संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल असारमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील रहेको छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको एक वर्ष कसरी बितेको छ । एक वर्षको अवधिमा अपेक्षा अनुसारको स्थानीय तहमा काम हुनसकेको छ की छैन । कस्ताखालका समस्या, चुनौती, जटिलता, अवसर भूमिका देखिए त्यो त्यो विषयमा विशेषरुपमा आज हामीले जनप्रतिनिधिका एकवर्ष अन्तर्गत खोतल्ने प्रयास गरेका छांै । प्रदेश टुडेको साप्ताहिक स्तम्भ टुडे राउण्ड टेबलमा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीसंग उनी निर्वाचित भएपछिको एक वर्षको अनुभवका बारेमा कुराकानी गरेकौ छौं । प्रस्तुत छ, उनीसंग गरिएको कुराकानीको सारसंक्षेप ।
निर्वाचन भएको एक वर्ष भएछ । निर्वाचन अगाडि अर्थात एक वर्ष पहिले हामीले जनताहरु माझ थुप्र्रै काम गर्ने घोषणाहरु गरेका थियौँ, ति निर्वाचन अगाडि गरिएको प्रतिवद्धताहरु एकै वर्षमा पूरा हुने त होइनन् । तर मलाई लाग्छ जनतालाई भने जस्तो सबै कुरा नपुगेपनि धेरै काम गरेका छौँ । १९ वटै वडामा कार्यालयबाट हुने जति सेवा पनि छन् सबै वडा कार्यालयबाट प्रवाह हुन्छ । घोराही उपमहानगरपालिकामा आउनुपर्ने एउटै मात्र कारण छ, त्यो हो कर व्यवस्थापन गर्न त्यो पनि इन्टरनेटको सुविधा नभएको कारण । अब यस आर्थिक वर्षमा इन्टरनेटसहित हामी वडा–वडामा त्यो सेवा दिन्छौँ ।
पूर्वाधारतर्र्फः
पूर्वाधारतर्फ हामीले प्रत्येक वडालाई नगरसँग जोड्ने सडक पिच गर्छौ भनेका थियौँ, त्यो २०७४÷०७५को बजेट १८ किलोमीटर सडक पिच गरेका छौँ । जस्तैः ट्रयाक नखोलेको ठाउँमा घोराही मसिना सडकलाई सैघा जोड्ने काम गरेका छौँ । त्यसैगरी सवारीकोट–लक्ष्मीपुर जोडेका छौँ । लक्ष्मीपुरको पर्यटकीयस्थल जहाँ–जहाँ विकट ठाउँ सवारीकोटबाट घोराही आउनको लागि बाटो खोलेका छौँ । त्यस्तै घोराही–१ टनकपुर बस्तीको हेकराम ठाँटीगाउँमा, वडा नम्बर ५ को विकट ठाउँमा नयाँ ट्रयाक खोल्न सकेका छौँ, बिशेषगरी सहरी विकास कार्यक्रममार्फत धेरै बाटोहरुमा पिच गरेका छौँ ।
सर्रा–सौडियारको बाटो टेण्डर गरेका छौँ, प्रहरी बोर्डिङदेखि खिरिटेसम्मको बाटो, वालीम खोलादेखि सिमलतारासम्मको बाटो (वीपी मार्ग), आर्मी व्यारेक दक्षिणदेखि भरतपुरतर्फ जाने बाटो, झिगौरादेखि गोर्खा हस्पिटल हुँदै भेटनरीसम्मको बाटो, ल्याण्डफिल्ड साइटबाट बाहुनडाँडा जोड्ने बाटो, घोराही आँखा अस्पतालदेखि तुलसीपुर जाने बाटोको टेण्डर भइसकेका छन् । अर्को नारायणपुर नारेवाङ सडक पनि टेण्डर भइसकेको छ ।
