Sunday, April 21, 2024
Homeसमाजपशुपति महिला सहकारीको १६औं वार्षिकोत्सव

पशुपति महिला सहकारीको १६औं वार्षिकोत्सव

- Advertisement -spot_img

तुलसीपुर, २८ पुस । पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । बिहीबार तुलसीपुरमा एक कार्यक्रमका बीच अधिवेशन सम्पन्न भएको हो । संस्थाका अध्यक्ष यमुना शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह र जिल्ला सहकारी संस्थाका अध्यक्ष हेमराज गौतम, तुलसीपुर उद्योग वायिाज्य संघका वरिष्ठ उपाध्यक्ष ललितजंग शाह, अधिकारकर्मी शुष्मा गिरी, सहकारी शाखा तुलसीपुरका प्रमुख सुशीला केसी, तुलसीपुर चेम्बर अफकमर्शका अध्यक्ष टोपबहादुर घर्तीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्र कुमार शाहले स्थानीय तहले वार्षिक रूपमा सहकारी संस्थाको विकासका लागि रकम छुट्याएको भए पनि सहकारी सञ्चालकहरूले पाएको अधिकारसमेत लिन नसकेको बताए । पछिल्लो समय सहकारीबाट ऋण लिएर ब्याजको लोभमा गैर सदस्यहरूलाई लगानी गर्नेक्रम बढेकाले त्यसको अन्त्य हुनुपर्ने बताए । साथै उनले आफ्नो अधिकारले दिएसम्म सहकारी संस्थाहरूको विकासका लागि सहयोग गर्न तयार भएको बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले सहकारीको बारेमा राम्रोसँग नबुझेर कारोबार गर्दा धेरै बचतकर्ताको लगानी डुबेको बताएका थिए । पछिल्लो समय सहकारीमा जम्मा गरेको पैसा निकाल्न पाउँछु कि पाउँदैन भन्ने द्विविधा बचतकर्तामा परेको भन्दै सहकारी राम्रो बनाउन नीति, विधि र प्रविधिमा टेकेर अगाडि बढ्न सुझाव दिएका थिए ।

संस्थाका उपाध्यक्ष लक्ष्मी वलीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रभा खड्का, शुष्मा गिरी, सुनिता पाण्डे, ललितजंग शाह, सुशीला केसी, हेमराज गौतम, सावित्रा गुरूङ, नारायणी रजौरे, निर्मला गुप्ता, देवा बस्नेतलगायतले बोलेका थिए । कार्यक्रममा लेखा प्रतिवेदन सितारा नेपाली र आर्थिक प्रतिवेदन कोषध्यक्ष रेश्मी वलीले प्रस्तुत गरेकी थिइन् ।

६४८ सेयर सदस्य रहेको सहकारीमा बचत संकलन एक करोड ३८ लाख, २३ हजार, २६२ रूपैयाँ ६२ पैसा बचत रहेको कार्यक्रममा जानकारी गराइएको छ । उक्त कार्यक्रममा ज्येष्ठ नागरिक डण्डकुमारी ढकाल, हिरा बादी, पार्वती भुसाल, असल ऋणी गीता बादी, रूपा नेपाली, सेयर सदस्य बृद्धिकर्ता सिता निउरे, शारदा केसी र पुष्पा पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सुशीला भट्टराईले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here