Sunday, December 15, 2024
Homebreaking-newsचिसोले जनजीवन कष्टकर

चिसोले जनजीवन कष्टकर

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २७ पुस । दाङसहित देशभर बढेको चिसोले जनजीवन प्रभावित हुन थालेको छ । चिसोका कारण दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । दिउँसोको तुलनामा बिहान र साँझमा बढी चिसो हुने गरेको छ । तापक्रम क्रमिक रूपमा घट्दो छ । देशका धेरैजसो भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै गएकाले चिसोबाट जनजीवन प्रभावित हुन थालेको छ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेकाले पनि दिउँसोको तुलनामा साँझ बिहान बढी चिसो हुने गरेको छ । दाङमा पनि दिनप्रतिदिन तापक्रम घट्दो क्रममा छ । मंगलबार दाङको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार मापन गरिएको न्यूनतम तापक्रम यो वर्षकै कम हो । पछिल्लो समय तापक्रम निरन्तर घट्दो क्रममा रहेको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ ।

जिल्लामा बिहीबार ७ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको हो । तापक्रम घट्दै गएपछि चिसो हुन थालेको हो । पुसको अन्तिमतिर आउँदा चिसोको कारण जनजीवन प्रभावित हुन थालेको छ । चिसोले विषेशगरी दैनिक जीवनयापनमा कठिनाइ हुन थालेको छ । बढ्दै गएको चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकहरु बढी समस्यामा पर्ने गरेका छन् । चिसोका कारण उनीहरु बिरामी पर्न थालेका हुन् ।

अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत बिरामी चिसोका कारण समस्या लिएर आउने गरेको जनरल फिजिसियन डाक्टर जीत नारायण यादवले बताए । ‘चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ््दै गएका छन्’ उनले भने– ‘अस्पतालमा आउने कुल बिरामीमध्ये ३० प्रतिशत बिरामी चिसोकै कारण आउने गरेका छन् । चिसो बढेपछि ज्येष्ठ नागरिक तथा बालबालिका अस्पताल पुग्नेको संख्या बढ्न थालेको उनले बताए ।

सरकारी तथा निजी अस्पतालमा चिसोका कारण बिरामी भएर उपचार गर्न जाने बिरामीको संख्या बढ्न थालेको हो । चिसो मौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या भनेको फ्लू, रुघाखोकी, हाइपोथर्मिया, श्वासप्रश्वास, मुटु सम्बन्धी लगायतका समस्या देखापर्ने तुलसीपुर उपमहानगर–पालिका जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताए ।

‘सकेसम्म घर बाहिर नजाने र घरमा बस्दा पनि आगो ताप्ने तर सावधानीपूर्वक, न्यानो लुगा लगाउने, झोलिलो पदार्थ खाँदा चिसोबाट बच्न सकिन्छ’ उनले भने– ‘चिसोमा झ्याल ढोका सबै बन्द पारेर आगो ताप्ने चलन रहेको हुँदा यसो गर्न हुँदैन । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना बाहिर आउने गरेकाले सावधानी अपनाउन उनले आग्रह गरे ।

‘आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ’ उनले भने– ‘जाडोबाट बच्नका लागि न्यानो कपडा लगाउनुपर्छ । टोपी, मफलर, पञ्जा र मोजा लगाउन बिर्सनु हुँदैन । विशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ ।’ चिसोका कारण घर बाहिर निस्कन कठिन हुने गरेको ८० वर्षिय ज्येष्ठ नागरिक खेमकान्त अधिकारीले बताए ।

‘चिसोले घर बाहिर निस्कै मुस्किल परेको छ’ उनले भने– ‘चिसो बढेपछि हामी ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी समस्या बनाउने गरेको छ ।’ चिसो बढेपछि दैनिक ज्याला मजदुरी गर्ने वर्ग बढी समस्यामा परेको छ । घर बाहिरको काम गर्ने श्रमिकलाई चिसोले समस्या गरेको हो । चिसोले दैनिकरुपमा घर बाहिर काम गर्न समस्या हुने गरेको बिर बहादुर रेउलेले बताए ।

‘तुलसीपुरमा घर बनाउने काम गर्छु, पछिल्लो समय बढेको चिसोले घरबाहिर काम गर्न निकै कठिन हुने गरेको छ’ उनले भने– ‘के गर्नु चिसो बढेपनि काम त गर्नैपर्ने प¥यो ।’ चिसो बढेपनि दाङमा सरकारी तथा संस्थागत विद्यालय निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । विद्यालयले जाडो बिदा गर्ने सम्बन्धमा अहिलेसम्म निर्णय गरेका छैनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here