भालुवाङ, २७ पुस । राप्ती गाउँपालिका मसुरिया दाङको दोस्रो गाउँसभाको चौथो हिउँदे अधिवेशन बिहीबारदेखि सुरू भएको छ । हिउँदे अधिवेशनको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका छन् ।
अधिवेशनको अवसरमा सभाका सदस्यहरूले माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनीहरूले माघी पर्वले राप्ती गाउँपालिकाबासीहरूमा सुख, शान्ति एवं समृद्विको कामना गर्दै नयाँ जोस जागर पलावस् भन्ने कामना गरेका थिए ।
सो अवसरमा गाउँसभाका सदस्यहरू कमलापति चौधरी, गेमे खड्का, पहलवान चौधरी, उमेश अधिकारी, वीरबहादुर चौधरी, देवप्रसाद चौधरी, दिपककुमार चौधरी, सिताराम चौधरी, चन्द्रबहादुर गुरूङ, रिमबहादुर सुनारी, रोशन चौधरी, रञ्जना सुनाम, मनबहादुर पुन, शान्तराम चौधरी, भूपलाल थापा मगर, गीता चौधरी, सावित्री चौधरी, चम्फा पुन, ददि बराल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सभाको सञ्चालन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले गरेका छन् । मुख्यत आर्थिक ऐन २०८० को संशोधन तथा वडाबाट सिफारिस भएका योजनाहरूको संशोधन गर्ने कार्य सूचि रहेको अधिवेशन पुनः माघ १९ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको पालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिएका छन् ।