Friday, October 10, 2025
Homeफिचरकटाई सिलाईले बढाएको आत्मविश्वास

कटाई सिलाईले बढाएको आत्मविश्वास

- Advertisement -spot_img

तुलसीपुर, ४ साउन । दाङमा पछिल्लो समय महिलाहरुमा केही गर्नुपर्छ बन्ने सोचको विकास भएको छ । आत्मनिर्भर बन्न केही गर्नुपर्छ भन्ने सोचका साथ महिलाहरु कटाई सिलाई पेशाबाट आत्मनिर्भर बन्दै गएका छन् ।
बेरोजगार रहेका महिला दिदीबहिनीहरुले घरमै बसेर आम्दानी गर्न सकिने भएकाले यो पेशाप्रति आकषर््िात भएका छन् । फुर्सदको समयको सही सदुपयोग र आम्दानी पनि राम्रै हुने भएकाले कटाई सिलाईमा महिलाहरुको संख्या बढिरहेको देखिन्छ । आफूहरु आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचका साथ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ नयाँ बसपार्कमा बिगत १२ बर्षदेखि सिलाई पेशालाई राधा योगीले निरन्तरता दिदै आएकी छन् । उनले तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कमा डोल्मा कटाई सिलाई सेन्टर सञ्चालन गर्दै आएकी छन् ।
उनले भनिन् ‘म बिगत १२ बर्षदेखि कटाई सिलाई सेन्टर सञ्चालन गर्दै आएकी छु । यो सबै मेरी बहिनीको देन हो यदि मेरी बहिनी नभएको भए सायद आज म यहाँँसम्म पुग्न सक्थेन होला ।’ घरपरिवार भित्रै चुलोचौकामा मात्रै सीमित राधा अहिले बहिनीकोे साथ सहयोगले आफू आत्मनिर्भर र अरुको उदाहरणीय व्यक्ति बन्न सकेको बताउँछिन् ।
२०४८ सालमा आफूलाई कटाई सिलाइबारे केही जानकारी भएपनि २०६३ साल मंसिरमा सुरु गरेको डोल्मा कटाई सिलाई सेन्टरकी प्रोप्राईटर राधा योगीे भन्छिन् म र मेरी बहिनी निरा ढुंगानाले अहिले सेन्टर चलाइरहेका छौँ । आफू पहिले सरकारी जागिर खाएको भएपनि विवाह पछाडि बुहारी मान्छे घरमै बस्नुपर्छ भन्ने मान्यताले घरपरिवारमा भएका कारण जागिर समेत छोड्न परेको उनले बताइन्  । घरमा गृहणीको रुपमा काम गर्ने राधाले आफ्नी बहिनी निराको साथ र सहयोगले अहिले आत्मनिर्भर बनेको बताउँछिन् । उन्ले अहिले मासिक रुपमा ६० देखि ७० हजारसम्म आम्दानी गर्दै आएकी छन् भने बार्षिक रुपमा १ सय ५० देखि १ सय ७० जनालाई सिप सिकाउँदै आएको उनले बताइन् ।
पहिले बार्षिक रुपमा २ सय जनालाई सिप सिकाउने र बार्षिक रुपमा डेढ लाख देखि २ लाखसम्म आम्दानी गर्दै आएकी राधा २ बर्ष यता आफ्नो व्यवसाय केही खस्किएको बताउँछिन् तर पनि आफू सन्तुष्ट र खुशी रहेको बताउछिन् । कसैसँग पैसाको लागि हात थाप्न पर्दैन छोराछोरीलाई पढाउन, लेखाउन, घर खर्च चलाउन कुनै समस्या छैन, म आफ्नै आम्दानीबाट पु¥याउँछु, बाँकी भएको रकम जम्मा पनि गर्छु र कुनै दिदी–बहिनी साह्रै नै समस्यामा परेका छन् भने आर्थिक रुपमा सहयोग पनि गर्ने गरेको राधा योगीले बताइन् ।
उनका अनुसार हाल डोल्मा कटाई सिलाई सेन्टरमा ३० देखि ३५ जनाले सिप सिकिरहेको र २ जनालाई कालीगढको रुपमा काम समेत दिएको उनको भनाइ छ । सानोमा वकिल बन्ने सपना देखेकी राधा अहिले व्यावसायिक रुपमा कटाई सिलाई पेशालाई अंगालेकी छन् । उनले भन्छिन् ‘यो सबै भाग्यको देन हो यदि मेरो भाग्यपनि मैले सोचेको जस्तो भइदिएको भए म पनि वकिल भएर मेरो बुवाजस्तै अदालती काम गर्ने थिए । मेरो बुवा वकिल भएर होला सायद मेरो लक्ष्य पनि वकिल बन्ने थियो । तर समय र परिस्थितिको डोरीले डो¥याएर कटाई सिलाई व्यवसायी बनाएको छ, यो पेशामा लाग्नु पनि मेरो बहिनीको देन हो, उनले भनिन् ।

