Sunday, April 28, 2024
Homeसम्पादकीयसमयमै नियमन गर

समयमै नियमन गर

- Advertisement -spot_img

सम्पादकीय
लघुवित्त विपन्न नागरिकका लागि आर्थिक सहायताको आधार बनेका छन् । आर्थिकोपार्जनका लागि लघुवित्तबाट कर्जा लिने प्रायजसो धेरै छन् । धेरै नागरिकले अहिले पनि कर्जाको किस्ता बुझाईरहेका छन् । आमनागरिकको कर्जाको सारथी लघुवित्त बनेपनि केही लघुवित्तको बेथिति ज्यादै छ । कुनै बेलाको साहु महाजनजस्तै लघुवित्तले गरिबमाथि अन्याय गरिरहेका छन् । सबै लघुवित्तमा बेथिति छ भन्ने पनि होइन् । तर केही लघुवित्तले गरेको बेथिति निकै आक्रोसपूर्ण छ । तुलसीपुरमा कार्यक्षेत्र रहेको सुपर लघुवित्तले गरिबीमाथि अन्यायमात्रै गरेको छैन् । सोझोपनको फाइदासमेत लुटेको छ । शान्तिनगरका एक दम्पतीको जग्गासमेत बिक्री गरेको कुरा ज्यादै निन्दनीय छ ।

सुपर लघुवित्तले गरिबमाथि गरेको अन्याय उदाहरण मात्रै हो । अरू लघुवित्तमा पनि ज्यादै बेथिति छ । लघुवित्तको नीति, विधि ठीक भएपनि सञ्चालक व्यक्तिको नियत खराब हुँदा आमसर्वसाधारण नागरिकमाथि अन्याय भएको छ । लघुवित्तको बेथितिविरूद्ध देशव्यापीरूपमा पनि विरोध हुने गरेको छ । नियामक निकायले समयमै ध्यान नदिँदा आमनागरिकले सास्ती पाउने गरेका छन् । लघुवित्त आर्थिक सहायताको आधार भएपनि गरिबमाथि अन्याय बेथिति हो । यसको समस्या पछिल्लो समय विभिन्न ठाउँमा देखिन थालेको छ । नागरिकले कर्जामात्रै लिएका छैनन् । लघुवित्तमा बचत पनि गरेका छन् । त्यो बचत पनि सहजै फिर्ता पाउन सक्ने अवस्था छैन् । नागरिकले गरेको बचत विभिन्न बहानामा रोक्ने गरिएको छ । यसकारण पनि लघुवित्तप्रतिको वितृष्णा बढिरहेको छ ।

लघुवित्तको बेथिति रोक्नका लागि नियामक निकायले समयमै ध्यान दिनुपर्छ । समय–समयमा हुने अनुगमनले पनि आमनागरिकले राहत पाउन सक्छन् । समस्या परिसकेपछि भन्दा समस्या आउनै नदिनका लागि सचेत हुनुपर्छ । आमनागरिक पनि लघुवित्तमा ऋण पाइयो भनेर बुझ्दै नबुझी कर्जा लिने गर्नुहुँदैन् । कुनै पनि लघुवित्तबाट कर्जा लिँदा या बचत गर्दा, समूहमा बस्दा सचेत हुनुपर्छ । मुख्य व्यक्तिको गलत नियतका कारण अनाहकमा दुःख पाउने हुनसक्छ । त्यसका सञ्चालकको अवस्थाको बारेमा पनि बुझेर लघुवित्तमा लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here