Monday, September 9, 2024
Homebreaking-newsसमूहबाटै आर्थिक रूपमा सवल बन्दै महिला

समूहबाटै आर्थिक रूपमा सवल बन्दै महिला

- Advertisement -spot_img

निता चौधरी
तुलसीपुर, २५ पुस । महिला समूहमा आवद्ध भएपछि औपचारिक शिक्षामा निरक्षर भएपनि व्यवहारिक कुरामा साक्षर बन्ने अवसर पाएको महिलाहरूले बताएका छन् । सधै चुलोचौका र घरायसी काममा मात्रै सीमित रहने महिलाहरू गाउँ–गाउँमा सीड संस्था पुगेपछि आफूहरूको क्षमता विकास सँगै आर्थिक, सामाजिक, व्यावसायिक पक्षमा अगाडि बढ्ने अवसर मिलेको उनीहरूले बताएका हुन् । समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको २२औँ वार्षिक साधारणसभामा बोल्ने महिलाहरूले यस्तो बताएका छन् ।

समूहमै आवद्ध भएर उनीहरूको नेतृत्वसँगै आर्थिक रूपमा आयआर्जन गर्न थालेपछि अहिले आत्मनिर्भर बनेको उनीहरूको भनाइ छ । आर्थिक रूपमा स्वयम् आफू नै सक्षम हुन थालेपछि परनिर्भर पर्ने अवस्थासमेत अहिले कम हुँदै गएको बताएका छन् । सीड संस्थाले संचालन गरेको महिला समूहमा आवद्ध भएका महिलाहरूको जीवन परिवर्तन भएकोसमेत दावी गरेका थिए ।

उनीहरू बाख्रापालन, भैँसीपालन, बंगुरपालन, कटाई सिलाईबाट आम्दानी गरिरहेको बताएका थिए । यस्तै पैसाको लोभमा विदेश जाने र अङ्गभङ्ग भएर आएका व्यक्तिहरूलाई सीड संस्थाले सञ्चालन गरेका परियोजनामार्फतका समूहमा बसेर जीवनलाई सार्थक बनाउन पाएको उनीहरूको भनाइ छ ।

सीड संस्थाले स्थानिय महिला तथा बालबालिकाको आर्थिक सशक्तिकररणद्वारा दिगो जीविकोपार्जन कार्यक्रम, बालविवाह तथा लैंगिक हिंसा अन्त्य अभियान कार्यक्रम, कृषि तथा पशु उद्यमशील कार्यक्रमलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । दाङका तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गरी चारवटा स्थानीीय तहमा दुई सयभन्दा धेरै समूह गठन गरी महिलाहरूको आर्थिक, सामाजिक सशक्तिकरणका कार्यक्रममा समावेश गरी काम गरिरहेको संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले बताए ।

समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बालअधिकारकर्मी तथा नवजागरण महिला तथा बालसंरक्षण केन्द्र (न्यूसिपिसी) का अध्यक्ष नवराज लामिछाने, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, प्रमुख प्रशासकीय अधिकृत भीष्म मल्ल, शान्तिनगर–४ बुढाडाबर युवा क्लवका अध्यक्ष रोशण चौधरी, शान्तिनगर–२ जनशक्ति समूहका अध्यक्ष भगवती पौडेल, दंगीशरणको शान्ति महिला समूहका अध्यक्ष गंगा पौडेल, ठाँठीपौवा छलफल महिला समूहका अध्यक्ष पार्वती कँडेल, युवा सञ्जाल तुलसीपुर तथा सहायता केन्द्र नेपालका सचिव मुना विकलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका प्रगति तथा आर्थिक प्रतिवेदन प्रततुत गरिएको थियो भने संस्थामा आबद्ध रहेर योगदान पु¥याएका कर्मचारी तथा समूहहरूलाई सम्मान पनि गरिएको थियो । संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम निर्देशक उमेश खरेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here