Saturday, October 11, 2025
Homeफिचरवर्ष दिनमा तीन किमी सडक कालोपत्रे

वर्ष दिनमा तीन किमी सडक कालोपत्रे

- Advertisement -spot_img

लमही, १४ साउन ।
हुलाकी सडकअन्तर्गतको लमही कोइलाबास सडकखण्डको काम कछुवा गतिमा गइरहेको छ । नयाँ ठेक्का सम्झौता भएर सुरु भएको एक वर्ष बितिसक्दा पनि जम्मा तीन किलोमीटर कालोपत्र मात्रै पूरा भएको छ । ३३ किलोमीटर रहेको निर्माण दुई वर्ष ६ महिनाभित्रमा सक्नुपर्ने सम्झौता छ । समयावधि आधा सकिदा काम भने मुस्किलले १० प्रतिसत सम्पन्न गरेको छ ।
लमही कोइलाबास हुलाकी सडकको निर्माण कार्यले सोचे अनुरुपको गति भने लिन सकेको छैन । योजना सम्झौता भएको एक बर्ष बित्दासमेत हाल उक्त सडकखण्डमा जम्मा तीन किलोमीटर सडकमात्र कालोपत्रे भएको देिखनुले कामको गति सुस्त भएको देखिएको छ । अब सम्झौता अनुसार बाँकी काम गर्न निर्माण कम्पनीले १८ महिनामा सक्नुपर्ने छ । एक वर्षमा ६ किलोमीटर सडक कालोपत्रे गर्ने कम्पनीको लक्ष्य अनुसार हुन सकेको छैन । निर्माण कम्पनीले मौसमले साथ दिएमा तोकेकै समयमा काम सक्ने दाबी गरेको छ ।
२०७४ साउनदेखि शुरु भएको उक्त हुलाकी सडक लमहीदेखि कोइलाबाससम्म ३३ किलोमीटर कालोपत्रे गर्ने ठेक्का कालिका कुमार जेभी कन्ट्रक्सनले पाएको छ । ३० महिनाभित्र निर्माण कार्य सक्ने गरी ठेक्का लिएको उक्त निर्माण कम्पनीको काम सुस्तगतिमा भएको निर्माण कम्पनीले स्वीकार गरिरहेको छ । ‘काम शुरु गर्दा आवश्यक व्यवस्था मिलाउन कम्पनीलाई ६ महिना लाग्यो त्यसपछि निर्माणको कामलाई निरन्तरता दियौँ तर बीचमा केही समस्या आयो, त्यसले गर्दा पनि काममा ढिलाइ भएको हो’ कालिका कुमार जेभी कन्ट्रक्सनका राजेन्द्र श्रेष्ठले भने । सडक कालोपत्रेका लागि सरकारले ७७ करोड रुपैयाँ खर्च गर्दैछ । ‘लमहीदेखि कोइलाबास–सम्मको ट्रयाक खोल्ने काम सरिसकेको छ, अब मौसमले साथ दियो भने कालोपत्रेको केही काम गर्नुपर्ने बाँकी छ’ श्रेष्ठले भने  । कामले तिब्रता नपाउनुमा मुआब्जाको कारण पनि रहेको उनले बताए । त्यसैगरी कार्यालयका कर्मचारीहरु सरुवा बढुवाले गर्दा पनि मुआब्जा वितरणमा ढिलाइ हँुदा निर्माण कार्यलाई असर पुगेको उनको भनाइ छ । हुलाकी सडकअन्तर्गत पर्ने खेतीयोग्य जमीन, विद्युतीय पोलका कारण कुरा नमिल्दा आएको समस्या पनि निर्माणको ढिलाइको अर्काे कारण हो ।

२०७४ साउनदेखि शुरु भएको उक्त हुलाकी सडक लमहीदेखि कोइलाबाससम्म ३३ किलोमीटर कालोपत्रे गर्ने ठेक्का कालिका कुमार जेभी कन्ट्रक्सनले पाएको छ । ३० महिनाभित्र निर्माण कार्य सक्ने गरी ठेक्का लिएको उक्त निर्माण कम्पनीको काम सुस्तगतिमा भएको निर्माण कम्पनीले स्वीकार गरिरहेको छ ।


यता एक बर्षमा जम्मा तीन किलोमीटर बाटो कालोपत्रे हुनु ठेकेदारको लापरवाही भएको स्थानीयहरुले बताएका छन् । जुन गतिमा सडक निर्माणको कामले तिब्रता पाउनु पर्ने हो । त्यो हुन सकेको छैन एक बर्षमा तीन किलोमीटर सडक कालोपत्रे हुन्छ भने ३० महिनामा कसरी लमही कोइलाबास सडक कालोपत्रे हुन्छ स्थानीय रमेश घर्तीले भने ।
लमही कोइलाबास सडक निर्माण समयमै कार्य सम्पन्न भए स्थानीयको व्यवसायमा समेत सहज हुने लमहीका स्थानीय व्यापारीहरुको भनाइ रहेको छ । राम्रो सम्भावना बोकेको लमही कोइलाबास सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयमा निराशासमेत छाएको छ । गढवादेखि जमुनीबाससम्म बाटोको ट्रयाक खोल्दा बाटोको बीचमा परेका झण्डै पाँच हजार क्युफिट विभिन्न प्रजातिका रुखहरु काटिएका छन् । जिल्ला वन कार्यालय दाङसँग आयोजनाले समन्वय गरेर कटान गरेका काठहरु निर्माण कम्पनीका ठेकेदारले त्यहाँ रहेका तीनवटा सामुदायिक वनलाई सात महिना बितिसक्दा पनि उपलब्ध नगराउँदा उपभोक्ताहरु समस्यामा परेको चिउरीघाट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर आचार्यले बताए । जिल्ला वन कार्यालय दाङसँग कटान अनुमति लिएर निर्माण कम्पनीले काट्ने अनि घाटगद्दी गरिदिने त्यसपछि समूहले स्थानीयलाई आवश्यकता अनुसार काठ वितरण गर्ने सहमति भएको अध्यक्ष आचार्यको भनाइ छ । तर सहमति अनुसार ठेकेदारले नगरेको अध्यक्षको आरोप छ । कहिले बाटो बिग्रेको छ भनेर टार्ने गरेका छन् कहिले फुर्सद छैन भनेर टार्ने गरेका छन् आचार्यले भने । निर्माण कम्पनीले कटान गरेर घाटगद्दी मात्र गर्ने जिम्मेवारी लिएको भन्दै अब घाटगद्दी गरेर राखिएको काठ सेक्टर वन कार्यालय गढवासँग समन्वय गरेर लगत उठाने अनि उपभोक्तामा वितरण गर्ने जिम्मा समूहको भएको बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here