यस वर्ष घोराही उपमहानगरपालिकाका धेरै बाटो पिचको प्रकृयामा रहेका छन् । हामीले जनतालाई प्रतिवद्धता गरेका धेरै बाटोहरु पिच गर्ने लाइनमा छिरिसकेका छौँ । जनतालाई बाटोको पूर्वाधारमा जोडिसकेका छौँ । वालीमखोलामा पुल यसै वर्ष टेण्डर भइसकेको छ । हासिपुरका जनताका लागि पुल निर्माणको टेण्डरको प्रकृयामा छ । वडा कार्यालयको भवन थिएन । हामीले वडा कार्यालयको भवन निर्माणको प्रकृयालाई अगाडि बढाएका छौँ । ७, ८, १०, ११, १६ र १७ नम्वरको वडा कार्यालयको भवन निर्माणको प्रकृयालाई अगाडि बढाएका छौँ । घोराही उपमहानगरपालिकामा छवटा त हामीले ड्याम बनाएका छौँ । खासगरी गुलरिया ड्याम, वर्गद्दी र ढिकपुरमा नयाँ ड्याम, कटहीमा दुईवटा ड्याम, गिठेपानीमा एउटा ड्याम, गंगटे सोतामा ड्याम, लखवार बाँधसहितको ड्याम, निर्माण गरिसकेका छौँ । कुइरेपानी–सर्रा सडकलाई बैकल्पीक मार्गको रुपमा विकास गर्छौ भनेका थियौ । कुइरेपानी–सर्रा दामोदर सडकलाई १६ मिटरको चौडाईमा विस्तार गरेका छाँै ।
प्रदेश सरकारले यसलाई पिच गर्नको लागि सहयोग गरेको छ । सडकको सन्दर्भको धेरै काम गर्न सफल भएको छौँ । जस्तैः जलासय, सिंचाई ड्याम निर्माण गरेका छौँ, खानेपानी तथा खेतमा सिंचाई, हरियाली प्रवद्र्धन, कृषिलाई व्यवसाय, पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ ।
केन्द्र सरकारले आफ्नो अधिकार प्रयोग गरेर अस्थायी राजधानी बुटवलमा बनाएको छ । अस्थायी राजधानी बुटवलमा तोकिएकाले अझै पनि आशा गर्ने ठाउँ भने छ । दाङ राजधानी हुनुपर्छ भन्ने माग चाहिँ अहिले पनि जारी छ ।
उपमहानगरपालिकामा एयरपोर्ट
हामीले निर्वाचनमा प्रतिवद्धता गरेका थियौँ कि दाङमा वैकल्पीक एयरपोर्ट बनाउँछौ भनेर । त्यही प्रतिवद्धता अनुसार नै घोराही उपमहानगरपालिका नारायणपुरमा बैकल्पीक हवाई उडान केन्द्रको रुपमा लिएका छौँ । त्यो कार्य पनि शुरु भइसकेको छ ।
खरको छानो मुक्त
त्यसैगरी हामीले खरको छानो मुक्त बनाउँछौँ भनेका थियौँ । त्यही प्रतिवद्धता अनुसार घोराही उपमहानगरपालिका १६ मा खरको छानो मुक्त वडाको रुपमा घोषणा भइसकेको छ ।
खानेपानीतर्फ
खानेपानीको लागि हामीले छवटा डिप वोरिङको निर्माण गरिसकेका छौँ । वडा नम्बर २ को सुर्केडाँगी, वडा नम्बर ११ को बासगजेरी र बगाले, वडा नम्बर ५ को मावि धर्ना, वडा नम्बर ९ को बकुलाहीलगायतका वडाहरुमा डिप बोरिङको निर्माण गरेका छौँ ।
स्वास्थ्यतर्फ
सबै वडाहरुमा नगर स्वास्थ्य सेवा प्रवाह गर्छौ भनेका थियौँ । घोराहीको १९ वटै वडामा नगर स्वास्थ्य क्लिनिक सञचालन प्रकृयामा छ भने एउटा घोराही उपमहानगरपालिका–२ मा ल्याव टेष्ट, एक्सरे, खाद्यवस्तुको जाँचसहित र डाक्टर सेवासहित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको रुपमा स्थापित गरेका छौँ ।
शिक्षातर्फ
शिक्षातर्फ नियमित अनुगनलाई प्राथमिकता दिएका छौँ । नगर शिक्षाको ऐन र नियमावली पास गरेका छौँ ।
कानुनतर्फ
