Wednesday, September 11, 2024
Homeसमाजबृहत् सल्यान महोत्सव सुरू

बृहत् सल्यान महोत्सव सुरू

- Advertisement -spot_img

सल्यान, २८ पुस । सल्यानमा बिहीबारदेखि बृहत् सल्यान महोत्सव २०८० सुरू भएको छ । बिहीबार सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा उद्योग व्यापार, कृषि, पशु वन तथा सल्यानको शान, मौलिक कला संस्कृति संरक्षण प्रतिष्ठानको अभियान भन्ने मुल नाराका साथ सांस्कृतिक झाँकीहरूको ¥यालीसहित उद्घाटन भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजनामा सञ्चालन भएको महोत्सवको उद्घाटनको पहिलो दिन सल्यानका विभिन्न मौलिक नाचहरू पैसेरू, दमाहा नाचको झाँकी प्रदर्शनीसहित महोत्सवको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले महोत्सवले समग्र सल्यान र कर्णालीको कृषि, पशु तथा घरेलु उत्पादित बस्तुहरूको बजारिकरण र प्रचारप्रसारमा उल्लेखनीय भूमिका हुने बताए । उनले कला, संस्कृति र घरेलु उत्पादित वस्तुहरूको प्रवद्र्धन गर्न पनि सबैलाई आग्रह गरे ।

सल्यानमा कलाघर निर्माणका लागि महोत्सवको आयोजना गरिएको मेला व्यवस्थापक एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम नारायण विकले जानकारी दिए । यसका साथै लोपोन्मुख मौलिक कला संस्कृतिको प्रदर्शन गरी संरक्षण गर्ने, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने उनले जानकारी दिए । महोत्सव अवधिभर ५० लाख बराबरको कारोबार हुने र ३० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here