Tuesday, May 14, 2024
Homeसमाजयोगा हल भवनको शिलान्यास

योगा हल भवनको शिलान्यास

- Advertisement -spot_img

तुलसीपुर, २४ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ को बनकट्टीमा योगाहल भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले गरेका हुन् । नगर प्रमुख खड्काले भवनको शिलान्यास गर्दैै योगाहल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । प्रमुख खड्काले निर्माण समितिलाई काम सुरु गर्न आग्रह गरेका छन् । उनले पालिकाले आर्थिक सहयोग गर्न तयार रहेको बताए । पालिकाले यो वर्ष नभए अर्को वर्षमा बजेट दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता तथा तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीले पालिकाले जतिसक्यो छिटो बजेट निकासा गर्ने बताए । कार्यक्रममा १७ नम्बर वडाका सदस्य शशीधर पौडेलले यो विषयमा वडामा कुरा राख्ने बताए । यस्तै पतञ्जली नगर योग समितिका सदस्य लोकेन्द्र बहादुर बैरागीले पतञ्जली समितिबाट सभाहल निर्माणको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

योगाहल निर्माणको लागि स्थानियले चन्दा संकलन गरेको सल्लाहाकार परि पौडेलले बताए । उनका अनुसार अहिलेसम्म स्थानियको सहयोगमा साढे चार लाख रकम संकलन भएको छ । योगाको लागि सभाहल नहुँदा बनकट्टाका स्थानियहरु बिजौरी जानुु परेको उनले बताए । उनले अब योगाहल निर्माण भएपछि स्थानीयलाई सहज हुने बताए ।

योगाहल भवन निर्माण समितिका अध्यक्ष मिनराज पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । योगाहल समितिका सल्लाहाकार बद्रि प्रसाद गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सल्लाहाकार लोक बहादुर वलीले गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here