Saturday, October 11, 2025
Homeफिचरआन्दोलनमा किन जाँदैछ काँग्रेस ?

आन्दोलनमा किन जाँदैछ काँग्रेस ?

- Advertisement -spot_img

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलनमा उत्रिएको छ । राजयका तीनवटै सदनमा आन्दोलन गरिरहेको काँग्रेसले अब सडक तताउने भन्दै सडक आन्दोलनमा लागेको छ । दुई तिहाईको आँडमा ओली सरकारले दम्भ देखाउँदै सरकारले अधिनायकवादी शैलीमा जनविरोधी क्रियाकलाप गरेकोले काँग्रेसले यसको विरुद्ध सडक र सदन दुबैबाट सरकारका क्रियाकलाप सच्चाउन आन्दोलन गर्नुपरेको तर्क गर्दै आएको छ । काँग्र्रेसले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सरकारका विरुद्ध पहिलो पटक देशैभर आन्दोलन गर्न थालेको हो । सरकार संविधानको भावना र मर्मभन्दा बाहिर गएर आफ्ना क्रियाकलाप गर्न थालेको भन्दै त्यसलाई रोक्न पनि पार्टीले आन्दोलन गर्न थालेको बताएको छ । यसै सेरोफेरोमा रहेर प्रदेश टुडे दैनिकको साप्ताहिक स्तम्भ टुडे राउण्ड टेबलमा किन सरकारको विरुद्ध काँग्रेसले आन्दोलन गर्नुप¥यो भनेर काँग्रेसका जिल्ला नेतृत्वलाई सोधेका छौँ । प्रस्तुत छ, सम्पादित अंश ।


