Thursday, October 9, 2025
Homeफिचरकुटपिट गर्नेलाई छ महिना जेल

कुटपिट गर्नेलाई छ महिना जेल

- Advertisement -spot_img

लमही, १४ असार । थोरै मूल्यमा आफ्नो जग्गा बेच्न नमानेको भन्दै अर्घाखाँचीकी दिलमाया पुनलाई निर्घात कुटपिट गर्ने देउखुरीका दुई महिलालाई जेल चलान गरिएको छ । अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नम्बर ९ ठाडोखोलाकी दिलमाया पुन मगरलाई कपडा च्यातेर निर्मम कुटपिट गर्ने राप्ती गाउँपालिका वडा नम्बर १ पुरानो बजारका ३५ बर्षिया रेखा गुप्ता र २९ बर्षिया अनिता गुप्तालाई ६ महिना जेल सजाय र जनही २५ हजार जरिवानासहित जेल चलान गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए । रेखा र अनितालाई सस्तोमा जग्गा दिन नसक्ने बताएपछि उनीहरुले पीडित दिलमायालाई भालुवाङको निर्माणाधिन सार्वजनिक बसपार्कमा लछारपछार गरेर कुटपिट गरेका थिए ।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बुधवार कुटपिटमा संलग्न राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङकी रेखा गुप्ता र अनिता गुप्तालाई २५ हजार जरिवाना र ६ महिना कैदको फैसला गरेको बताए । उनले पुनको औषधी उपचार खर्च पनि दामासाहीले भराएको बताए । प्रमुख जिल्ला अधिकारीको फैसलासहित दुबैजनालाई तुलसीपुरस्थित कारागार चलान गरिएको छ । प्रहरीले १८ दिनको अनुसन्धानपछि जिल्ला प्रशासनमा मुद्दा दर्ता गराएको एक दिनमै फैसला गरेर पीडितलाई न्याय दिदै पीडकलाई सजाय तोकिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । उनले सामाजिक अपराधअन्तर्गतको सामाजिक तरङ्ग ल्याउने जिल्लामा यस्तो घटना पहिलो भएको भन्दै यसलाई महङ्खवका साथ फैसला गरिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here