त्यसैगरी कानुनअन्तर्गत सहकारी ऐन, रेडियो सञचालन ऐन, र विभिन्न १२ वटा कार्यविधि पास गरेका छौँ ।
सरसफाईतर्फ
घोराही उप–महानगरपालिकामा सरसफाईलाई बिशेष प्राथमिकता दिएका छौँ । दुईवटा फोहोर छुट्याउन काम भएको छ । एउटा गल्ने र नगल्ने फोहोरलाई नगरबासीले आफ्नो घरबाट छुट्याएर त्यो व्यवस्थापन गर्न सहयोग गर्नुभएको छ । ‘फोहोरलाई मोहर बनाउने उद्देश्यले यी कुरालाई घोषणा गरेका थियौँ । गल्ने फोहोरबाट ग्यास निर्माण गर्ने, सिलिण्डरमा ग्यास भरेर बजारमा बिक्री गर्ने गरी ग्यास प्लान्टको टेण्डर खोलेर सम्झौता भएर अन्तिम चरणमा छौँ । त्यसको लागि जग्गा उपलब्ध गराएका छौँ । निर्माण गर्ने पाटोले डिजाइन गरेर स्वीकृति गर्न बाँकी छ ।
बजार व्यवस्थापन
बजार व्यवस्थापन पनि सुधार गर्न सकेका छौँ । पहिले गाउँबाट आउने किसानहरुले तुलसीपुर चोकमा, विद्युुत रोडका आसपासमा सडक पेटीहरुमा तरकारी र फलफुलहरु यत्रतत्र गरेर यातायातलाई नै नकारात्मक प्रभाव पारेका हुन्थे । अहिले हामीले त्यो चाहिँ व्यवस्थित गरेका छौँ । ठेलाबाट बिक्री हुने माछा, फलफुललाई एकीकृत रुपमा बिक्री गर्नको लागि स्थानसमेत छुट्याएका छौँ ।
कृषितर्फ
विशेषगरी घोराहीको पहाडी क्षेत्रमा वडा नम्बर १८ हात्तीखर्कमा दुई हजार कागतीको विरुवा रोपिएको छ । आउँदा वर्ष पनि थप विभिन्न जातीका विरुवाहरु रोपी कार्यक्रम राखिएको छ । घोराहीमा केरा पकाउने मेसिन अनुदानका रुपमा प्रदान गरेका छौँ । घोराहीबासीले मेसिनबाट पाकेका केरा खाने व्यवस्था गरेका छौँ । नागरिकको स्वास्थ्यमा असर पर्ने गरी औषधी राखेर पकाएको केरा खानु पर्दैन । बजारमा आएको धेरैजसो केराहरु मेसिनले पाकेका केरा हुन् ।
कामकाजी भाषा
थारु भाषालाई सरकारी कामकाजको भाषामा सुरुवात गरेका छौँ । यसलाई अझै व्यवस्थित गर्न बाँकी नै छ ।
स्मार्ट सिटी
घोराहीलाई स्मार्ट सिटी बनाउँछौँ भनेका थियौँ स्मार्ट सिटी बनाउनको लागि हामी अहिले पनि लागिराछौँ । खासगरी आइटी वेस स्मार्ट सिटी नै हो । त्यसकारण अब अनलाईन सिस्टमबाट हामीले घटना विवरण संकलन गरिरहेका छौँ । आगामी दिनमा सबै वडामा अनलाईन सिस्टमबाट नै गर्छौ । केही वडाहरुमा काम शुरु भइसकेको छ ।
कर व्यवस्थापन
करलाईलाई हामीले वडा– वडामा बुझ्ने व्यवस्था गर्छौ । एकीकृत सम्पति कर अब जनताहरुले आउँदो वर्ष नगरमा आउन नपर्ने व्यवस्था गर्छौ । यसै आर्थिक वर्षदेखि वडा नम्बर १० मा शुरु भइसकेको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान
हामी स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको घोराहीमा हुनुपर्छ भनेका थियौँ, अहिले घोराहीमा छ । केही कुराहरु विवादमा छन् ,त्यो पनि सल्टेर जाने छ, त्यसलाई जग्गा उपलब्ध गराउनेदेखि अरु पनि सहयोग गर्छौ ।
शिक्षातर्फ
