दाङ, २७ पुस । जिल्ला सहकारी संघ दाङले ३१औं साधारणसभा गरेको छ । संघका अध्यक्ष हेमराज गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सहकारीको महत्व र अभियन्ताले गरेको काम तीनै तहका सरकारलाई देखाउन जरूरी रहेको प्रमुख अतिथि पोख्रेलले बताए ।
जिल्ला सहकारी संघको रिक्त तीनवटै पदमा सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता कुमारराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार महिला उपाध्यक्षमा सरस्वता घिमिरे गौतम, सचिवमा इन्द्रबहादुर बुढाथोकी र महिला सदस्यमा द्रोपता पौडेल सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सहकारी सचिव रूपबहादुर खत्री, घोराही उपमहानगर सहकारी रोजगार प्रवद्र्धन शाखा प्रमुख प्रेम केसी, नेपाल कृषि सहकारी केन्द्रीय संघका चिरञ्जीवी केसी, जिल्ला वचतका विमल अधिकारी, बहुउद्देश्यीय सहकारीका कृष्णप्रसाद गौतम, जिल्ला उपभोक्ता सहकारीका नारदमणि पोख्रेल, जिल्ला कृषि सहकारीका दलबहादुर घर्ती, राष्ट्रिय सहकारी बैंकका डिल्लीराज दाहाल, नेप्सकुनका विष्णु जोशी, कानुनी सल्लाहकार कुमारराज श्रेष्ठ र संघका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन महासचिव शुक्रराज भण्डारी, आर्थिक प्रतिवेदन सदस्य हरिप्रसाद पौडेलले र लेखा प्रतिवेदन संयोजक होमलाल भुसालले प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष माधव खनालको स्वागतबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव शुक्रराज भण्डारीले गरेका थिए ।