछन् ? के परिवर्तन ग¥यौँ भने जनताले प्रत्यक्ष परिवर्तनको महसुस गर्छन् ? के मिलायौँ भने जनताले प्रत्यक्ष विकासको अनुभूत गर्छन् ? आदिजस्ता कुराहरुमा केन्द्रित भएर अहिलेको सरकार लागेन भने जनताको आशामा थप निराशा पैदा हुनेछ । हामीले धेरै स्तरीय र हाइपोथिसिस कुरा गर्नु र देखाउनु पनि हुन्न किन भने हाम्रो देश नेपाल भौगोलिक विकटताले जेलिएको मुलुक हो । यहाँ प्राकृतिक साधन र स्रोत प्रशस्त मात्रामा भएपनि त्यसलाई तत्काल उपयोगमा लिनको लागि हामीसँग दक्ष जनशक्ति र यन्त्र उपकरणको अभाव छ । कतिपय पूर्व सञ्चालित उद्योग तथा कलकारखानामा समेत रुघ्न र ठप्प छन् । हामी कुनै पनि कुरामा आत्मनिर्भर छैनौँ । कृषि प्रधान देशमा कृषिबाट उत्पादित वस्तु र खाद्यान्न बालीमा समेत हामी आत्मनिर्भर छैनौ । हामीले दिनहुँ पहिरिने कपडा हाम्रो देशमा बन्दैन । हामीले प्रयोग गर्ने भाँडाकुडा नेपालमा बन्दैनन् । हामीले भान्छाकोठामा प्रयोग गर्ने सामान र वस्तुभाउ नेपालमा बन्दैनन् र फल्दैनन् । हामी चढ्ने ट्याक्सी, कार, मोटर, जीप, टेप्पो, रेल, जहाज कुनै पनि यातायातका साधन नेपालमा बन्दैनन् । हामीले प्रयोग गर्ने सौन्दर्य प्रशाधनका साधन नेपालमा बन्दैनन् । सामान्य अर्थमा भन्नुपर्दा सियोदेखि जहाजसम्म र नुनदेखि सुनसम्म हामी परनिर्भरमा नै आश्रित छौँ ।
हामीमा कुनै उत्पादन हुँदैनन् । हामीभित्र जे छ त्यो पनि अभाव छ र हामीले जे प्रयोग गर्छौ त्यो पनि अभाव र मंहगीमा नै प्रयोग गर्छौ । हामी जलस्रोतको दोस्रो धनी देश भन्छौ तर बत्ती बालेर सन्ध्या जगाउने बेला हाम्रो बत्ती निभ्छ र बत्ती निभाएर राति सुत्नेबेला बत्ती बल्छ । कस्तो विडम्वना ! हामीमा स्वच्छ खानेपानीको अभाव छ । हामीमा सिंचाई कुलोको अभाव छ । वर्षामा आकाश वर्षिनु पर्ने । हिउँदमा पाताल पर्सिनु पर्ने । हाम्रा सडक मार्गहरु हिलाम्य र धुलाम्य अवस्थामा गुज्रिएका छन् । वर्षामा लगाएको कपडा चिनिदैन । हिउँदमा मान्छे चिनिदैन । सडक साँघुरा र खाल्डाखुल्डीले दिनहुँ घटना दुर्घटना भइरहेका छन् । यात्रुहरुले अनाहकमा ज्यान गुमाइरहेको अवस्था छ । शिक्षामा चुलिदो व्यापारीकरण भइरहेको छ ।
हामीमा कुनै उत्पादन हुँदैनन् । हामीभित्र जे छ त्यो पनि अभाव छ र हामीले जे प्रयोग गर्छौ त्यो पनि अभाव र मंहगीमा नै प्रयोग गर्छौ । हामी जलस्रोतको दोस्रो धनी देश भन्छौ तर बत्ती बालेर सन्ध्या जगाउने बेला हाम्रो बत्ती निभ्छ र बत्ती निभाएर राति सुत्नेबेला बत्ती बल्छ । कस्तो विडम्वना ! हामीमा स्वच्छ खानेपानीको अभाव छ ।