शिक्षातर्फमा गुणस्तर शिक्षालाई विशेष जोड दिएका छौँ । आउँदा दिनमा सबै जनताको छोराछोरीले निजी स्तरको शिक्षा पाएका छन् भन्ने महशुस गराउने छौँ । सामुदायिक विद्यलायको सुधारका दरबन्दी मिलान, मर्ज, शिक्षक सरुवा, तालिम, शैक्षिक क्षेत्रको सुधारका छलफलका कामलाई प्राथमिकतामा राखेका छौ ।
हरियाली प्रवद्र्धन
हरियाली प्रवद्र्धनमा यस वर्ष पनि बजेट विनियोजन गर्छौ । एकघर दुई विरुवा रहेका विद्यालयका एक विद्यालय एक गार्डेनलाई प्राथमिकतामा राखेका छौँ र निरन्तरता दिन्छौँ ।
पर्यटन विकास
पर्यटन क्षेत्रको विकासको लागि पाण्डेवश्वरी मन्दिर, अम्बिकेश्वरी मन्दिर, बाह्रकुने मन्दिर, ज्यामिरे दहको मन्दिरको विकास तथा प्रवद्र्धनको लागि प्रदेश सरकारले प्रत्येक मन्दिरलार्ई दुई करोड बजेट छुट्याएइको छ । घोरदौराको पर्यटन क्षेत्रको लागि दुई करोड छुट्याएइको छ ।
चिडियाखाना
घोराहीमा चिडियाखानाको माग गरिरहेका छौँ । प्रदेश स्तरीय चिडियाखाना ज्यामिरे दहको आसपासमा निर्माण गर्ने योजनामा छौँ ।
खेलकुद क्षेत्र
खेलकुद क्षेत्रका पनि विकास गर्छौ भनेका थियौँ । खेलकुद क्षेत्रमामा दुईवटा राष्ट्रियस्तरको खेलकुदमा सहयोग ग¥यौ । एउटा मेयरकप फुटबल पनि भर्खरै सम्पन्न भयो, खेल क्षेत्रका विकासको लागि पनि प्रत्येक वडा–वडाहरुमा खेलकुद मैदान बनाउने योजनामा छौँ, क्रिकेटलाई विस्तार गर्नको लागि जग्गा किनिसकेका छौँ ।
न्यायिक समिति
न्यायीक समितिमा धेरै काम गरिसकेको छौँ, नगरमा आउँदा न्याय पाइन्छ भन्ने किसिमको सेवा प्रदान भइरहेको छ ।
निर्वाचनका प्रमुख एजेण्डा राजधानी दाङ
निवार्चनको सयमा हामीले दाङ राजधानी बनाउने छौँ भनेका थियौँ तर त्यो अधिकार स्थानीय सरकारको परेन् । हाम्रो क्षेत्र नभएपनि स्थायी राजधानी दाङ नै बनाउनुपर्छ भन्ने माग तथा दबाव दिने काम अझै पनि कायमै छ । त्यसको निर्णय गर्ने अधिकार प्रदेश सरकार र केन्द्र सरकारको हो । केन्द्र सरकारले आफ्नो अधिकार प्रयोग गरेर अस्थायी राजधानी बुटवलमा बनाएको छ । अस्थायी राजधानी बुटवलमा तोकिएकाले अझै पनि आशा गर्ने ठाउँ भने छ । दाङ राजधानी हुनुपर्छ भन्ने माग चाहिँ अहिले पनि जारी छ ।
लालपूर्जा दिने
जग्गासम्बन्धी अधिकार हामीलाई दिइएको छैन् । केन्द्र सरकारले एकपटकको लागि सबैलाई जग्गा पासको व्यवस्था गराईदिने भन्ने कुरा निर्णय गरेको छ । त्यो निर्णय अनुसार हामीले चाहिँ सबै जनतालाई सेवा पु¥याउँछौ, हामी छानविन गर्ने कुरामा सेवा पु¥याउँछौँ, डाटा लिन कुरामा सेवा पु¥याउँछौँ ।
सामाजिक सुरक्षा भत्ता
