Wednesday, September 4, 2024
Homebreaking-newsसुपर लघुवित्तको ठगी धन्दा, धितो राखेको जग्गा बिक्री

सुपर लघुवित्तको ठगी धन्दा, धितो राखेको जग्गा बिक्री

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २५ पुस । कुनै समय साहु महाजनबाट पीडित हुने गरिब, विपन्न वर्ग पछिल्लो समय लघुवित्तबाट पीडित हुन थालेका घटना बाहिर आउनु नौलो घटना भने होइन् । अतिमात्रै होइन अत्याचार भएपछि लघुवित्तविरूद्धको आन्दोलन देशव्यापी रूपमा चर्र्किएको पनि देखेकै छौँ ।

तर यो पनि भ्रममा नपरोस् कि, सबै लघुवित्त नियमभन्दा बाहिर गएर सञ्चालित छन् भन्ने होइन्, तर कतिपय लघुवित्तले गरिबमाथि अत्याचार गरिरहेका छन् । हो दाङमा यस्तै भएको छ । घटनाको सबै वास्तविकता थाहा पाउँदा जसलाई पनि लाग्छ, यस्तो पनि हुन्छ र ? ऋण लिँदा दायाँबायाँ छाप लगाउँदै गर्दा नपढेर अथवा नबुझेर छाप लगाउँदा एक दम्पतीको उठिबास लागेको छ ।

यस्तै अन्याय भएको छ, दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ चिलहरिया निवासी कलि विक र भिमे कामी दम्पतिमाथि । सुपर लघुवित्तले ति वृद्ध दम्पती निरक्षर र सोझो भएको फाइदा उठाउँदै अत्याचार गरेको छ ।
घटना यस्तो छ

कलि विकलाई घरखर्च चलाउनै समस्या भएपछि सात वर्षअघि २०७३ साल साउनको पहिलो सातातिर सुपर लघुवित्तबाट ऋण लिने निधो गरिन् । लघुवित्तका कर्मचारीले तीन लाख ठूलो रकम धितो राखेर मात्रै पाउन सकिने बताएपछि उनीसँग अरू विकल्प पनि थिएन । लघुवित्तले पनि उनलाई जग्गा धितो राखेर तीन लाख ऋण दिने सहमति जनाएपछि जग्गाको सबै कागजात लघुवित्तको कर्मचारीलाई बुझाईन् ।

२०७३ साल साउन ११ गते । कली विक र भिमे कामीलाई मालपोत कार्यालय तुलसीपुरमा जग्गा रोक्का हो भन्दै लुघुवित्तका कर्मचारीले दायाँबायाँ छाप लगाउन लगाए । होला भन्दै उनीहरूले छाप लगाए । त्यसको भोलिपल्ट साउन १२ गते सुपर लघुवित्तको कार्यालयमा बोलाइयो । कार्यालयमा पुगेपछि एकजनाको नाममा मात्रै लिन मिल्दैन भनेपछि दुवैजनाले १ लाख ५० हजारका दरले कर्जा पाउने उल्लेख भयो ।

तर लघुवित्तले दुबैजनाबाट ५० हजार काटेर २ लाख ५० हजार मात्रै कर्जा दियो । यतिसम्म पनि दुवैजनालाई ठिकै थियो । किनकी समस्याले घचेट्दै ल्याएको अवस्थामा बृद्ध दम्पतीले २ लाख ५० हजार कर्जा पाउनु पनि ठूलो सहयोग भएको ठाने । अनि लघुवित्तबाट कर्जा लिए । कर्जाको मासिक करिब ७ हजार किस्ता बुझाउनुपथ्र्यो ।

अनि वृद्ध दम्पतीले जसोतसो कर्जाको किस्ता बुझाईरहे । कर्जा बुझाउन सहज थिएन । तर पनि निरन्तर जसोतसो रकम बुझाइरहे । उनीहरूलाई २०७६ सालतिर सहकारीबाट मल ल्याउन जग्गाको कागजात चाहियो । अनि सहकारीमा भएको लालपुर्जा बुझाउँदा थाहा भयो कि, जग्गा त तीन वर्षअघि नै बिक्री भइसकेको रहेछ । आफूसँग भएको ३ कट्ठा १३ धुर जग्गा प्रदेश चौधरीको नाममा पास भएको देखेपछि बृद्ध दम्पतिलाई छाँगाबाट खसेभन्दा बढी भयो ।

ऋण लिन खोज्दा जग्गा नै बिक्री भइसकेको रहेछ । सोझोपनको फाइदा उठाउँदै सुपर लघुवित्तले बृद्ध दम्पतीको जग्गा नै बिक्री गरेपछि उनीहरू अहिले न्यायका लागि निरन्तर धाइरहेका छन् । घरखर्च नै कसरी धान्ने समस्यामा रहेको बृद्ध दम्पतीलाई मुद्दा ममिला गर्न सहज पनि छैन् । भएको जग्गा अर्कैको नाममा भएपछि बृद्ध दम्पती समस्यामा छन् । कर्जाको किस्ता सकिनै लाग्दा जग्गा नै सकिएको थाहा पाएपछि बृद्ध दम्पती समस्यामा छन् । प्रदेश चौधरी तत्कालिन सञ्चालक ज्योति चौधरीका आफन्त नातेदार हुन् ।

सुपर लघुवित्तलाई राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेको थियो । कानुन व्यवसायी भागवत रेग्मीले सुपर लघुवित्तले धेरैलाई पीीडित बनाएको बताए । ‘कर्मचारीलाई समेत ३४ करोडको हिनामिना गरेको आरोप लगाएर तत्कालिन समयका सञ्चालक फरार रहेका छन्’ उनले भने– ‘अहिले राष्ट्र बैंकले आफ्नो मातहतमा लिइसकेको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here