Thursday, May 16, 2024
Homeसमाजसामुदायिक सुरक्षालाई अभिवृद्धि गर्नुपर्नेमा जोड

सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्नुपर्नेमा जोड

- Advertisement -spot_img

सल्यान, २४ पुस । सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्नका लागि नेपाल प्रहरी, स्थानीय तह र समुदायका बीचमा प्रभावकारी साझेदारी हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिकामा आइतबार आयोजित समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत नागरिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

भोटेचौरस्थित गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले शान्ति सुरक्षा कायम राख्न स्थानीय सरकारबाट प्रहरीसँग सहकार्य र सहयोग रहने बताए । अपराध रोकथाम, सामाजिक विकृति विसंगतिविरूद्ध जनचेतना फैलाउन र सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारीलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले लागूऔषध दुव्र्यसनी निकै हानिकारक रहेको भन्दै यसको नियन्त्रणसँगै समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न र कुरिति तथा विसंगतिहरूलाई चिर्न नागरिकको भूमिका महत्वपूर्ण रहने बताए ।

छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्धकुमारी खत्री, गाउँपालिकाका प्रथम अध्यक्ष सन्तोष केसीलगायतले बोल्दै भौगोलिक जटिलताको कारण सुरक्षा चुनौती पनि थपिने भएकाले त्यसलाई मध्यनजर गर्दै प्रहरीको उपस्थिति नभएका वडाहरूमा प्रहरी युनिट स्थापना गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवीन कार्कीले सल्यानमा ३५ वटा प्रहरी युनिट रहेकोमा नौवटा युनिटको मात्रै आफ्नै भवन रहेको भन्दै जग्गा प्राप्तिसँगै भौतिक पूर्वाधार निर्माणमा सबैको सहयोगको अपेक्षा गरे ।
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारीको अवधारणाबमोजिम प्रहरीसँग हातेमालो गर्दै आवश्यक सूचना दिन तथा गलत प्रवृत्ति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकसमक्ष अनुरोध गरे ।

प्रविधिलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने भन्दै उनले मुख्य–मुख्य क्षेत्रमा सिसी क्यामेरा व्यवस्था गर्न स्थानीय सरकारसमक्ष अनुरोध गरे । नागरिक सुनुवाईमा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, ६ का वडा अध्यक्ष टिकाराम बुढा, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरीता चलाउने, सहसचिव बुद्धि पुन, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समूहका प्रतिनिधिहरूले प्रहरी सेवालाई भरपर्दो र विश्वासिलो बनाउन विभिन्न सुझाव दिए ।

छत्रेश्वरी गाउँपालिकाका माध्यमिक विद्यालयहरूमा प्रहरीले लगत्तै सचेतनाका कार्यक्रम सञ्चालन गर्ने तयारी भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख रेशम पौडेलले जानकारी दिए । सल्यानका प्रमुख अनुसन्धान अधिकृत सन्जीव कुमार चौधरी, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरूप्रसाद योगी, जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रतिनिधि, क्लव, संघसंस्था, निर्माण व्यवसायी, यातायात व्यवसायी, वन समूह, महिला समूह तथा समाजसेवीलगायतको पनि कार्यक्रममा सहभागिता थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here