कसैसँग पैसाको लागि हात थाप्न पर्दैन छोराछोरीलाई पढाउन, लेखाउन, घर खर्च चलाउन कुनै समस्या छैन, म आफ्नै आम्दानीबाट पु¥याउँछु, बाँकी भएको रकम जम्मा पनि गर्छु र कुनै दिदी–बहिनी साह्रै नै समस्यामा परेका छन् भने आर्थिक रुपमा सहयोग पनि गर्ने गरेको राधा योगीले बताइन् ।


राधाका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सिप सिकाएर र दिदी बहिनीहरुसँग बसेर समय बित्छ तर दिनभरीको समय बितेको थाहै हुँदैन । दिनभरी आफूमा भएको सिप अरुलाई सिकाउन पाउँदा दिन बितेको थाहै पाउँदिन । साझँ परेपछि कतिखेर बिहान होला अनि दिदी बहिनीहरु सँगसँगै बसूँला, आफ्ना दुःख सुखका कुरा गरौला भन्ने महसुश हुन्छ, उनको भनाई छ ।
यस्तै आफूमा भएको सिप अरु दिदी बहिनीहरुलाई सिकाउन पाउँदा र आफूले सिकाएका दिदी बहिनीहरु घरमा गएर आफ्नै व्यवसाय खोलेर मलाई मिठाई खान बोलाउँदा त्यो बेला असाध्यै खुशी लाग्ने गरेको उनले बताइन् ।
दाङ लगायत सल्यान, रुकुम, रोल्पाबाट पनि कटाई सिलाई सिप सिक्नलाई आफ्नो सेन्टरमा आउने गरेको उनको भनाइ छ । उनका अनुसार पश्चिम कालीमाटीसम्मका दिदीबहिनीहरु पनि सिप सिक्नलाई आउँछन् साथै दाङका विभिन्न गाउँहरुबाटसमेत महिलाहरु सिप सिक्न आउने गरेको उनले बताइन् । सोही कटाई सिलाई सेन्टरमा कटाई सिलाई सिक्दै गरेकी बबई गाउँपालिका–६ पञ्चकुलेकी सबिना भण्डारीले सिलाई सिकेर आफू पनि आत्मनिर्भर हुन सकिने र अरुलाई पनि सीप सिकाउन सकिने भएकाले यो पेशाप्रति आफू आकर्षित भएको बताउँछिन् ।
अर्की प्रशिक्षार्थी तुलसीपुर भमकेकी रेश्मा नेपालीले भविष्यमा टेलर खोलेर बस्ने इच्छा भएर कटाई सिलाई सिक्न आएको बताइन् । तुलसीपुर उपमहानगरपालिकाको रजौरामा रञ्जना सिलाई तथा कटाई प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी रज्जना आचार्यको पनि यो पेशामा लागेको लगभग १५ बर्ष पुगिसकेको छ । २०५८ सालदेखि कटाई सिलाई सिकाउन सुरु गरेको उनले बताइन् ।

