Sunday, April 21, 2024
Homeसम्पादकीयखानेपानीको व्यवस्थापन गर

खानेपानीको व्यवस्थापन गर

- Advertisement -spot_img

सम्पादकीय
तुलसीपुरमा जनसंख्या बृद्धिदर निरन्तर बढिरहेको छ । बजारको जनघनत्व बढ्दै जाँदा खानेपानीको सहज व्यवस्थापनमा चुनौती पनि थपिदै गएको छ । अहिले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले करिब ११ हजार धारामा पानी उपलब्ध गराईरहेको छ । तर माग करिब २ हजार ५ सय बढी धाराको छ । धाराको माग संख्या बढ्दै जाने देखिएको छ । यसैलाई परिपूर्ति गर्नका लागि अहिले तुलसीपुरमा बबईको पानी लिफ्टिङ गरेर ल्याउन थालिएको छ ।

विस २०८२ सालमा आयोजनाको काम पुरा गर्ने गरी काम भइरहेको छ । खानेपानीको दीर्घकालिन समाधान नभए पनि करिब १५ वर्षपछि सम्मलाई माग धान्ने गरी बबईको पानी लिफ्टिङ गरेर ल्याउन लागिएका हो । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानीको आयोजनाको काम भइरहेको छ ।

बबईको पानी वैकल्पिक स्रोत हो । अहिले तुलसीपुरको बजारमा पानीको माग धान्नका लागि मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठवटा ग्राभेटी मुहान छन् । त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।

यि स्रोतहरु भएपनि पानीको माग बढ्दै गएकाले पनि वैकल्पिक स्रोतको व्यवस्थापन काम गर्न लागिएको हो । उपभोक्ताको धारामा सहजरुपमा पानी जानका लागि बबईको पानी लिफ्टिङ हुन लागेको हो । यसले उपभोक्तालाई ठूलो आशावादी बनाएको छ । पानी हाहाकारको स्थिति आउन नदिनका लागि खानेपानी संस्थाले थालेको पहल पनि सह्रानीय छ ।

उपभोक्ताले सहजरुपमा पानी पाउनका लागि निर्माणकै चरणमा रहेको कामले तोकिएकै समयमा पूर्णता पाउनेमा उपभोक्ता आशावादी छन् । सोहि बमोजिम काम पनि अघि बढ्नु पर्छ । आयोजना सम्पन्न भएपश्चात् करिब पाँच हजार बढी धारामा पानी थप वितरण हुनेछ । यसले बढ्दो पानीको मागलाई थोरै पनि राहत दिनेछ ।

बढ्दो जनसंख्यालाई सहजरुपमा पानी व्यवस्थापन गर्नका लागि भइरहेका कामले पूर्णता पाउनुपर्छ । आगामी दिनमा तुलसीपुरमा खानेपानीको आपूर्तिमा सहता ल्याउन बबईको लिफ्टिङले महत्वपूर्ण भूमिका खेल्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here