Sunday, May 5, 2024
Homeसमाजविद्यार्थीलाई उत्पादनसँग जोड्नुपर्छः शर्मा

विद्यार्थीलाई उत्पादनसँग जोड्नुपर्छः शर्मा

- Advertisement -spot_img

तुलसीपुर, २६ पुस । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राध्यापक डा. डिल्लीराज शर्माले विद्यार्थीहरूलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताएका छन् । कलेजहरूले विद्यार्थीलाई उत्पादनसँग जोड्न नसक्दा विदेश पलायनको अवस्था सिजना भएको उनको भनाइ थियो ।

तुलसीपुर मेट्रो कलेजमा आयोजना गरिएको उद्यमशीलता सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले दक्ष जनशक्तिहरूलाई रोजगारसँग जोड्ने नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । ‘सरकारले पनि ठूलो आकारका जनशक्तिहरूले रोजगार पाउने खालका उद्योगहरूको स्थापनामा ध्यान दिनुपर्ने देखिन्छ’ उनले भने । विद्यार्थीहरूले नेपालमा उचित अवसर नपाएर विदेश गएको बताउँदै उनले अवसर सिर्जनाका लागि सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका बोल्दै कलेजका अध्यक्ष एवं तुलसीपुर उपमहानगर–पालिकाका नगरप्रमुख टीकाराम खड्काले प्राविधिक शिक्षाका माध्यमबाट युवाहरूलाई स्वरोजगार बनाउनका लागि कलेजको स्थापना गरिएको कुरामा जोड दिए । ‘हामीले सबै खालका तालिमहरू पनि यहाँ सञ्चालन गरिरहेका छौ’ उनले भने ।

सो अवसरमा ह्याङ्दोङ ग्लोबल युनिभर्सिटी कोरियाका प्राध्यापक सु वाई चाङले सीप र रोजगारीलाई सँगसँगै लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले विद्यार्थी र युवाहरूलाई व्यवसायमा लगाउनका लागि इन्क्युबेसन सेन्टर स्थापनाको आवश्यकता रहेको बताए ।

तुलसीपुर मेट्रो कलेज, ह्याङ्दोङ ग्लोबल युनिभर्सिटी कोरिया र त्रिभुवन विश्वविद्यालयको साझेदारीमा युवाहरूलाई व्यवसाय प्रवद्र्धनसम्बन्धी दुई दिनसम्म आयोजना गरिएको गोष्ठीको समापन कार्यक्रमको अध्यक्षता कलेज प्रमुख बसन्त आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here