Tuesday, September 10, 2024
Homebreaking-newsकर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

- Advertisement -spot_img

तुलसीपुर, २७ पुस । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आपत्ति जनाएका छन् । बिहीबार सूचना जारी गरी उपमहानगरपालिकामा राजस्व व्यवस्थापन शाखाअन्तर्गत नदीजन्य पदार्थ चोरी निकासीको अनुगमनका लागि खटिएका कर्मचारी डिल्लीराज न्यौपानेमाथि कुटपिट गरेको कर्मचारीहरुले विज्ञप्तिमार्फत आपत्ती जनाएका छन् ।

बुधबार बेलुकी ९ बजेतिर तुलसीपुर–१८ हेमन्तपुर निवासी गोविन्द नेपालीसहितले कुटपिट गरेको भन्दै दोषीमाथि कारवाहीको माग गरिएको छ । ‘कार्यालयको गेटमा बोलाई नियोजित रुपमा कुटपिट गरी आक्रमण गर्ने र कर्मचारीको मनोबल गिराउने कार्य गरेकाले राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा एवं घोर भ्रत्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

कर्मचारी सुरक्षाको सुनिश्चित नभएमा थप आन्दोलनका कार्यक्रम जारी राख्नेसमेत कर्मचारीहरुले चेतावनी दिएका छन् । यसैबीच टेक्टर व्यवसायी र तुलसीपुर उपमहानगरपालिकाबीच जुहारी चलेको छ । अनधिकृतरुपमा घाटगद्दी गरिएका नदिजन्य पदार्थको नियन्त्रणमा ल्याउने नाममा व्यवसायीलाई दुःख दिएको टेक्टर व्यवसायीले आन्दोलन गरेपछि जुहारी चलेको छ ।

टेक्टर व्यवसायीले बिहीबार दिउँसो करिब तीन घण्टा तुलसीपुर उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका थिए । व्यवसायीले नदीजन्य पदार्थमा उत्खननमा उपमहानगरपालिकाका जनप्रतिनिधिले अनावश्यक दुःख दिएको भन्दै उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका थिए । जनप्रतिनिधिले खुलेआम टेक्टर व्यवसायीसँग कमिसन माग्ने गरेको उनीहरुको गुनासो छ ।

नीतिगत रुपमै रसिद काटेर व्यवसाय गर्दा पनि उपमहानगर–पालिकाले अनाहकमा दुःख दिएपछि गेटमै तालाबन्दी गर्नुपरेको टेक्टर व्यवसायी अशोक भण्डारीले बताए । गेटमा तालाबन्दी भएपछि कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका थिए । उनीहरुले कार्यालयअघि विरोध प्रदर्शन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here