कोरोना प्रभाव ….. आर्थिक संकटमा ईट्टा उद्योग

  उमा भण्डारी  दाङ,१६ फागुन । कोभिड–१९ का कारण दाङको ईट्टा उद्योग क्षेत्र आर्थिक संकटमा देखिएको छ । लामो समयसम्मको बन्दाबन्दीका कारण ईट्टा उत्पादन र कारोबार कम हुदा जिल्लामा रहेका ४२ वटा ईट्टा उद्योगहरुमा आर्थिक सुधार हुन नसकेको ईट्टा व्यवसायी महासंघका जिल्ला अध्यक्ष रोम बहादुर वलीले बताए । कोभिड–१९ का कारण करीव ६ महिनासम्म ईट्टाको […]

Continue Reading

कृषकलाई कोभिड राहत कृषिमा पालिका बजेट

उमा भण्डारी दाङ, १७ फागुन । ‘तरकारी खेतीका लागि कयौँ पटक अनुदान माग गरियो, सबै प्रक्रियामै सीमित रह्यो, तर कोभिड–१९ ले पहिलोपटक अनुदान पाउने अवसर जुराईदियो ।’ तुलसीपुर–६ का कृषक रामबहादुर चौधरी भन्छन्, ‘किसानका लागि त अनुदान पाउन कोभिड नै आउनु प¥यो ।’ १८ वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले पहिलोपटक २० हजार रूपैयाँ बराबरको […]

Continue Reading

खोलाको पानी पिउँदै रिमखोलाबासी भन्छन्–‘हामीले शुद्धपानी कहिले पाउने सरकार ?’

जीतसागर जी.एम. बबई, १६ फागुन । दाङको बबई गाउँपालिका–५ रिमखोलाका ३४ वर्षिय निमा थापा घरमा खानेपानी ल्याउनकै लागि दैनिक तीन÷चार घण्टाको समय छुट्याउँछिन् । रिमखोलामा खानेपानीको सहज पहुँच नहुँदा थापा दुई घण्टा बढी लगाएर खोलाको पानी ल्याउ गरेको बताउँछिन् । खोलाको पानी पनि सहजरूपमा पाउन नसकेको उनको भनाई छ । ‘करिब दुई घण्टा लगाएर खोलाको […]

Continue Reading

सघन शहरी तथा भवन निर्माण सात महिनामा ३१ करोड खर्च

सपना बोहरा घोराही, १६ फागुन । सघन शहरी तथा भवन निर्माण आयोजना दाङमा ७६ करोड ७३ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको त्यो रकममध्ये ३१ करोड ३७ लाख ५३ हजार ८ सय ९९ रूपैयाँ खर्च भएको सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । आयोजनाले दाङमा […]

Continue Reading

सर्वोच्चले ग¥यो संसद पुनस्र्थापना

प्रदेश टुडे काठमाडौँ, १२ फागुन । सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनस्र्थापना गरेको छ । संसद् विघटनको मुद्दामा अन्तिम फैसला सुनाउँदै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको हो । बहस सुनुवाई सकिएपछि मंगलबार सर्वोच्चको संवैधानिक इजालसले यस्तो फैसाला सुनाएको हो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि मुलुकमा एकप्रकारको राजनीतिक […]

Continue Reading

‘छोरीको बैंक खातामा पैसा जम्मा’ तुलसीपुरमा स्मार्ट छोरी कार्यक्रम

उमा भण्डारी तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको खातामा मासिक रूपमा रकम जम्मा गर्न सुरू गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जन्मिएका छोरीहरूको नाममा बैंकमा खाता खोल्ने र त्यो खातामा मासिक रूपमा रकम जम्मा गर्न थालिएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । नगरलाई स्मार्ट नगरको रूपमा विकास गर्ने उद्देश्यअनुरूप स्मार्ट चोरी […]

Continue Reading

बजार व्यवस्थापनबारे छलफल

प्रदेश टुडे घोराही, १२ फागुन । दाङको घोराहीमा व्यवसायीक सुरक्षा र बजार व्यवस्थापनका बारेमा छलफल गरिएको छ । मंगलबार दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीक सरोकारवाला निकायहरूसँग छलफल गरिएको हो । संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको छलफलमा सहभागी व्यवसायीहरूले दर्ताबिना सञ्चालनमा आएका घुम्ते व्यवसायीहरूलाई नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनले ध्यान दिनुपर्ने बताए […]

Continue Reading

समन्वय अभावको असर विकासमा कहिले हट्ला धुलो ?

सपना बोहरा घोराही ११ फागुन । घोराहीमा विकास निर्माणका कामहरू भईरहेको समयमा घोराहीको मुख्य स्थानमा रहेको तुलसीपुर चोकको ५० मिटर पश्चिम सडकको भने दूरदशा छ । घोराही उपमहानगरका गाउँ–शहर जोड्ने सडकहरूका काम धमाधम भईरहेको समयमा घोराहीको तुलसीपुर चोकदेखि पश्चिमतिरको सडकको काम भने अझै हुन सकिरहेको छैन् । बाक्लो भिड हुने अनि यात्रु राख्नको लागि सवारी साधनहरूको […]

Continue Reading

बहुविवाहका आठ मुद्दा फैसला

तुलसीपुर, १० फागुन । उच्च अदालत तुलसीपुरमा ६ महिनाको अवधिमा १२ वटा बहुविवाहको मुद्दा दर्ता भएको छ । गत साउनदेखि हालसम्म उच्च अदालत तुलसीपुरमा १२ वटा बहुविवाहका मुद्दा दर्ता भएकोमा आठवटा मुद्दा फैसला भएको छ । जिल्ला अदालतबाट फैसला हुन नसकेका मुद्दाहरू उच्च अदालत तुलसीपुरमा दर्ता भएको अदालतका नायब सुब्बा योगेन्द्र खड्काले जानकारी दिए । […]

Continue Reading

मोटरसाईकल दुर्घटनामा तीन घाइते

प्रदेश टुडे तुलसीपुर, २२ असार । दाङमा छुट्टाछुट्टै स्थानमा मोटरसाईकल दुर्घटना हुदाँ तीनजना घाइते भएका छन् । बबई गाउँपालिका–६ खिलतपुर स्थित पूर्वबाट पश्चिमतर्फ गईरहेको रा ४ प ७४६४ नम्बरको मोटरसाइकलले ४ बर्षिय बालिकालाई ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । मोटरसाईकलले पूर्णबहादुर ओलीको ४ बर्षिय बालिकालाई ठक्कर […]

Continue Reading