सरकारको जनविरोधी कार्यविरुद्ध

कीर्तिबहादुर खड्का
जिल्ला सभापति
नेपाली काँग्रेस, दाङ

यो आन्दोलन सरकारको गलत क्रियाकलाप विरुद्धको आन्दोलन हो । सरकार जनविरोधी बन्न थाल्यो त्यसलाई रोक्न पनि यो आन्दोलन हो । सरकारले दुई तिहाईको दम्भ देखाउँदै संविधानको व्यवस्थाको समेत खिल्ली उडाउन थाल्यो । अधिनायकवादको शैलीमा लोकतन्त्रको मर्म विपरीत आफ्ना क्रियाकलापहरु अघि बढाउन थाल्यो । आफू नै सर्वेसर्वा बन्न थाल्यो, कसैलाई टेर्ने कुरा त छोडौँ दुई तिहाईको दम्भ मौलायो । त्यसको नियन्त्रणको लागि पनि यो आन्दोलन आवश्यक थियो र गर्दै छौँ ।
आफूहरुले आजदेखि पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत आन्दोलनको कार्यक्रम तय गरेपनि तत्काल सरकारले आफ्ना गलत क्रियाकलाप सच्चाउन नखोजे आन्दोलनले अर्को रुपसमेत लिनसक्छ । काँग्रेसका कार्यकर्ता मात्र होइन आमजनतासमेत सरकारको गतिविधिबाट वाक्क दिक्क भैसकेका छन् । हेर्नुस् ‘यो आन्दोलन पार्टीको स्वार्थमा मात्रै सीमित आन्दोलन होइन’, ‘हरेक सर्वसाधारण नागरिकको मानवअधिकार हनन् हुने गरी सरकारले गरेको गलत क्रियाकलापका विरोधमा हो ।’ त्यसकारण सबैले बुझ्नुपर्ने कुरा के हो ? भने यो आन्दोलन भनेको काँग्रेसको आन्दोलन मात्र नभएर सर्वसाधारण, स्वतन्त्र नागरिकको आन्दोलनसमेत हो । सरकार सत्तामा पुगेपछि जनअपेक्षा अनुरुप राम्रो काम गर्छ, जनताको लागि काम गर्छ, भन्ने सबैको अपेक्षा रहेको थियो । तर यो सरकारले सत्तामा पुग्न साथ दुई तिहाईको दम्भ देखाउन थाल्यो संसद्भित्र नै सरकारको भूमिका राम्रो देखिएन जनताले बोल्न पाउने अधिकारलाई कुण्ठित गर्दै निषेधित क्षेत्रको घोषणा गर्दै निरकुंश बन्ने ध्यानमा लाग्यो जनताको बोल्ने शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउनुपर्ने कुराको समेत अंकुश लाउने काम गरेको छ । अघिल्नो देउवा सरकारले गरेका कतिपय जनप्रिय निर्णय जस्तै गम्भीर प्रकृतिका बिरामीहरुलाई पाँच हजार सहयोग गर्ने निर्णयसमेत खारेज गर्ने काम ग¥यो । मूल्य आकासिएको छ, दूरदराजमा बस्ने जनतालाई हेर्ने काम गरेन, कर लगाउने नाममा अवैज्ञानिक तरिकाले जनतामाथि कर थुप्रार्ने काम गरेको छ, जनताका मौलिक अधिकारलाई समेत दबाउने काम यो सरकारले गरेको छ ।
अर्कोतिर सत्ता पक्ष भइसकेपछि जनता र प्रतिपक्षको आवाजलाई सुन्नु पर्ने ठाउँमा दुई÷चारजना उर्फेर के हुन्छ भनेर उत्तेजित बनाउने काम गर्दै छ । यो सब सत्तामा पुगेपछि दुई तिहाईको दम्भ हो । संवैधानिक व्यवस्थामा प्रतिपक्षलाई सभामुख र उपसभामुख एकमध्ये एउटा दिनुपर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै पनि आफैमा राख्ने काम गरेको छ । यो अधिनायकवाद हो । त्यसको लागि पनि काँग्रेसले सडक र सदन दुबैबाट आन्दोलन थालेको हो । जबसम्म सरकार सच्चिदैन आन्दोलनका कार्यक्रमहरुसमेत रोकिदैन । सरकारका राम्रा काममा साथ दिने भएपनि गलत काममा साथ नदिने पक्षमा काँग्रेस रहेको छ । हाल तत्काललाई सरकारले आफूले गरेका गलत क्रियाकलाप सच्चाओस् भन्नलाई आन्दोलन थालिएको हो । यदि सरकार सच्चिएन भने आन्दोलन अझ कडा र व्यापक बन्छ, त्यसमा आम सर्वसाधारण नागरिकहरुको समेत सहभागिता रहने पक्का छ ।


सरकारको वेथिति रोक्न

शंकरप्रसाद डाँगी
सचिव
नेपाली काँग्रेस, दाङ

सरकारले जनताको पक्षमा राम्रो काम गरेको भए आन्दोलन गर्नुपर्ने नै थिएन् । सरकारले दुर्ई तिहाईको नाममा जनतामाथि भएको शोषणको विरुद्धको नेपाली काँग्रेसले विरोध ¥याली तथा विरोध सभा गर्दैछ । एक वर्ष बितिसक्दा पनि सरकारले जनताको पक्षमा राम्रो काम गर्न सकेन । सबैलाई थाहा भएकै कुरा सरकारले जनताको स्वास्थ्यको पक्षमा नराम्रोसँग खेलवाड गरेको छ, व्यापक रुपमा भ्रष्टचार मौलाईरहेको छ, होे यसैलाई नियन्त्रण गर्नको लागि काँग्रेस विरोध गर्न लागेको हो ।
राष्ट्रवादी नेताको लम्पसारवादी पनि देखिसक्यो, जनताको अपेक्षा अनुसार सरकारले कामै गर्न सकेन्, सरकारले जनताको नभई गुटको पक्षपोषणमा लागेको छ, महंगीको अनावश्यक बेथितिको विरुद्धमा विरोध सभाको आयोजना गरिएको हो । सरकारको अधिनायकवादको विरुद्धमा, प्रजातन्त्र मूल्य मान्यताको पक्षमा, संविधानको रक्षाको पक्षमा, जनताका मौलिक रक्षाको पक्षमा कुशासन, भ्रष्टचारका विरुद्धमा सरकारलाई सचेत एवं घचघच्याउनको लागि यो आन्दोलन गर्न लागेको हो ।


