Wednesday, May 1, 2024
Homeमुख्य खबरएसईई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनुपर्ने

एसईई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनुपर्ने

- Advertisement -spot_img

दाङ, २६ पुस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई चैत पहिलो साता सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने जानकारी दिएका हुन् ।
‘चैत्रको पहिलो साता परीक्षा हुन्छ । माघको पहिलो साता रूटिन निकाल्छौ’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बुधबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष शर्माले भने– ‘बोर्डले तयार गरेको प्रश्नपत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेशस्तरबाट हुनेछ ।’

अध्यक्ष शर्माले विद्यालय शिक्षा विधेयकमा संसदमा छलफल कै क्रममा रहेकाले विधेयक पारित हुन समय लाग्ने भएकाले कम्तिमा यसपटक विधेयकमा रहेको प्रावधान लागू नहुने भएकाले चैतको पहिलो साता एसईई सञ्चालन हुने कुरामा ढुक्क हुन आग्रह गरे ।

भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पठनपाठन भइरहेकाले एसईई प्रभावित नहुने पनि बताए । भवन भत्किएका विद्यालयको केन्द्र नजिकैको अर्को विद्यालयमा कायम गरी परीक्षा सञ्चालन गर्ने उनको भनाइ छ । यसअघि ग्रेडिङ प्रणाली रहेकोमा यस वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान लागू गरिने परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्षको परीक्षाका लागि चार लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेको जानकारी दिए । उनका अनुसार खुला विद्यालयतर्फका विद्यार्थीको संख्या यकिन हुन सकेको छैन । तीमध्ये दुई लाख ४६ हजार चार पुरूष र दुई लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका थिए ।

यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । यसले एसईई पूरा नभएको जनाउँछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here