Friday, April 19, 2024
Homeमुख्य खबरदलितका घटनामा राजनैतिक प्रभाव शुन्य

दलितका घटनामा राजनैतिक प्रभाव शुन्य

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १५ असार । जातीय विभेदका कारण हुने घटनाका विषयलाई राजनीतिक दलहरुले चासो नदिएको दाङका दलित समुदायले बताएका छन् । देशका विभिन्न स्थानमा दलित समुदायको हत्या र अपमान भईरहदा राजनीतिक दलहरुले चासो नदिएको भन्दै दलित समुदायले दाङमा आधिकारिक धारणा माग गरेका छन् ।
रुकुम पश्चिम सोती घटना लगायत धनुषा र रुपन्देहीमा गरिएको हत्या तथा जातीय विभेदका विरुद्धको बहस कार्यक्रममा उनीहरुले सत्यतथ्यको माग गरेका छन् । दलित समुदायलाई राज्यले बेवास्ता गरेको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका छन् ।
दलित नागरिक समाज दाङ र संयुक्त दलित युवा अभियानले तुलसीपुरमा आयोजना गरेको बहस कार्यक्रममा सहभागीहरुले दलितका समस्या र मुद्दाहरु भाषणमा मात्र सीमित रहेको बताए ।
कार्यक्रममा दलित महिला निर्मला गुप्ताले राजा फाल्न सडकदेखि महलसम्म ताली बजाई दिन चाहिने दलित समुदायका युवाहरुको नरसंहार हुँदा राजनैतिक दलले कुनै वास्ता नगरेको बताईन् । अहिलेसम्म एउटा विज्ञप्तिसमेत लेख्न नसक्नु दुखद् भएको बताईन् ।
नेपाल दलित संघका केन्द्रीय सचिव देवीका नेपालीले राजनीतिक दलका भातृ संगठनहरुले गरेको आन्दोलनले पुग्ने भए माउ पार्टीको भूमिका कुनैपनि नभएको बताईन् । दलित समुदायलाई बाध्य गराई विद्रोहमा धकल्ने काम कसैले पनि गर्न नहुने उनको भनाई छ ।
दलितमाथि यति ठूलो बज्रपात हुँदा पनि राजनीतिक दलहरुले केही प्रतिक्रिया नदिदा आश्चर्य लागेको दलित अगुवा जोगेन्द्र विश्वकर्माले बताए । दलित समुदायलाई राजनीतिक दलहरुले संरक्षण गर्न नसक्दा अहिले रुकुम र जाजरकोट क्षेत्रका दलित समुदाय त्रासले बाँच्न बाध्य भएको उनको भनाई छ ।
कार्यक्रममा नेकपा दाङका सचिवालय सदस्य पदम केसीले सत्तामा रहेको पार्टी नेकपाका केही नेताहरुले सोती घटनामा सन्तोषजनक भूमिका नखेलेको बताए ।
उनले अब यो सवाल दलितको मात्र नभई सबै मानवको बनाएर जानुपर्ने आश्वासन दिए । तर पार्टीले कुनैपनि स्थानमा दलितमाथि भएको पछिल्लो घटनाका सम्बन्धमा कार्यक्रम नगरेको उनले स्वीकार गरे । आगामी दिनमा ऐक्यवद्धताका साथ गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्वर ३ का सभापति जगतबहादुर खड्काले सोती घटनामा सरकारले गर्न सक्ने त्रुटीलाई प्रतिपक्ष दलको हैसियतले नजिकबाट नियालिरहेको बताए ।
तर जिल्ला जिल्लाबाट राजनीतिक दलहरुले आन्दोलनलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै ऐक्यवद्ध भएर अगाडी बढनुको विकल्प नभएको बताए ।
जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मोहन वली, राप्रपाका जिल्ला अध्यक्ष हंशराज केसी, क्रान्तिकारी नेकपाका ईश्वरी गैरेलगायतले समुदायमा यस्ता घटना हुन नदिन सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने बताए ।
उनीहरुले जातीयता र लैंगिक विभेदका विरुद्ध मोर्चा बनाई अभियान चलाउनुपर्ने बताए । छुवाछुत तथा जातीय विभेदविरुद्ध थप जिम्मेवार हुनुपर्ने उनीहरुको भनाई छ । वर्तमान राज्य व्यवस्था अल्पसंख्यक दलित, पिछडा वर्ग लगायतको पक्षमा नभएको जिकिर गरे ।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले सोती हत्यालगायत देशका विभिन्न सवालमा राजनीतिक प्रभाव पार्न नहुने बताए । प्रभावका कारण पीडितले न्याय पाउन नसकेमा असन्तुष्टि हुने र त्यसलाई राज्यले समाल्न नसक्ने चेतावनी दिए ।
उच्च अदालत बार एसोसियसन तुलसीपुरका अध्यक्ष रविन्द्र शर्माले निष्पक्ष न्यायका लागि खबरदारी गरिरहनुपर्ने सुझाव दिएर पहिलो संकेत नै राम्रो देखिएन उनले भने– ‘दोषी भनिएकी केटीकी आमालाई एकलाख धरौटीमा रिहाई गर्ने आदेश भएको छ ।’
दलित नागरिक समाज दाङका संयोजक छवि परियारको अध्यक्षतामा भएको कार्यक्रममा दिनेश सेपाईली, हिमाल सेपाईली, ओमलाल विश्वकर्मा, नारायण परियार, सन्तोष परियार, सन्तोष चनारा, पोषण सेन्चुरी लगायतले राजनीतिक दललाई आन्दोलनमा ऐक्यवद्ध जनाउन आग्रह गरे ।
कार्यक्रममा संयुक्त दलित युवा अभियानका संयोजक खेमराज विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समाजका कोषाध्यक्ष निर्मला गुप्ताले धन्यवाद व्यक्त गरेकी थिइन् । कार्यक्रमको सहजीकरण दलित अधिकारकर्मी निर्मल नेपालीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here