Saturday, March 15, 2025
Homeसमाजशिक्षा समिति बैठक

शिक्षा समिति बैठक

- Advertisement -spot_img

सल्यान, २६ पुस । सल्यान बनगाड कुपिण्डे नगरपालिकाको शिक्षा समिति बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सोमबार बसेको नगर शिक्षा समितिको बैठकले ७ नं. वडा अध्यक्ष तथा सामाजिक विकास समिति सयोजक जीवन सिंह ठकुरीको सयोजकत्वमा विद्यालय मिलान, दरबन्दी मिलान, आवश्यकता अनुसार दरवन्दी थपघट गर्नेलगायत काम गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ ।

जसमा सदस्यहरू बसन्त शर्मा, नोखराज विएम, सुरेन्द्र खड्का र चक्रबहादुर रावत रहेका छन् । उक्त कार्यदलले फागुन १५ गतेभित्र सबै काम सकेर शिक्षा समितिलाई प्रतिवेदन बुझाउने निर्णय गरिएको संयोजक जीवन सिंह ठकुरीले बताए । साथै माघ १४ देखि १६ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू गर्नेसमेत निर्णय गरिएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका छोराछोरीलाई रित पु¥याई निवेदन दिएकालाई छात्रवृत्ति दिनेसमेत निर्णय गरिएको छ । नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष कर्णबहादुर बुढाथोकीले बताए । विगतमा जिल्ला रहदा पनि बनगाड कुपिण्डे नगरपालिकामा धेरै मिहिनेत गरेर स्थापना गरिएका विद्यालयहरूलाई थप टिकाइ राख्न शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न मेरो ठूलो भुमिका रहेको छ त्यसलाई अहिले थप व्यवस्थित गर्न आफ्नो पहिलो एजेण्डा भएको र गुणस्तरीय शिक्षा बनाउनको लागि आफू लागि परेकोसमेत बुढाथोकीले बताए ।

पाठ्यक्रम निर्माणदेखि शैक्षिक कार्ययोजनासमेत बनाएको र अब विद्यालयहरू अनुगमन गरेर मर्ज, दरबन्दी मिलान, दरबन्दी आवश्यकता अनुसार कुनै ठाउँमा थप र घट गरेर शिक्षामा सुधार गर्नेसमेत उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here