सरकारको ज्यादतिविरुद्धको आन्दोलन

जगत खड्का
क्षेत्रीय सभापति
नेपाली काँग्रेस, क्षेत्र नं. ४ दाङ

यो सरकार अधिनायकवादी शैलीमा अराजक रुपमा अघि बढिरहेको छ । सरकारको यो कदमलाई रोक्न काँग्रेसले आजदेखि देशैभर आन्दोलनको गर्दैछ । अघिल्लो देउवा सरकारले गरेका हरेक निर्णयहरुलाई सरकारले उल्टाउने काम गरेको छ । यो सरकारले संवैधानिक व्यवस्था तथा स्वतन्त्र प्रेसमाथि समेत आक्रमणको प्रयास गरेको छ । अघिल्लो सरकारले अघि बढाएका जनप्रिय निर्णयहरुलाई समेत यो सरकाले कार्यान्वयनमा ल्याउनु त कता हो कता त्यस्ता जनप्रिय कामहरुलाई समेत हटाउने काम गरेको छ ।
अघिल्लो सरकारले गम्भीर प्रकृतिका बिरामीहरुलाई दिने सहयोग रकमसमेत हटाउने काम गरेको छ । आफैले बृद्ध भत्ता बढाउँछौँ भनेको कुरासमेत कार्यान्वयन गर्न सकेन । उल्टो जनताको ढाड सेक्ने गरी यो वा त्यो बहानामा विभिन्न क्षेत्रमा ह्वात्तै कर बढाउने काम गरेको छ । सरकारले संवैधानिक निकायहरुमाथि हस्तेक्षपसमेत गर्ने काम गरेको छ । विकास निर्माणको नाममा लुटतन्त्र मच्चाउने काम गरेको छ । यस्तो ज्यादती कहिलेसम्म स्वीकार्न सकिन्छ त्यसको लागि पनि काँग्रेसले सरकारको जनता विरोधी गतिविधि रोक्नका लागि पनि यो आन्दोलनको सुरुवात गर्न थालेको हो । मालपोत कर २५ रुपैयाँमा बुझाउनु पर्ने ठाउँमा ५०० पु¥याउने काम गरेको छ । सरकारले यो वा त्यो बहानामा माफिया, तस्करलाई संरक्षण गर्ने काम पनि गरेको छ । यस्तो पनि सरकारको काम हुन्छ ।


