Friday, October 10, 2025
Homeराजनीतिपर्यटनको विकास लागि गुरुयोजना

पर्यटनको विकास लागि गुरुयोजना

- Advertisement -spot_img

के.बि.मसाल

शान्ति र करुणाको पवित्र तिर्थस्थल लुम्बिनी क्षेत्रको विकासको लागि आजभोलि अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा उठ्न थालेको छ । लुम्बिनी विकासको गुरुयोजनाले लुम्बिनी मात्र नभए र आसपासका क्षेत्रलाई पनि समेटेको छ । गुरुयोजना अनुसार त्यसक्षेत्रको विकास भएमा ग्रामीण एवं वाह्य पर्यटकहरुले गौतम बुद्धको जन्मस्थान लुम्बिनी र अन्य पर्यटकीय स्थलको पनि अवलोकन गर्न सक्दछन् ।
विश्व सम्पदा सूचिमा सूचिकृत नेपालको रुपन्देही जिल्लामा पर्ने लुम्बिनी गौतम बुद्धको पवित्र जन्मस्थल तथा शान्तिको उद्गमस्थल हो । आजभन्दा करिव २६ सय वर्ष अगाडि प्राचिन कपिलवस्तुको राजा शुद्धोधनकी रानीबाट जन्म भएका गौतम बुद्ध विश्व मानव र बौद्धधर्मका संस्थापकका रुपमा महात्मा बुद्ध भएर रहेका छन् । हुन त बुद्धलाई अहिंसा, शान्ति, मानवताका प्रेरक तथा धार्मिक गुरु र आध्यत्मिक व्यक्तित्वका रुपमा मात्र स्मरण गर्ने गरिन्छ ।
इतिहासले बुद्धलाई जन्मजात राजनीतिज्ञ र विद्रोही थिए, भन्ने कुरासमेत देखाउँछ । बुद्धले परम्परागत मूल्य मान्यतालाई विद्रोह गरी नयाँ परम्परा र धार स्थापना गर्न चाहन्थे भन्ने कुरा उनको समग्र चिन्तन प्रणाली, कार्यप्रणाली अभियान र स्थापित परम्परा विरुद्धको अभियानले देखाउँछ । एकयुगको अन्त्य गरी नयाँ युगको प्रारम्भ गरेकोले नै आज बुद्ध युगान्तकारी महान व्यक्तित्व र दार्शनिकका रुपमा मानिएका छन् । उनले परिवर्तन गरिदिए । ब्रह्मवादी काल्पनिक चिन्तनलाई यथार्थमा खडा गरेर विश्वलाई नै बौद्धधर्मको बारेमा चिन्तन गर्ने बानी बसाली दिए ।
रुपन्देही जिल्लाको बुद्धको जन्मस्थल लुम्बिनी मात्र नभएर कपिलवस्तु जिल्ला र नवलपरासी जिल्लाका अधिकांश स्थानमा बुद्धसँग जोडिएका कयौँ ऐतिहासिक महङ्खवका घटना र जविनीसँग प्रत्यक्ष सरोकारका प्रसँग जोडिएका छन् । लुुम्बिनीको विकास गर्दा जीवनीसँग जोडिएका सबै स्थानको विकास हुनुपर्दछ भन्ने मान्यताका आधारमा अहिले लुम्बिनी विकास गुरुयोजनाले लुम्बिनीको विकास गर्न नवलपरासी रुपन्देही र कपिलवस्तुको समेत विकास गर्नुपर्दछ भन्ने आधारमा सबै जिल्लालाई गुरुयोजनाले छोएको छ । लुम्बिनी विकास कोष, लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र पर्यटन विकास तथा नागरिक उड्डयन मन्त्रालयबाट लुम्बिनी क्षेत्रलाई गुरुयोजना तयार पारी गर्न लागिएको विकासलाई सबैले स्वागत गर्न थालेका छन् ।