उनीपनि बेरोजगार रहेका दिदीबहिनीहरुलाई स्वरोजगारमूलक बनाउने र आफूले जानेका सिपहरु अरु दिदीबहिनीहरुलाई बाँड्ने उद्देश्यले यो कटाई सिलाई पेशालाई निरन्तरता दिएको बताउँछिन् । उनी भन्छिन् कटाई सिलाई पेशाबाट सन्तुष्ट छु, आफ्नो आवश्यकताहरु परिपूर्तिको लागि र आफूलाई खर्च गर्नका लागि श्रीमानसँग हात जोड्नु पर्दैन । जे जस्तो खाउँ–लाउँ भने पनि आफ्नै कमाई हो खर्च गरे पनि हुन्छ जस्तो लाग्छ मलाई तर श्रीमानको कमाई भए अप्ठेरो लाग्छ । आफैले दुःख गरेको भएपछि खर्च गर्दा पनि अप्ठेरो हुँदैन सजिलैसँग खर्च गर्न सकिन्छ भने श्रीमानले दुःख गरेको पैसा खर्च गर्न त्यति सजिलो लाग्दैन मलाई । त्यसैले सबै दिदीबहिनीहरुले आफू कुनै न कुनै सीप सिक्नु पर्छ र सबैलाई सीप सिक्नसमेत आग्रह गर्दछु, उनले भनिन् । तुलसीपुरको विपी चोकदेखि माथि केही दुरीमा रहेको हाम्रो कटाई सिलाई प्रशिक्षण केन्द्रकी कमला लम्साल पनि बिगत १२ बर्षदेखि कटाई सिलाई व्यवसायलाई निरन्तरता दिदै आएकी छन् । उनका अनुसार २०६४÷०६५ सालदेखि आफूले व्यवसाय गरेको बताउँछिन् । यो पेशा महिलाहरुको लागि प्रभावकारी र फाइदाजनक भएको लम्सालले बताइन् । घरमै बसेर घरको सबै काम पनि गर्न सकिने र व्यवसायलाई पनि निरन्तरता दिन सकिने उनको भनाइ रहेको छ ।
मासिक २० देखि २२ हजार आम्दानी हुन्छ, म यही पेशाबाट एकदम सन्तुष्ट छु उनले भनिन् । बच्चाहरुदेखि लिएर महिला र पुरुषहरुले लगाउने कपडाहरु कटिङ गर्नेदेखि सिलाउन सिकाउने गर्छु । अहिले ३० देखि ३५ जनालाई कटाई सिलाई सिकाई रहेको उनको भनाइ छ । बार्षिक रुपमा डेढ सयदेखि २ सय जनालाई सिप सिकाउँदै आएको उनले बताइन् । आफूले कटाई सिलाई सिक्दा सामाजिक परम्परा र बन्धनका कारणले धेरै संघर्ष गर्नुपरेको तर घर परिवारको साथ राम्रो भएको उनको भनाइ छ ।

घर परिवारको साथ सहयोग भएपनि कटाई सिलाई सिक्न त्यति सहज थिएन मलाई, उनले भनिन्, जब म कटाई सिलाई सिक्न थाले तब मलाई धेरैले छोरी मान्छे भएर पनि के काम गर्न थालेकी भनेर गिज्याउँने गर्थे तर पनि म आफ्नो सोचलाई कहिल्यै पनि पछि पर्न दिइन, किनभने पढाइको साथसाथै मान्छेमा कुनै न कुनै सिप पनि हुनुपर्छ भन्ने धारणा थियो मेरो मनमा । त्यसकारण विभिन्न समस्याको बाबजुद पनि आफ्नो कामलाई निरन्तर अगाडि बढाएँ, लम्सालले भनिन् ।
घरपरिवारमा श्रीमानले दुःख गरेको आम्दानीबाट मात्र घर व्यवहार चलाउन समस्या जोकोहीलाई पनि पर्छ त्यसकारण दुबैजनाले केही न केही गर्नुपर्छ । कुनै दिदीबहिनीहरु घरपरिवारका कारण अझैंपनि बाहिर निस्केर कुनै सीपसमेत सिक्न नपाउने गरेको उनको भनाई रहेको छ । आफूले स्नातक तह पढेको भएपनि जागिरतर्फ नलागेर कटाई सिलाई पेशालाई नै रोजेको कमलाले बताइन् । पढ्नु पनि पर्छ, पढाइ बिना त केही गर्न सकिदैन तर सीप पनि हुन आवश्यक छ ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म व्यवसायमा नै व्यस्त हुने गरेको उनको भनाइ रहेको छ । स्नातक तह पढेको भएपनि कटाई सिलाई व्यवसाय गर्न पाउँदा गर्वको महसुश हुन्छ । किन भने आफ्नै घरमा बसेर काम गर्न पाएकी छु । यदि जागिर खाएको भए घरदेखि टाढा गएर काम गर्नुपर्ने थियो, उनले भनिन् । तर म आफ्नै घरमा बसेर घरकै खाना खाएर आफ्नो व्यवसायलाई निरन्तरता दिएकी छु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here