Saturday, October 11, 2025
Homeमुख्य खबरजनप्रतिनिधिसंग काँग्रेसको छलफल

जनप्रतिनिधिसंग काँग्रेसको छलफल

- Advertisement -spot_img

तुलसीपुर, १४ साउन ।
नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफल गरेको छ । निर्वाचन भएको एक वर्षसम्म पनि सबै जनप्रतिनिधिलाई राखेर छलफल नगराएको काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाका पार्टीको तर्फबाट निर्वाचनमा निर्वाचित वडा अध्यक्ष, सदस्य र निर्वाचनमा पराजय भोगेका अध्यक्षका उम्मेदवारहरुसँग छलफल गरेको हो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को आयोजनामा तुलसीपुरमा छलफल गरिएको हो । क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले जनप्रतिनिधिहरुले पार्टीसँगको समन्वय बढाउनु पर्ने, जनहित विपरीतका कार्य गर्ने अन्य दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको विरोध गर्नुपर्ने, वडाको विकासका लागि योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले बाम गठबन्धनको गलत क्रियाकलापलाई तत्काल विरोध गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुलाई क्षेत्रीय सभापति खडका, प्रदेश सांसद् डिल्लीबहादुर चौधरीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै डिल्लीबहादुर चौधरीले काँग्रेस विना लोकतन्त्र र गणतन्त्र संस्थागत हुन नसक्ने भन्दै यसको सुदृढीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । उनले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहमा आफू प्रतिपक्ष भएको ठाउँमा जिम्मेवारपूर्ण प्रतिपक्षको भूमिका खेल्न नसकेको भन्दै सहीलाई सही र गलतलाई गतल छुट्याउन सक्नुपर्ने बताए । उनले स्थानीय तहमा प्रभावकारी भूमिका निभाउन समेत निर्देशन दिए । कार्यक्रममा साउन १५ गते काँग्रेसले जिल्ला जिल्लामा गर्न लागेको सरकार विरुद्धको आन्दोलनको बारेमा जिल्ला सदस्य सुरेन्द्र खड्काले जानकारी गराएका थिए । कार्यक्रममा पूर्व सांसद् बुद्धिराम भण्डारी, वडाध्यक्ष वेदबहादुर केसी, टोपबहादुर केसी, डम्बर बहादुर न्यौपाने, काँग्रेस नेता हिमबहादुर डाँगी, लोकबहादुर केसी, राजन खड्का, वडा सदस्य सुरेश श्रेष्ठ, सावित्री गुरङ, विनोद पाण्डे लगायतले बोलेका थिए ।

आन्दोलनमा सहभागी हुन आग्रह

तुलसीपुर प्रजातान्त्रिक उद्योग ब्यापार संघले नेपाली काँग्रेसले आज गर्न लागेको विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण काँग्रेसप्रति आस्था राख्ने उद्योगी ब्यवसायीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष जनकप्रसाद खरालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । खरालद्वारा जारी विज्ञप्तिमा सरकारको असुहाउँदो क्रियाकलापको विरोधमा काँग्रेसले थालेको सडक आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सम्पूर्ण उद्योगी ब्यवसायीहरुलाई आनदोलनको कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here