Saturday, October 11, 2025
Homeफिचरमानो रोपेर मुरी फलाउने दिन

मानो रोपेर मुरी फलाउने दिन

- Advertisement -spot_img

घोराही, १४ असार ।
छुपुमा–छुपु हिलोमा धान रोपेर छाडौँला
बनाई कुलो, लगाई पानी आएर गोडौला 
यो असारे भाकाले आज विशेष अर्थ राख्ने गरेको छ । आज असार १५ किसानले मानो रोपेर मुरी फलाउने दिन । कालो बादलले मडारिएको आकाश । खेतमा किसानहरुको लस्कर । खेतका गरा–गरामा हरिया धानको बिउ । खेतका आलीहरु ताछेर धानको बिउ रोप्नको लागि तयार पारिएका बाजो खेत । यो समयमा खोला नाला र कुलामा बग्ने पानी सोझिएका छन् किसानहरुको खेतमा । केही दिनदेखि मनसुन सक्रिय भइसकेको छ । त्यसमा पनि आज असार १५ गते । यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा समेत मनाउने गरिन्छ । किसानहरुले आजको दिनलाई मानो छरेर मुरी फलाउने दिनको रुपमा लिने गर्छन् । किसानहरुले यो समयमा मानो छरेर वर्षभरी पुग्ने खेतमा धान फलाउने गर्छन् ।
बिहानैदेखि किसानहरु हातमा फरुवा, कोदालो काँधमा हलो र जुवाँ वोकेर खेतमा धान रोप्नको लागि जान्छन् भने महिलाहरु पनि धानको बिउ काढ्न र रोप्न मै व्यस्त हुन्छन् । धान रोप्नको लागि बाउसे, रोपरा र हलीहरु पनि तयारी अवस्थामा छन् । यो वर्ष मनसुनले पनि समयमै साथ दिएको छ । कृषकहरु पनि उत्साहित देखिन्छन् । आजको दिनमा किसानहरु धानको बिउ रोप्दै दही, च्यूरा खाने, हिलो छ्यापाछ्याप गरेर एकअर्कामा सद्भाव बाँडेर रमाइलो पनि गर्ने गर्छन् ।

केही दिनदेखि मनसुन सक्रिय भइसकेको छ । त्यसमा पनि आज असार १५ गते । यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा समेत मनाउने गरिन्छ । किसानहरुले आजको दिनलाई मानो छरेर मुरी फलाउने दिनको रुपमा लिने गर्छन् । किसानहरुले यो समयमा मानो छरेर वर्षभरी पुग्ने खेतमा धान फलाउने गर्छन् ।


घोराही उपमहानगरपालिका १७ डबरीका किसानहरुसँग धान रोपेर धान दिवस मनाउन लागिएको कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले बताएका छन् । ‘त्यहाँका किसानहरुसँग सामूहिक रुपमा धान रोपिने कार्यक्रम छ, उनले भने त्यसको लागि सबै तयारी पूरा भइसकेको छ । धान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि कृषक तथा अन्य सरोकारवाला–हरुलाई अनुरोधसमेत गरेका थिए ।
सन्दर्भः आज असार १५ (राष्ट्रिय धान दिवस)
पछिल्लो समयमा कृषि क्षेत्रमा पनि यहाँका किसानहरुले निकै फड्को मारिसकेका छन् । हिजोआज कृषकहरुमा पहिलेको जस्तो ढिलो पाक्ने, धेरै पानी लाग्ने धानको बिउहरु लगाउन छोडिसकेका छन् भने खेत जोत्नको लागि विभिन्न यान्त्रिकरणहरु पनि प्रयोग गर्न थालिसकेका छन् । किसानहरु उन्नत जातको धानको बिउतर्फ आकर्षित भएका छन् भने परम्परागत निर्वाहमुखी पारिवारिक खेती प्रणालीबाट रुपान्तरणका लागि कृषि उत्पादन सामाग्रीहरु गुणस्तरीय बीउ, जैवीक तथा रासायनिक मल, प्रविधि, सिंचाई, कृषि यान्त्रिकरण, जैवीक तथा रासायनिक मलतर्फ किसानहरु आकर्षित भएका छन् । त्यसप्रति किसानहरुको माग पनि बढ्दोक्रममा छ ।
कृषि विकास कार्यालयका योजना अधिकृत तिलक केसीका अनुसार सुख्खा धान एक, दुई, तीन, मसिनो रामधान, सावा मनसुली सब–१ को उन्नत जातको धानको बीउतर्फ किसानहरु आकर्षित छन् । त्यस्तै पुरानो धानको बीउतर्फ विन्देश्वरी धान पनि लगाउने गरेको उनले बताए । कृषकहरु पनि आधुनिकीकरणतर्फ जान थालेका छन् ।
पावर टिलरले खेत जोती सकेपछि डल्ला फुटाउने मेसिन रोटाभेटर, धान काट्नको लागि प्रयोग गरिने रिपर मेसिनहरु अनुदानमा वितरण गरिरहेको छ । किसानहरु बीउ छर्नको लागि सिड ड्रिल, मल र बीउ छर्ने मेसिन फर्टिलाईजर, खेत सम्याउने मेसिन लेभलर, धानको बीउ रोप्ने ट्रान्सप्लान्टर, बालीको घाँस झार ओखल्नको लागि प्रयोग गरिने विडर मेसिनहरु प्रयोग गरिरहेका छन् । दाङमा मनसुन शुरु भईसकेपछि पानी पर्न थालेको छ । केही दिन यता निरन्तर रुपमा परिरहेको पानीले किसानहरुलाई राहत महसुस गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here