Friday, October 10, 2025
Homeफिचरराप्ती गाउँपालिका वडा नं ४ को वार्षिक समीक्षा

राप्ती गाउँपालिका वडा नं ४ को वार्षिक समीक्षा

- Advertisement -spot_img

मसुरीया (दाङ), १४ साउन ।
राप्ती गाउँपालिका वडा नम्बर ४ को गत आर्थिक वर्ष २०७४÷०७५ मा वडामा भएका विकास निर्माणसम्बन्धी गतिविधि तथा कार्यालयले प्रदान गरेका सेवाहरु र चालु आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमहरुसम्बन्धी वार्षिक समीक्षा तथा आगामी कार्यक्रमको योजनाबारे सम्पन्न गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर जिसीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल तथा इन्जिनियर दिपक खड्कालगायतको सहभागिता रहेको थियो ।
वडा नम्बर ४ का नागरिकहरुको सहभागितामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट आएका जिज्ञासा तथा प्रश्नको जवाफ वडाध्यक्ष विष्णु बहादुर जिसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल तथा इन्जिनियर दिपक खड्काले दिएका थिए । राप्ती गाउँपालिका वडा नम्बर ४ को आर्थिक वर्ष २०७४÷०७५ मा स्वीकृत भई वडामा सञ्चालित योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै वडा सचिव अमृत दाहालले गराएका थिए ।
राप्ती गाउँपालिका वडा न. ४ को आर्थिक वर्ष २०७४÷०७५ मा स्वीकृत भई वडामा सञ्चालित योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै वडा सचिव अमृत दाहालले जनज्योती निमावि ढेब्ली खोला तटबन्धन तथा विद्यालय भौतिक सुधार, रात्री प्रावि मौरीघाटको भौतिक सुधार गरिएको, खिनैटा हेल्थपोष्ट कोठा थप गरिएको, गाँडा सिमलमा खानेपानीका लागि कुवा निर्माण गरिएको, मझनीगढ पानसाले खानेपानी कुवा निर्माण, सु–सम्पन्न बाल क्लव संगमचौक मौरीघाट अधूरो भवन निर्माण गरिएको, आदर्श बाल क्लव मझनीगढको भवन मर्मत खेलकुद सामाग्री वितरण गरिएको, नयाँगाउँ पिपरखुट्टीका महिलाहरुलाई गुडिया कुसन, डल तालिम गरिएको, दलित तथा जनजाती लक्षित हाउस वाइरिङ तालिम, खिनैटा मझनीगढ जोड्ने दोलाई खोलामा पुल निर्माण, मौरीघाट पम्प सानो नदी सडक निर्माण, बुढीचौर दोलैखोला पुलको उत्तर दक्षिण नाला र रेलिङ निर्माण, पिपरखुट्टी दामोदर सडक निर्माण, मौरीघाट शिवमन्दिर बसन्तापुर सडक स्तरोन्नती, मौरीघाट चतरुवा कृषि सडक निर्माण, पिपरखुट्टीमा सिमलचौर सडक निर्माण, मौरीघाट शिवमन्दिर दोलैखोलाको सडक स्तरोन्नती ग्राभेल, जनकपुर दक्षिण रिङरोड सडक स्तरोन्नती, जनकपुर सिरिङ मावि सडक स्तरोन्नती, नयाँगाउँ पिपरखुट्टी सडक निर्माण, मौरीघाट पूर्व गल्ली सडक निर्माण, पिपरखुट्टी भित्री गल्ली स्तरोन्नती, मझनीगढ भित्री गल्ली स्तरोन्नती, श्रीनारायण चौक दोलैखोला सडक स्तरोन्नती, विजौरी बस बिसौनी पूर्व पिपरीकुलो निर्माण, कोइरालेखोला तथा करम्दीखोला दोभान तटबन्धन मर्मत, सुगुरेखोला तटबन्धन, सुगुरेखोला पुरानो र नयाँ कल्भर्ट मर्मत, मौरीघाट देवीकोट सडक निर्माण, मावि मौरीघाट भौतिक निर्माण, सुन्दरपुर सडक स्तरोनन्ती, दोलैखोला पुल जनज्योती निमावि सडक स्तरोन्नती, नयाँ गाउँदेवी मन्दिर, जयगुरुदेव सतसँग, खिनैटा चर्चलाई धार्मीक सामाग्री प्रदान, खिनैटा पूर्वपश्चि हाईवे राजु चौधरीको घर दक्षिण बाटो स्तरोन्नती, मझनीगढ भित्री बाटो स्तरोन्नती, बग्गेखोलामा तटबन्धन आदि लगायत विद्युतीय पोल विस्तार गरी कुल १ करोड ३० लाख १० हजार ९ सय ४८ रुपैयाँ बराबरको बजेटमा उपभोक्ता समितिमार्फत ५२ वटा गत वर्षको योजना तथा कार्यक्रम सम्पन्न गरिएको समीक्षा तथा आगामी कार्यक्रम, योजना सार्वजनिक कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा यस आर्थिक वर्ष २०७५÷०७६ मा वडा नम्बर ४ मा २ करोड ६५ लाख बराबरको बजेटको योजना तथा कार्यक्रम सञ्चालन हुने र योजना तथा कार्यक्रमहरु १९ वटा रहेको समेत जानकारी गराइएको थियो । वडामा आर्थिक वर्ष २०७४÷०७५ मा जम्मा भएको आन्तरिक आम्दानी ११ लाख ५१ हजार ४ सय ७५ रुपैयाँ रहेको र नागरिकता प्रमाण–पत्रका लागि सिफारिस २६३ जनाको गरिएको, व्यक्तिगत घटना दर्ता ५ सय २८ जनाको गरिएको, सामाजिक सुरक्षा रकम प्राप्त गर्नेको संख्या जेष्ठ नागरिकतर्फ १ सय ४९ जना, दलित जेष्ठतर्फ १८ जना, विधवा महिलातर्फ १ सय ५२ जना, पूर्ण अपाङ्गतर्फ ६ जना, अति अशक्त अपाङ्गतर्फ ६ जना, दलित बालबालिकातर्फ २६ जना रहेको जानकारी गराइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here