स्वास्थ्यमा सर्वसाधारण जनताको पहुँच छैन । सामान्य जनताहरु सिटामोल खान पाउँदैनन् । रुघाखोकी, दम, निमोनिया, आउँ, पखालामा समेत ज्यान गुमाउनु परेको छ । नेपाली श्रम र नेपाली पसिना विदेशी भूमिमा पोखिएको छ । स्वदेशमा आफ्ना जहान परिवारसँगै बसरे ज्यान पाल्ने आशलाग्दो र भरपर्दो रोजगारको ग्यारेन्टी छैन । देश बन्द, हड्ताल र चक्काजाममा व्यस्त छ । नेताहरु भाषण र योजनामा व्यस्त छन् । यो स्थिति र परिस्थितिमा विकास र समृद्धिको ढोका कुन दिशाबाट खुल्दै छ त ? जनतालाई थाहा हुने कि नहुने ? चुनाव ताका जनताका अगाडि राखेको चुनावी घोषणा–पत्र आज हामीले सोध्दा र खोज्दा पाइन्छ कि पाइन्न ? त्यो घोषणा–पत्र लेख्न र बनाउन, देख्न र देखाउनका लागि मात्र कि आफ्नो कार्यकालमा कार्यान्वयन गर्ने आवश्यक दस्तावेज ? हामी जनता अझैपनि भ्रमको भ्रम मै हुन भयौँ । किन भने सरकारले गर्ने काम भन्दैन र भन्ने काम गर्दैन । साँच्चिकै सरकारले जनताले देख्ने गरी, सुन्ने गरी, बुझ्ने गरी, लेख्ने गरी र भोग्ने गरी काम गर्ने हो भने शीलशिलावद्ध ढंगले अघि बढ्नु पर्ने हो ।
जनताका अत्यावश्यक एवं आधारभूत कुराहरु जस्तै गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारलगायत खानेपानी, बाटोघाटो, विद्युत उर्जा, उद्योगधन्दा, कलकारखानाहरुमा विशेष प्राथमिकताका साथ सम्पन्न गर्दै देशमा बढ्दै र चुलिदै गरेको भ्रष्टाारलाई निर्मूल पार्ने हो र विधिको शासन स्थापित गर्ने हो भने देशमा कायापलट हुन बेरै लाग्दैन । सरकारले सपना बाँड्ने होइन विपना हल गर्दै र समाधान गर्दै जाने हो । नेपाललाई जापान, अमेरिका, स्वीजरल्याण्ड, क्यानडा बनाउने होइन, नेपाललाई नेपाल नै बनाउने हो र यो देशलाई सुन्दर, शान्त र विशाल मुलुक बनाउने हो । देश डुबेको बेला उतार्ने हो । देश सुतेको बेला देश उठाउने हो । देश निदाएको बेला देश ब्युँझाउने हो । देश ओइलाएको बेला देश हराभरा पार्ने हो । देश फुलेको बेला देश फलाउने हो । देश बाँजिएको बेला देश झुलाउने हो । देश रोएको बेला देश हसाउने हो । देश दुखेको बेला देश आराम बनाउने हो । सरकार समृद्धिको बाटोमा लम्किरहेको बेला र जनता विकास र समृद्धि कुरीरहेको बेला कुन काम पहिलो र कुन काम दोस्रो भन्ने याद र योजना हुँदैन । अब त फगत विकास र समृद्धिको यात्रा मात्र एकमात्र कल्पना र परिकल्पना हो । हजिो विकास र निर्माणका कुरा गर्दा र शान्ति र समृद्धिका कुरा गर्दा एकले अर्कोलाई दोष थुपार्ने र एकले अर्कोलाई बाधा अवरोधका रुपमा तेस्र्याउने चलाखीपूर्ण