Thursday, February 13, 2025
Homeसमाजलालमटियामा छैठौं प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव सुरू

लालमटियामा छैठौं प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव सुरू

- Advertisement -spot_img

भालुवाङ २६ पुस । देउखुरीको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबारदेखि ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव सुुरू भएको छ । ‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा राप्ती गाउँपालिका वडा नं. २, लालमटियाको टुडिखेलमा महोत्सव सुरू भएको हो ।

संघका अध्यक्ष तथा महोत्सव मुल समितिका संयोजक सुरज खड्काको अध्यक्षता एवं लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री सरोज थापा (रोज राना) को प्रमुख आतिथ्यतामा महोत्सव सुरू भएको हो । महोत्सवलाई मन्त्री थापाले गरेका छन् । महोत्सव उद्घाटन गर्दै मन्त्री थापाले महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यापर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

त्यस्तै उनले आफू मन्त्री भएपछि पहिलो काम यातायात क्षेत्रमा देखिएको विकृति रोक्ने बताएका छन् । यातायात क्षेत्रमा थुप्रै समस्या छन् त्यसको समाधान आफूले गर्ने बताए । त्यस्तै लाइसेन्स लिन पनि संघीय सरकार बाधक बनेकोले अब लाइसेन्स बनाउने काम प्रदेश सरकार मातहतमा ल्याउन पहल गर्ने उनले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरू भएको महोत्सव उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद इन्द्रजित थारू, संविधान सभा सदस्य रेश्मीराज नेपाली, नेपाली कांग्रेसका दोर्ण भुसाल, नेकपा एमालेका नेता धर्मराज अधिकारी, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका सचिव बसन्त नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिका सभापति दोर्ण जिसी, नेकपा एकीकृत समाजवादीका मुकुन्द रोका, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शम्शेर मियाँ, राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, लुम्बिनी प्रदेश जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरी, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न जातजाति तथा समुदायको दुई दर्जन बढी झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए । महोत्सवमा हाल एक सयवटा स्टलहरू निर्माण भएका छन् । महोत्सवमा २० वटा स्टलमा कृषि, हस्तकला र स्वास्थ्यको स्टल रहेका छन् । महोत्सव अवधिभर करिब चार लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र सात करोड बराबरको कारोवार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए ।

स्थानीय उत्पादित वस्तुहरूको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उद्देश्य रहेको छ । संघको भवन निर्माण तथा विपद् व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्यसहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाभित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ ।

महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषिसमेतको विकास र विस्तार गर्नका लागि स्थानीयस्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिने भएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यानलगायतका मनोरञ्जन रहेका छन् । विभिन्न खालका प्रतियोगिताहरूको प्रतिस्पर्धासमेत गराईने छ संघले जनाएको छ ।

महोत्सव अवधिभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रूपैयाँ, विद्यार्थीका लागि परिचयपत्रका आधारमा ७० रूपैयाँ र ज्येष्ठ नागरिक तथा अपाङ्गतालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर न्यू डान्स क्रेशनको साथै ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको प्रस्तुति रहनुको साथै महोत्सव अवधिभर राप्ती स्लो डान्स आइडल हुनेछ । जसमा प्रथम हुनेलाई नगद २० हजार, दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्थासमेत गरिएको संयोजक खड्काले जानकारी दिए ।

यसैबीच देउखुरीको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबारदेखि सुरू भएको ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा पुस २७ गते चर्चित गायक तथा मोडेल सन्दिप न्यौपाने, गायिका अनु राना मगरलगायतका कलाकार आउन लागेको महोत्सवका व्यवस्थापक एसके शर्माले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here