हामीहरुले ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता अहिले जनताहरुलाई बैंकिङ सिस्टमबाट लैजानु पर्छ भन्ने केन्द्र सरकारबाट निर्णय भएको छ । त्यो निणर्य अनुसार सबै ज्येष्ठ नागरिकरुको बैंकमा खाता खुलाइसकेका छौँ । अब नयाँ आउनेहरुको लागि पनि खाता खुलाउँदै जान्छाँै । बैंक सबै ठाउँमा नपुग्या कारण केही ठाउँमा समस्या देखिएको छ । निर्वाचनमा हामीले भनेको जस्तै भएको त छैन तर सरकारले सामाजिक भत्ता पाँच हजार नतोकेर नै एक लाखको स्वास्थ्य विमाको योजना ल्याएको छ । ज्येष्ठ नागरिकको एक लाखसम्मको निःशुल्क उपचार गराउने निर्णय भएको ।
खरको छानो मुक्त
खरको छानो मुक्त गर्ने केन्द्र सरकारले नै घोषाण गरेकाले हामीले यस वर्षमा राखेनौँ । किन भने केन्द्र सरकारले नै निर्णय गरेर बजेटिङ गरिसकेपछि हामीले अर्को निर्णय गर्न सक्दैनौँ । केन्द्रीय सरकारको बजेटको आधारमा हामी अगाडि बढ्छौ ।
बाँकी योजना
गर्न बाँकी धेरै योजनाहरु हामीले टच गरिसकेका छौँ, टच गरेका एजेण्डाहरुलाई पूरा गर्दै लैजाने छौँ, अब स्वास्थ्यको क्षेत्रमा, खानेपानीको क्षेत्रमा पूर्वाधारको क्षेत्रमा, एयरपोर्टको क्षेत्रमा, बाटो स्तर बृद्धिको सवालमा नगर बस सञ्चालनमा र नगर प्रोफाईल तयार पार्न हामी अन्तिम चरणमा पुगेका छौँ ।
मास्टर प्लानको पनि नजिक नजिकमा पुगेका छौँ । दुई÷तीन चरणको काम गरिसकेका छौँ । त्यस्तै केन्द्र सरकारले बनाउन लागेका ठूला योजनाहरुमा निर्माणाधिन पुलहरु, हाईवेमा रहेका पुलहरु निर्माण कार्य सम्पन्न गराउनको लागि हामी चासोको रुपमा लागेका छौँ । वर्ष लाग्यो भने जतिका उपलब्धि काम अझै हुन सकेको छैन् । सेवारखोला र हापुर खोलामा पुल निर्माणको लागि यस वर्ष पुल निर्माणको माग गरिएको छ । सिस्ने खोलामा यसैवर्ष टेण्डर खोलिएको छ । मुर्कुटी–घोराही सडकको टेन्डर खोल्ने अवस्थामा पुगेका छौँ । अब पाँच वर्षभित्रमा घोराहीलाई धेरै परिवर्तनमा ल्याउछौँ, रोजगारको क्षेत्रमा कृषि क्षेत्रको विकास, उद्यमको विकासतर्फ रणनीतिक योजना सफल पार्नतर्फ लागिरहेका छौँ । युवाहरुलाई उद्यमतर्फ, कृषि क्षेत्रको फर्म खोलेर विकास गर्नतर्फ चाहिरहेका छौँ । यिनै कुराहरु हुन हामीले प्रतिवद्धता गरेका कुराहरु क्रमशः लाइनमा छन् ।
अहिले पनि घर भाडामा कार्यालयहरु चलाई रहेका छौं । घोराही उपमहानगरपालिकालाई मातहतमा आएको विषयगत कार्यालयहरुको सम्पति हस्तान्तरण नहुनु, स्पष्ट उसको कानुनी आधार तयार नहुनु मुख्य समस्या देखिएको छ ।
अनुभव
नयाँ संरचनामा नयाँ सरकारको नयाँ अनुभव भयो, संघीयता लागू भयो, तीनवटा सरकार भयो, हिजो स्थानीय निकाय थियो आज तह भयो, हिजोको दिनमा नगर परिषद् हुन्थ्यो, अहिले नगर सभा सम्पन्न गरेका छौँ । हामीहरु पारलायमेन्ट सिस्टममा अभ्यास गरिराखेका छौँ , त्यसकारण अनुभाव चाहिँ नयाँ गर्ने अवसर पाइयो । सरकार सञ्चालन गर्ने एउटा प्रमुखको नाताले अर्कोतिर सभा सञ्चालनको हिसाबले सभाको प्रमुख दुईवटा भूमिका निर्वाह गर्नुपरेको छ । नयाँखालको अनुभूति भएको छ, नयाँ खालको सिस्टमको