आन्दोलनको उद्देश्य सत्ता प्राप्ति होइन

कमलकिशोर घिमिरे
नेपाली काँग्रेस, युवा नेता

पहिलो कुरा त यो सरकार मुलुकमा धेरै समस्या छन् । ति समस्याहरुप्रति संवेदनहीन भई अराजक तरिकाले माफियाहरुको पक्षमा कार्य गरिरहेकाले नागरिकहरुको समस्याप्रति संवेदनशील हुन दबाव दिने उद्देश्यले यो आन्दोलन हो । यो सरकार आफ्नै घोषणा पत्रप्रति ईमान्दार छैन् । वृद्ध भत्ताको सन्दर्भमा नागरिकहरुका भोगिरहेका पीडाहरुको सन्दर्भमा, सुुशासनको सन्दर्भमा र पत्रकारिताको खिलापमा सरकार हिडिरहेको छ । प्रतिपक्षको धर्म सरकारलाई जनसरोकारका विषयहरुमा संवेदनशील बनाउन र २०६२÷०६३ को आन्दोलनले स्थापित गरेका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि दबाव दिन काँग्रेसको धर्म हो ।
समाजवादको कुरा गर्ने सरकार माफियाको पक्षमा लागेर आफूले नै स्वीकार गरेको स्वास्थ्य विधेयकको खिलापमा लाग्नु डा. केसीको आन्दोलनलाई अपमानजनक तरिकाले असफल पार्न खोज्नु कानुनी राज्यको आधारलाई भत्काइ अपराधिहरुलाई उन्मुक्ति दिनु लोकतन्त्रको आधारभूत गरिमा शान्तिपूर्ण आन्दोलनलाई निरुत्साहित गर्नको लागि सरकारले अनावश्यक रुपमा निषेधित क्षेत्र घोषणा गर्नु शान्तिपूर्ण आन्दोलनमा बलपूर्वक प्रस्तुत हुनु यि सबै कुराले यो सरकार अराजक अधिनायकवादी दिशामा अघि बढ्न खोजिरहेको अवस्थामा यो सरकारलाई रोक्नको लागि यो आन्दोलन अपरिहार्य छ । देशको सडकको अवस्था दूरदशापूर्ण रहेको वर्तमानमा रेल र पानी जहाजको कुरा गर्ने यो सरकार साँच्चिकै भन्ने हो भने दलाल र माफियाको पक्षमा काम गरिरहेको प्रष्ट देखिन्छ । हाम्रो आन्दोलनको उद्देश्य सत्ता प्राप्ति होईन तर सरकारबाट जुन किसिमबाट गैर जिम्मेवार काम भइरहेका छन् त्यसलाई पूर्णरुपमा रोक्नका लागि, जनजीविकाको पक्षमा काम गर्न र लोकतन्त्रलाई सम्मान गर्दै जनचाहना अनुसार हिड्न बाध्य पार्न यो आन्दोलन गरिएको हो ।
यो आन्दोलनको उद्देश्य फासीवादतर्फ लम्कदै गएको सरकारलाई जनताको पक्षमा काम गर्न दबाव दिनको लागि हो । अहिले मुलुकमा भ्रष्टचार दिन दुई गुणा रात चौगुणाको दरले बढिरहेको छ । संघीयताको मर्म विपरीत अराजक तरिकाले आम मानिसलाई नाङ्गो पार्ने गरेर कर बृद्धि गरिएको छ । यो मुलुकको पक्षमा छैन् । निर्वाचनको समयमा दाङको सम्भावनाको कुरा गर्ने, दाङलाई राजधानी बनाउने कुरा गर्ने सरकार दुई तिहाई बहुमतको नेतृत्व गरिरहेको अवस्थामा राजधानीको कुरा त छोडौँ काँग्रेस सरकारबाट दाङका पक्षमा गरिएको निर्णयहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेशस्तरीय प्रदर्शनी स्थललगायतका विषयहरुमा समेत गम्भीर देखिएन् । जनता र दाङबासीको पक्षमा काम गराउनको लागि दबाव स्वरुप यो आन्दोलन हो ।


सुशासन कायम गर्न

शुष्मा गिरी
महिला नेतृ नेपाली काँग्रेस

यो आन्दोलन सरकारको अधिनायक विरुद्धको आन्दोलन हो । सरकारले दुई तिहाईको दम्भ देखाउँदै आफ्ना क्रियाकलापहरु अघि बढाएको छ । त्यसको लागि यो आन्दोलन हो । सरकारले न्यायालयमाथि हस्तक्षेप गर्ने काम गरेको छ । जसको एउटा उदाहरण हो, बालकृष्ण ढुंगेल प्रकरण । जन्मकैद सुनाईएका ढुंगेललाई आममाफि दिने काम सरकारको गलत क्रियाकलाप हो । सरकारले अवैज्ञानिक तरिकाले मुल्य वृद्धि र कर वृद्धि गर्दा प्रत्यक्ष प्रभाव जनतामा परेको छ । यो सरकार जनतालाई थप दुःख दिएर आफूमा दुई तिहाईको दम्भ पालेर बस्ने काम गरेको छ । महिलामाथि गलत अभिक्ति दिने दुर्गा प्रसाई जस्ता व्यक्तिलाई संरक्षण दिएर राख्ने काम गर्छ । जुन घटनाले आम नेपाली महिलाहरुको भावनामा ठेस पुगेको छ । आम अभिभावकहरुमा नराम्रो असर पुगेको छ । सरकारले जे गरेपनि हुन्छ भन्ने दम्भ पालेको छ । व्यापक अनिमियता मूल्य वृद्धि कर वृद्धि गरेर त्यसैमा रमाएर जनतालाई दुःख दिने काम गर्देछ । सुशासनलाई ठाडो चुनौति दिने काम सरकारले गर्दैछ यसको लागि यो आन्दोलन हुँदैछ । साथसाथै लोकतन्त्र र गणतन्त्र रक्षाको लागि पनि यो आन्दोलनको थालनी भएको हो । सरकार नसच्चिए आन्दोलन थप कडा र सशक्तसमेत बन्न सक्छ ।