लुम्बिनी विकासको गुरुयोजनाले लुम्बिनीको पवित्र उद्यान क्षेत्र, विहार क्षेत्र, नयाँ लुम्बिनी गाउँ, जटायु रेष्टुरेन्ट लिएको छ भने कपिलवस्तु जिल्लामा तिलौराकोट, कुरान, गोटीहवा, निग्लीहवा, सगरहवा, जगदिशपुर ताल आदि भित्रको ऐतिहासिक बुद्धसँग जोडिएका सम्पदाको स्थल गुरुयोजनाले लिएको छ । गुरुयोजनाले रुपन्देही कै गजेडी दानापुर ताल, बुटवलको फुलवारी पार्क, बुटवलबाट तानसेन जाने सडकमा पर्ने सिद्धबाबा तथा पर्राेहा बोलबम धाम, देवदह आदि स्थान पर्दछन् । गुरुयोजनाले नवलपरासी जिल्लाको हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक क्षेत्र त्रिवेणी धाम, कुमारवर्ती, बाल्मिकी आश्रम, पूर्व पश्चिम राजमार्गमा पर्ने लगभग १०३३ मिटर उचाईमा रहेको दाउन्नेदेवी मन्दिर, देवचुली, बरचुली महाभारत श्रृंखलामा पर्ने मनोहर वातावरणको दृश्यावलोकन गर्न सकिने १९३६ मिटर उचाईको पहाड आदि सबैलाई गुरुयोजनाले लिएको छ ।
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्मस्थल विकासको लागि प्रो. केन्जो टाङ्गद्वारा तयार गरिएको गुरुयोजना अनुसार विकासको प्रक्रिया थालनी भएमा समग्र लुम्बिनी क्षेत्रको मात्र नभएर राप्ती अञ्चलका केही पर्यटकीय स्थानको समेत विकासका सम्भावना देख्न सकिन्छ । लुम्बिनी क्षेत्रभित्र रहेका र गुरुयोजनाले छोएका सम्पदा केवल पर्यटन क्षेत्र नभए र धार्मिक पर्यटकीय क्षेत्रसमेत छन् । त्यसैले लुम्बिनीमा आउने धार्मिक पर्यटकहरुले प्युठानको स्वर्गद्वारी र आसपासका ओझेलमा परिराखेका धार्मिक महङ्खवका सम्पदाको समेत पहिचान र यी स्थलमा आउने धार्मिक पर्यटकहरुको संख्यामा बृद्धि हुने बलियो सम्भावना रहन्छ ।
लुम्बिनीमा केही वर्ष यता आएर अन्तर्राष्ट्रिय मुलुकहरुबाट बौद्ध मार्गिक पर्यटकहरुको आगमन मात्र नभई स्वदेशी एवं मित्र राष्ट्र भारतबाट समेत प्रत्येक वर्ष लाखौको संख्यामा पर्यटकहरुको आगमन हुने गरेको छ । लुम्बिनी विकास गुरुयोजनाले लुम्बिनी क्षेत्रको विकास मात्र नभई समग्र राप्ती क्षेत्रमा पर्यटकीय विकासको लागि ठूलो योगदान पुग्दछ । पर्यटन विकासको लागि आवस्यक पर्ने पुर्वाधार राप्तीको विकासमा पु¥याउन सकेमात्र पनि लुम्विनीमा आउने अधिकांश पर्यटकहरु राप्तीमा भित्र्याउन सकिन्छ । यसको लागि राप्ती र लुम्बिनीलाई पर्यटकीय विकासको लागि गुरुयोजनाको आवश्यकता पर्दछ ।
आन्तरिक एवं वाह्य पर्यटकहरुलाई राप्तीको सेराफेरो का प्राकृतिक, ऐतिहासिक र धार्मिक महङ्खवका पर्यटकीय स्थलको पहिचान दिन सक्ने ठाउँ धेरै छन् । रुकुम जिल्लाको ५२ पोखरी ५३ टाकुरीका प्राकृतिक सम्पदा यातायात र प्रचारप्रसारको कमिले गर्दा पर्यटकीय दृष्ट्रिकोणले पछाडि परेको छ । पूर्वी रुकुममा रहेको सिस्ने हिमाल, पुथा हिमाल रुकुम र वाग्लुङ जिल्लाको सिमा क्षेत्रमा रहेको ढोरपाटन पनि पर्यटनहरुका लागि महङ्खवपूर्ण आकर्षणका स्थल मानिन्छन् । भाषा र संस्कृतिको लागि अठार मगरात क्षेत्रको उदगमथलोको रुपमा रहेको राप्तीका रुकुम, रोल्पा खाम भाषा अध्यन अनुसन्धानको लागि महङ्खवपूर्ण मानिन्छ ।
कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको खैरावाङ भगवतीको मन्दिर, छत्रेश्वरी, कमलाक्षी शक्तिपीठका धार्मिकस्थल पर्यटकहरुको लागि आकर्षण हुन सक्दछन् । प्रकृतिप्रेमीहरुका लागि कुपिण्डे दह, कुमाक लेकले पनि पर्यटकहरुलाई भरपूर्ण आनन्द दिलाउन सक्दछ । ऐतिहासिक थर्कोटले यसक्षेत्रको ऐतिहासिक महङ्खवलाई जोगाइ राखेको छ । राप्तीकै केन्द्रमा पर्ने रोल्पा जिल्लाको जलजला पहाड मुलुकभित्र मात्र होइन मुलुक बाहिर पनि पहिचान भएको छ । खाम मगर बस्ती थवाङ गाउँ, स्युरीको सुन छहारी झर्ना, स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टी र माण्डवी नदीको किनारमा रहेको चतुर्भूजको ऐतिहासिक मन्दिर पनि पर्यटकहरुको लागि अध्ययन अनुगमन एर्व दर्शनीय बन्न सक्दछन् ।
हिन्दूहरुको आस्थाको केन्द्र विन्दु विसं १९५२ देखि विश्व कल्याणको लागि अखण्ड महायज्ञको आरम्भ भएको श्री स्वर्गद्धारी आश्रम । जुन यज्ञको सुरुवात स्वर्गद्वारी महाप्रभु हंसानन्द गिरिले गर्नुभएको थियो । राप्ती अञ्चल मात्र नभएर भारतीय धार्मिक पर्यटकहरुको घुइचो भै रहने स्वर्गद्वारीबाट धेरै हिमाली श्रृङ्खला र पहाडी रमणीय सम्पदाको अवलोकन गर्न सकिन्छ । दाङ उपत्यकाको महङ्खव झन फराकिलो रहेको छ । एसियाकै ठूलो उपत्यका जसको पूर्व–पश्चिम लम्माई ९० किमि रहेको छ । महाभारत श्रृङ्खलामा रहेका दर्जनौ ऐतिहासिक कोट, बाह्रकुने दह, पुरन्धाराको छहराजस्ता प्राकृतिक छटाले भरिपूर्ण भएको दाङ उपत्यकाले पर्यटकहरुलाई आकर्षणको केन्द्र बन्दछ ।
राप्तीमा यहाँ उल्लेख गरेको भन्दा पनि कयौँ गुना ऐतिहासिक, धार्मिक र साँस्कृतिक धरोहरहरु छन् । कतिपय प्राकृतिक सम्पदाको अध्ययन गर्न नै बाँकी रहेको छ । राप्तीलाई पर्यटकीय विकास गर्नको लागि लुम्बिनीको गुरुयोजना जस्तै राप्तीको पनि गुरुयोजना निर्माण गर्न जरुरी छ । विना गुरुयोजनाको विकास जहिले पनि अधूरो हुन्छ । भूगोलले लुम्बिनी र राप्तीलाई जोडेको छ । लुम्विनीमा आउने पर्यटकहरुलाई राप्तीमा ल्याउन आवश्यक भौतिक पूर्वाधार तयार हुन जरुरी छ । राप्तीमा भएका पर्यटकीय स्थलमा पुग्नको लागि सडक, खानेपानी, स्वास्थ्य र सुरक्षाको उचित प्रवन्ध हुनु पर्दछ । पर्यटकहरुलाई खाने, बस्ने सुविधाजनक होटल अथवा अहिले प्रचलनमा आएको होमस्टेको विकास हुनुपर्दछ । यसको लागि अहिले लुम्बिनीमा सुरुवात भएको गुरुयोजना जस्तै राप्तीको सेरोफेरोमा पर्यटन विकासको लागि गुरुयोजना निर्माण गर्न सकिएमा क्रमिक रुपले राप्तीमा पनि पर्यटनहरुको संख्या बढ्दै जाने र भोलिको दिनमा राप्ती पनि पर्यटन व्यवसायमा अगाडि बढ्न सक्दछ ।

लुम्विनीमा आउने पर्यटकहरुलाई राप्तीमा ल्याउन आवश्यक भौतिक पूर्वाधार तयार हुन जरुरी छ । राप्तीमा भएका पर्यटकीय स्थलमा पुग्नको लागि सडक, खानेपानी, स्वास्थ्य र सुरक्षाको उचित प्रवन्ध हुनु पर्दछ । पर्यटकहरुलाई खाने, बस्ने सुविधाजनक होटल अथवा अहिले प्रचलनमा आएको होमस्टेको विकास हुनुपर्दछ । यसको लागि अहिले लुम्बिनीमा सुरुवात भएको गुरुयोजना जस्तै राप्तीको सेरोफेरोमा पर्यटन विकासको लागि गुरुयोजना निर्माण गर्न सकिएमा क्रमिक रुपले राप्तीमा पनि पर्यटनहरुको संख्या बढ्दै जाने र भोलिको दिनमा राप्ती पनि पर्यटन व्यवसायमा अगाडि बढ्न सक्दछ ।