राजनीति हुन्थे । अब ती सबै बहानाबाजी र नाटक अभिनय गर्ने वातावरण अन्त्य भएको छ । अब बहुमतको सरकार । अब स्थायी ससकार । अब गरिब जनताको सरकार । अब कम्प्युनिष्टको सरकार । अब समाजवादी पार्टीको सरकार । अब जनताले रोजेको सरकार । अब जनताले चुनेको सरकार । अब जनताले आशा र विश्वास गरेको सरकार । अब जनताको मन मुटुको सरकार । किन र के का लागि अलमल ? कसका कारणले ढिला र सुस्ती ? अब त सरकार जनतासँग चुँ–गरेर बोल्ने ठाउँसम्म पनि छैन । जनताका हरेक जिज्ञासा यो सरकारले मेटाउनु पर्छ र जनताका हरेक खुशी यो सरकारले भेटाउनु पर्छ । सरकार जनताप्रति पूर्ण बफादारी हुनुपर्छ । सरकार आफ्नो भनाइ र गराइबाट एक इन्च पनि पछि हट्न पाउन्न र सुहाउन्न पनि ।
यो युग विकास र समृद्धिको योग मात्र होइन । यो युग जनताबाट पूर्ण परीक्षण र जाँचपासको समेत युग हो । यदि कुनै योग–संयोगले यो युग फेल भयो भने आजका सम्पूर्ण अवस्था र व्यवस्था फेल हुनेछ । अब कुनै पनि राजनीतिक पार्टी र शक्तिले जनमत पाउने छैनन् र जनताबाट अनुमोदित हुने छैनन् । आजको युग कलियुग भएता पनि नेपालमा राजनीतिक व्यवस्था र राज्य पुनर्संरचनाका हिसाबले सर्वाधिक ऐतिहासिकको युग भनिएको छ । लिच्छवि कालमा राजा मानदेवको राज्य कालमा जसरी एक स्वर्णिम युग भनिएको थियो त्यसरी नै त्यो पछिको आजको संघीयता, धर्म निरपेक्षता, गणतन्त्र र नेपाल कम्युनिष्ट पार्टीको एकल सरकारको युगलाई विकास र समृद्धिको युग भनिएको छ । जनतालाई वास्तविक समाजवादको परिभाषा दिन सकेनन् र त्यसको फल चखाउन सकेनन् भने फेरी जनवादले यो समाजवादको कण्ठ समाउने छ र वास्तविक समाजवादको पहिचान दिनेछ । जनता जहिले पनि जनार्दन हुन्छन् र जनार्दनले जहिले पनि राजनीतिक शक्तिलाई समय र अवसर दुबै प्रदान गराउँछन् । जनताले दिएको निश्चित समयको घेराभित्र केही हुन र दिन सक्यो भने त्यो फेरी अनुमोदन हुँदै जाला अन्यथा जनजालोमा फसेर फेरी अस्तित्वको खोजीमा भौतारिदै रहला । त्यसैले पनि आज सरकार धेरै हाइफाइका कुरा गरेर पर्ख र देख भन्दै जानभन्दा फर्क र हेर भन्दै जनताका दायाँ–बायाँ र अघि–पछिका स–साना कुरालाई हल गर्दै तत्काल परिणाम दिनु सरकारकै लागि हितकर होला । सरकारले पाँच वर्षमा हुने र बन्ने ठूलो काम र योजना देखाएर जनता पर्खाउनु र कुराउनुभन्दा प्रत्येक पाँच–पाँच वर्ष बितायो भने त त्यतिञ्जेल धेरै काम बन्छन् र जनता पनि लाभान्वित हुन्छन् । जनता प्रत्यक्ष लाभान्वित भएर भने सरकारको पनि आयु बढ्दै जान्छ र जनमतको कदर पनि हुँदै जान्छ ।