Friday, October 10, 2025
Homeमुख्य खबरदेउखुरीमा सर्पदंश उपचार केन्द्रको स्थापना हुने

देउखुरीमा सर्पदंश उपचार केन्द्रको स्थापना हुने

- Advertisement -spot_img

लमही, १४ साउन ।
देउखुरीमा शर्प दंश उपचार केन्द्रको स्थापना हुने भएको छ । लामो समयसम्म देउखुरी क्षेत्रमा सर्पदंश उपचार केन्द्रको स्थापना नहुँदा त्यस क्षेत्रका नागरिकले समस्या झेल्दै आएका छन् ।
उपचार केन्द्र स्थापनाको लागि दुई बर्ष अघि देउखुरी उद्योग वाणिज्य संघले साँस्कृतिक महोत्सव समेत लगाएको थियो । तर विविध कारणले निर्माणको काममा ढिलाइ हुँदै आएको छ । देउखुरी क्षेत्रमा उपचार केन्द्र स्थापना हुन नसक्दा हरेक बर्ष सर्पको टोकाईबाट अनाहकमा नागरिकहरुले समेत ज्यान गुमाई रहेका छन् ।
केन्द्र स्थापनाको लागि देउखुरी उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेपनि स्थापनाको लागि आवश्यक काम अगाडि देउखुरीबासीहरु चिन्तितसमेत भएका थिए । देउखुरी उद्योग वाणिज्य सघले निर्माण हुन लागेको सर्पदंश उपचार केन्द्र आगामी भदौमा शिलन्यास हुने उद्योग वाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले बताए ।
लमही नगरपालिका, लमही अस्पताल र देउखुरी उद्योग वाणिज्य संघको संयुक्त पहलमा लमही अस्पतालको कम्पाउण्डभित्र आगामी भदौमा भवनको शिलन्यास गरिने उनले जानकारी दिए । सर्पदंश केन्द्र स्थापनाको लागि लमही नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने बताएपछि अब काम अघि बढ्ने उनले बताए ।
सर्पदंश उपचार केन्द्र स्थापना गर्ने भनेर २०७३ माघमा देउखुरी उद्याोग वाणिज्य संघले महोत्सवको आयोजनासमेत गरेको थियो । जुन महोत्सवबाट ५ लाख ८१ हजार २ सय ३९ रुपैयाँसमेत संकलन भएको थियो । भवन निर्माणका लागि राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, प्रदेश सरकार स्वास्थ्य विभाग सबैलाई आर्थिक सहयोगका लागिसमेत अनुरोध गरिने र अत्याधुनिक सेवा सुविधा भएको सर्पदंश उपचार केन्द्र निर्माण गर्नेमा आफूहरु अगाडि बढेको उद्योग वाणिज्य संघले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here