परदेशीको कथा

रातो टिका निधारमा बिदाईको रातो खाँदा गलामा अनगिन्ती आशिष र भरोसा लिई रङ्गीन संसारको कालो कोठामा रुमलिन्छ जिन्दगी हुन त बेदका अक्षर पनि काला सबैलाई प्यारो लाग्ने तारा पनि कालै रातमा जग्मगाउँछन् भगवान भनि पुज्ने पत्थर पनि आखिर कालै त हुन्छ नै त्यहि कालो भुमरीमा रङ्गीन सपना सजाउँदै पैसामा बैश र पसिना बेच्दाबेच्दै सपनालाई तिलांजली […]

Continue Reading

उस्तै अँधेरी रह्यो..

यस्तो सुन्दर शान्त बुद्ध वनमा बस्ती बसेको थियो साँच्चै स्वर्ग समान विश्वभरमा चर्चा चलेको थियो । चर्चा मै त चिरा प¥यो चरचरी च्यातेर चङ्गा भयो च्यात्नेकै दिन फेरिए तर यहाँ उस्तै अँधेरी रह्यो ।। आँखाभित्र अटाउने अब उही उष्णाश्रु बाँकी रहे आगो बल्न सकेन शून्य छ कुटी उल्लास उड्दै गए । धर्तीमा धृतराष्ट्र नायक भए […]

Continue Reading

दीर्घ जीवन हाम्रै हातमा

ब्रह्माण्डमा लाखौं प्रजातीका जीवजन्तु, बोटवृक्ष रहेका छन् । जीव तथा बोटवृक्षको प्रजाती अनुसारको आयु निर्धारित रहेको हुन्छ । मानव सभ्यताको ढुङ्गे युगदेखि हालको विज्ञान र प्रविधिको युगमा आईपुग्दा मानिसको आयु पनि विभिन्न कालखण्डमा फरक–फरक देखिन्छ । यस्तो देखिनुको कारण अनुसन्धानकर्ताहरूले उसले व्यतीत गरेको जीवनशैली मुख्य कारण बताएका छन् । यस युगमा मनुष्यको आयु १०० वर्ष […]

Continue Reading

मेरो स्कुल

पहिले पढ्न छोडेर यही स्कुलबाट भागेर मुग्लान छिरेको म फेरी मुग्लानबाट घर आए घरमा बस्न नपाई पुनः स्कुल पठाइयो भर्ना भएर होइन कोरोनाको सजाय काट्न क्वारेन्टाइनमा बुढापाखाले भन्थे पृथ्वी गोलो छ, हो रै’छ डर त्रास र कोरोनाको कहरमा तर अन्यत्र छैन मात्र छ यो क्वारेन्टाइनभित्र जहाँ म जस्तै धेरै छौं त्रासमा छौं जो मुग्लानी हांै […]

Continue Reading

कर्मको भोग

उल्लासमा श्वास सरेर जान्छ विहारको हार झरेर जान्छ । म सोच्छु बेग्लै हुन जान्छ बेग्लै छ जिन्दगीको उपहार यस्तै ।। १ ।। न जन्म मेरो मनले दिएको न हुर्किने हात स्वयम् लिएको निमित्तको सार विचार गर्दा स्वकर्मले जिन्दगी यो दिएको ।। २ ।। चाहे फुटाऔँ अनगिन्ती पत्थर चाहे दिलाऔँ सुनका नयाँ घर जे हुन्छ त्यो […]

Continue Reading

सपना र मेरो बुबा

पर क्षितिजमा कालो बादल मडारिदा आकाशबाट मोती बर्सीनेछ किसानका बाझा खेतमा सपनाका बाला झुल्नेछन् तर हाम्रो देशमा कथा फरक छ बुबा यहाँ सपना त झुल्छन् किसानका होइन सत्ता र भत्ताका सपना झुल्छन् रातो कार्पेटका अनि नाइलन साडी र चिल्ला गाडीका रोग, भोक अनि शोक लिई थलिएको हाम्रो घरलाई उठाउने सपना साची न्याय अनि इमान्दारिताको घण्टी […]

Continue Reading

सीमा सुरक्षा

तिमीलाई हामीले खुशी दिन सकेनौं दियौं त केबल आँसु र तिरस्कार कैयौं हमलाबाट आफूलाई बचाएकी थियौ आज आफन्तकै बन्दैछौ शिकार । अङ्ग–अङ्ग बेचिदैछन् आज तिम्रा छिद्र–छिद्र भै टुक्री रहेछौं चटक्क परेको तिम्रो त्यो जीउडाल जोगिन नपाउँदा आज तिमी रोइरहेछौं । गरिब नै भएपनि आमा तिमीले आफ्नो गरिमालाई उच्च राखेकी थियौ लडि मरि भएनि शत्रु समक्ष […]

Continue Reading

सुहागरात

तिम्रो र मेरो नयाँ जीवनको साथ थियो अन्धकार भएपनि कति मिठो रात थियो दुई अपरिचित आगन्तुकको एउटै साथ थियो नयाँ जोस, नयाँ उत्साह उमंगको मनमा माथ थियो ! बाहिर हल्का बर्षासँसँगै सिर–सिर वनपखामा हावाको बेग चल्दा एउटै ओछ्यान एउटै खाट दुई ज्यानको जवानीको ताप थियो ! एकअर्कामा समर्पण भै यो ब्रह्माण्ड भुलिरहदा तिम्रो मलाई मेरो […]

Continue Reading

के हो माया ?

– रातभर फोनमा कुरा गर्नु ? – कसैलाई देख्ने बित्तिकै माया गर्छु भन्नु ? – तिमीबिना म बाँच्न सक्दिन भन्नु ? – तिमी मेरोबाहेक कसैको हैनौं भन्नु ? – कसैको यादमा हात वा नसा काट्नु ? – तिमीसँग बोल्ने केटा वा केटी अरूसँग बोलेमा रिस मान्ने ? – बोलाएको ठाउँमा नआए वा भनेको कुरा नमाने […]

Continue Reading

आमा

संसारभरीका आमाहरुका पीडा म मेरी आमामा आएर एकाकार भएको देख्छु विशाल संसारलाई सिर्जना गरेर सजाउने आमा आज एक्लै–एक्लै छटपटिएको देख्छु । मैले मेरी आमाबाट संसारलाई बुझ्ने भाव सिकेकी छु आज सन्तान वियोगको पीडा खेपेर पनि मुस्कुराउने आमा भेटेकी छु । आमाले कहिलै दुःखमा देख्नै सकिनन् सन्तानलाई सन्तानले दिए त केवल दुःखमात्र आमालाई । आमाले भोक […]

Continue Reading