Friday, October 10, 2025
Homeफिचररक्तदानको सन्देश गाउँसम्म पुग्नुपर्छः चौधरी

रक्तदानको सन्देश गाउँसम्म पुग्नुपर्छः चौधरी

- Advertisement -spot_img

तुलसीपुर,
प्रदेश नम्बर ५ को संसदीय लेखासमितिका सभापति डिल्लीबहादुर चौधरीले रक्तदानको सन्देश र महङ्खव गाउँ–गाउँमा पु¥याउनुपर्ने बताएका छन् । उनले मानवीय कार्यमा रेडक्रसले महङ्खवपूर्ण र प्रशसनीय कार्य गरेको भन्दै रक्तदान कुराको पनि प्रचार बढाउनुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी दाङ शाखाले ५२औँ रक्तसञ्चार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै चौधरीले यस्तो बताएका हुन् । उनले मानवताको क्षेत्रमा रेडक्रसले पु¥याएको योगदान कुनै शब्दले पनि प्रशंसा गर्दा कमी हुने बताए । उनले रक्तदान अभियानलाई जिल्लाका ग्रामीण क्षेत्रमा लैजान आवश्यक रहेको बताउँदै अस्पताल र रेडक्रस बीच नङ र मासुको सम्बन्ध रहेको बताए । उनले रगत अभाव हुन नदिन अभियानलाई गाउँ केन्द्रित गर्न आवश्यक रहेको भन्दै आफ्नो तर्फबाट हुने सहयोग रहने बताए । आफूले रेडक्रस गतिविधिलाई नजिकबाट नियाल्ने मौका पाएको भन्दै रेडक्रस अभियान विश्वमा मानवताको अभियानमा उत्कृष्ट अभियान भएको उल्लेख गरे ।
पछिल्लो केही वर्ष यता दाङमा रगतको माग बढ्दै गएको र त्यसको तुलनामा रगत संकलन हुन नसकेको भन्दै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नियमित रक्तदान गर्ने रक्तदाताहरुको संख्या बढाउन आवश्यक रहेको बताएका थिए । वक्ताहरुले सँगसँगै संस्थागत रुपमा हुने रक्तदान कार्यक्रमहरुलाई समेत बढाउन रेडक्रस र अन्य क्षेत्रबाट समेत विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । ५२आँै रक्तसञ्चार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटीले जिल्ला शाखाले विभिन्न संघसंस्था र ब्यक्तिलाई सम्मानसमेत गरेको छ ।
रक्तसञ्चार सेवा सञ्चालनका लागि योगदान पु¥याएको भन्दै राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष बिष्णुकुमार देवकोटा, संवाद समूह ५ नम्वर प्रदेशका बरिष्ठ सहजकर्ता सुशील बस्नेत र रक्तसञ्चार सेवा सञ्चालनमा सहयोग गर्न महङ्खवपूर्ण भूमिका निभाएको भन्दै सुरेश श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति नारायण आचार्यको सभापतित्व तथा ५ नम्वर प्रदेश सार्वजनिक लेखासमितिका सभापति डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यता एवं रेडक्रस दाङ शाखाका संस्थापक मन्त्री नवराज रजौरेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
दिवसको तुलसीपुरमा ¥याली समेत निकालिएको थियो । सभापति नारायण आचार्यले दाङमा सञ्चालन भएका रक्तसञ्चार केन्द्रहरुलाई अझ व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सवैको साथ र सहयोगको खाँचो रहेको बताए । कार्यक्रममा रेडक्रस दाङका संस्थापक महामन्त्री नवराज रजौरे, दाङ जिल्ला समन्वय समितिका सदस्य जगतबहादुर बस्नेत, बबई गाँउपालिकाका अध्यक्ष भूवनेश्वर पौडेल, दंगीशरण गाँउपालिकाका अध्यक्ष भागीराम चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रतिनिधि नवराज लामिछाने, राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष बिष्णुकुमार देवकोटा, संवाद समूह प्रदेश नम्वर ५ सचिवालयका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, यातायात ब्यवस्था कार्यालय राप्तीका निमित्त प्रमुख मित्रलाल ढकाल, खानेपानी डिभिजन कार्यालय दाङका इन्जिनियर तिलक न्यौपाने, ओरेक नेपालका दीपा धिताल, रेडक्रसका विशिष्ठ सदस्य टोपबहादुर महतरा, तुलसीपुर नगर जेसीजका अध्यक्ष दीपेश भण्डारी, दाङमा हालसम्म सबैभन्दा बढि ५६ पटक रक्तदान गर्ने रक्तदाता जीतबहादुर केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त अवसरमा विशिष्ट सदस्य र सहयोगी दाताहरुलाई प्रमाणपत्रका साथ सम्मानसमेत गरिएको थियो । जिल्ला शाखा दाङका मन्त्री मदन गौतमले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रक्तसञ्चार केन्द्रको गतिविधिको बारेमा दिलिप न्यौपानेले जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सदस्य प्रकाश श्रीवन्दले गरेका थिए ।

हिमालको रक्तदान

५२औँ रक्तसञ्चार दिवसको अवसर पारी तुलसीपुरमा हिमाल एकाडेमीले रक्तदान कार्यक्रम गरेको छ । जिल्लामा रगतको अभाव हुन नदिन र आउँदा दिनमा समेत अन्य विभिन्न निकायले जिल्लामा रगत अभाव हुन नदिन कार्यक्रमको आयोजना गर्न सकून् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले जानकारी दिए ।
रक्तदान कार्यक्रममा बोल्दै प्रदेश नम्वर ५ का सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चैधरीले विद्यालयले रक्तदानजस्तो मानवीय कार्यक्रममा दिएको निरन्तरताको प्रशंसासमेत गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक नवीन पराजुली, शालिकराम वली, टिकाराम पौडेल, देवराज गौतम, सन्तोष चौधरी, विद्यार्थीहरु सचिन गौतम, गिरिराज वली, अशिष विष्ट, भरत रावत अभिभावकहरु टोप बहादुर महतरा, किशोर गौतम, विवश गौतम, गणबहादुर डिसी, सन्तकुमार केसी, प्रकाश राना, विमल केसी, समिर रेग्मी गरी कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here