आधारमा चलेका छौँ, हिजो निर्देशित कामहरु गरिन्थ्यो भने अहिले आफ्नो स्थानीय तहको काम गरिन्छ, वस्तुगत परिस्थितिलाई मध्यनजर गरेर आफै योजना कार्यक्रमहरु निर्धारण गरिन्छ , धेरै कुराहरु कर निर्धारणदेखि लिएर जनताको सेवा सुविधा कुराहरुमा आफै योजना निर्माण गरिन्छ । अनुसूचि ८ अनुसार एकल २२ वटा अधिकार अधिकार प्रयोग गर्ने अवस्था रह्यो भने अनुसूचि ९ कोे संघ, प्रदेश र स्थानीय सरकारकारको बीचको साझा अधिकार प्रयोग गर्न अझै बाँकी छ । कानुनी स्पष्टता अझै भएको छैन् । यो कुराले हामीलाई हिजो सिंहदरबारको अधिकार गाउँ पुग्दै छ भन्ने अभ्यास यद्यपि जनतालाई अनुभूति दिलाउने खालको गतिविधि भइसकेको छैन । त्यो प्रकृयामा छ हामी गरिराछौँ ।
समस्या
कानुन अभावको धेरै समस्या भयो । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच केही बाझिएका अधिकारहरु कानुनी रुपमा स्पष्ट नहुँदा समस्या भयो । हामीलाई कर्मचारी सांगठनिक संरचना अनुसारको कर्मचारीको अभाव, संचरनाको अलिकति समस्या छ । अहिले पनि घर भाडामा कार्यालयहरु चलाई रहेका छौँ । यिनै कुरामा हामीलाई अलिकति समस्या देखिएको छ । घोराही उपमहानगरपालिाकालाई मातहतमा आएको विषयगत कार्यालयहरुको सम्पति हस्तान्तरण नहुनु, स्पष्ट उसको कानुनी आधार तयार नहुनु मुख्य समस्या देखिएको छ ।
सफलता
पूर्वाधार निर्माणमा नै हामीले बिशेष जोड दिएका छौँ । त्यसमा सडक निर्माणलाई प्राथमिकता दिएका छौँ । बाटो, खुलेन, ट्रयाक खुलेनन् भन्ने गुनासो आउन सक्ने अवस्था छैन् । सबै १९ वटै वडामा वाटो तथा ट्रयाक खुलिसकेको छ । यसलाई हामीले सफलताको रुपमा लिएका छौँ । ग्राभेलमा होईन हामीले सडकमा पिचमा जोड दिएका छौँ । १६ मिटरको बैकल्पीक वाटो भनेका थियाँै, त्यो बाटो खोल्न सकेका छौँ । ड्याम निर्माण, सिंचाई निर्माण, १९ वटै वडामा नगर स्वास्थ्य क्लिनिक सञ्चालन गर्न सकेका छौँ ।
अवसर
संघीयता लागू गर्ने अवसरको रुपमा लिएका छौँ, जनतालाई साँच्चिकैको लोकतन्त्र आएको आभास दिलाउने जिम्मेवारी आएको छ । त्यो पनि अवसरको रुपमा लिएको छु, विकास र समृद्धिलाई जनतासँग जोड्ने कुरामा स्थानीय सरकारको भूमिका निर्वाह गर्ने अवसरको रुपमा लिएको छु ।
अन्त्यमा,
घोराही उप–महानगरपालिकालाई समृद्ध बनाउने कुरामा घोराहीबासीलाई खुशी बनाउने सन्दर्भमा सधै नगरबासीको साथ सहयोगमा निरन्तर रुपमा अगाडि बढ्ने छौँ । अझै पनि सुधार्नु पर्ने केही कमजोरी छ भने त्यसलाई मध्येनजर गरेर अगाडि बढ्ने छौँ । अर्को खुशीको कुरा नगरबासीहरुमा के सुनाउन चाहन्छु भने विकास गर्ने क्रममा कहि कतैबाट अवरोध आएको छैन, विकासको क्रममा कसैको घर काटिएको छ, कसैको बारी काटिएको छ, तर कुनै कसैबाट विरोध अवरोध आएको छैन् सबै राजनीतिक दलबाट सकारात्मक साथ पाएको छु ।