सरकारको अधिनायकवाद हटाउन

भूपबहादुर डाँगी
क्षेत्रीय सभापति
नेपाली काँग्रेस, क्षेत्र नं. ३ दाङ

सरकारको अभिनायकवादी चरित्र त्याग गराउनको लागि नेपाली काँग्रेसले आन्दोलन थालेको हो । तपाईले पनि देख्नु भएको छ । यो सरकारको ज्यादति र दम्भ । यसलाई निरुत्साहित गर्नको लागि सरकारको विरुद्धमा आन्दोलन गर्नुपर्ने भयो । सरकारले लगाएको जनताले थेग्न नसक्ने करलाई नियन्त्रण गर, जनविरोधी क्रियाकलाप बन्द गर, प्रेसमाथिको हस्तक्षेप बन्द गर, मूल्य वृद्धिलाई नियन्त्रण गर, कानुनी शासनलाई उल्लङ्घन नगर, सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्नेमा एकै दलको भएकाले नियमको उल्लङ्घन नगर, संवैधानिक निकायलाई कार्यकारी छाँयामा राखेकाले यसको तुरुन्त समाधान गराउनु हाम्रो पार्टी नेपाली काँग्रेसको मुख्य माग हो ।
कर्मचारीतन्त्र र सुशासन निकायलाई व्यवसायिक हुनमा सञ्चालन नगरी पार्टीको वक्यौता अनुसार भएको, शेरबहादुर देउवा सरकारले विधिसम्वत गरेको निर्णयलाई लागू गर, मृगौला, क्यान्सर, मुटु रोगलाई देउवा सरकारले गरेको निर्णय पाँच हजार मासिक दिने निर्णयलाई कायम गर्नको लागि सरकारलाई दबाव दिनको लागि हाम्रो आन्दोलन थालिएको हो । त्यस्तै भूकम्प पीडितलाई थप एकलाख दिने देउवा सरकारको निर्णयप्रति यो सरकारले खारेज गरेको हुँदा यथाशिघ्र कार्यान्वयन गराउनको लागि हाम्रो आन्दोलन मार्फत दबाव दिने हो । देउवा सरकारले ल्याएको अध्यायदेश मार्फत ल्याएको चिकित्सक र शिक्षा विधेयकलाई कार्यान्वयन गराउनको लागि र डा गोविन्द केसीसँग भएका सम्झौतालाई यथाश्रिघ कार्यान्वयन गर्नका लागि नेपाली काँग्रेस जोडदारसंग माग गर्दछ । बाम गठबन्धनको सरकारले हरेक क्रियाकलाप नियमसँग नगरेकाले नेपाली काँग्रेसको आन्दोलनमार्फत नियमसंगत गराउने, जनताका हकहितका निम्ति भन्दै आज यो सरकारले जनतालाई लगाएको छ, जुन कर जनताले थेग्न सक्दैनन् । त्यसको दबाव स्वरुप हामीले आन्दोलनको थालनी गरेका छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here