पर्यटन व्यवसाय राज्यले सञ्चालन गर्ने होइन । निजी क्षेत्रलाई यस व्यवसायप्रति आकर्षित गरी सहज वातावरण बनाउने दायित्व राज्यको हो । भएका मठ, मन्दिर, ऐतिहासिक सम्पदालाई संरक्षण गरेर त्यस स्थानसम्म पुग्ने सडक, पानी, सञ्चार सुविधा र सुरक्षा प्रदान दिने काम राज्यको हो । तर यी सबै गर्नलाई पनि गुरुयोजना आवश्यक पर्दछ । पर्यटन ब्यवसाय धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडि परेको ग्रामीण क्षेत्रको विकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिनसक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने ग्रामीण अथवा वाह्य पर्यटकहरु अहिले सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र भ्रमण गर्न रुचाउँछन् । धुँवा, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन् । विकसित देशका मात्र होइन आन्तरिक पर्यटकहरु पनि अधिकांशले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन् ।
अहिले प्रायः धेरै जिल्लामा ग्रामीण पर्यटनको कुरा उठाएपनि व्यवस्थित भने धेरै ठाउँमा हुन सकेको छैन । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यवसायिक रुपमा सञ्चालन गर्न पर्यटन बोर्ड जिल्ला विकास, गाविस र स्थानीय समाजसेवी सबै लाग्नु पर्दछ । पर्यटकहरुले आफ्नो आनन्द र मनोरन्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् । तर पर्यटनहरु भ्रमण गर्न जाने स्थानका सडक, बत्ती, टेलिफोन, खान बस्नको लागि सुविधाजनक होटल लजहरु र सुरक्षाको ग्यारेन्टी हुनुपर्दछ । यी सबै कुराको सुविधा भयो भने मात्र पर्यटकहरु दूरदराजका गाउँ र हामीले भन्ने गरेको अथवा पर्यटकीय स्थलको रुपमा पहिचान दिन खोजेको ठाउँमा पर्यटकहरु भ्रमणमा जाने गर्दछन् । पर्यटन विकासका निम्ति संस्कृति, धार्मिक र प्रकृति यी तीनवटै उत्तिकै महङ्खवका विषय हुन्छन् । हाम्रो धर्म, संस्कृति र परम्परालाई जोगाएर राख्न सकेमा मात्र पनि ग्रामीण पर्यटनको विकासको लागि सजिलो वातावरण बन्दछ ।
आजभोलि विकासको कुरा उठ्ना साथ ग्रामीण पर्यटनको कुरा निस्की हाल्दछ । नेतादेखि सामाजिक सेवामा लागेका समाजसेवीहरु किन नहुन ग्रामीण पर्यटनको विकास गर्नुपर्दछ भनेर थाक्दैनन् । पत्रिकाका पृष्ठहरु पनि पर्यटनकै कुराले भरिने गर्दछ । तर पनि ग्रामीण पर्यटन विकासको लागि हुनुपर्ने काम भएको मानिन्न । तर ब्यवहारमा भने ग्रामीण पर्यटन ओझेलमा परेको छ, भन्दा पनि हुन्छ । किनकी हामीमध्ये धेरैजना आफ्नै गाउँ ठाउँका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा अनविज्ञ छौँ । नजिकको तीर्थ हेला भने जस्तै धार्मिक मठ मन्दिर एवं प्राकृति र ऐतिहासिक स्थल भ्रमण अर्थात् विद्यालयको शैक्षिक भ्रमणको लागि पनि आफ्नो भूगोलभन्दा अन्य स्थानको खोजीमा रहन्छाँै ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here