Monday, September 9, 2024
Homebreaking-newsबढ्दै हत्याको घटना, तीन वर्षमा ५३ जनाको हत्या

बढ्दै हत्याको घटना, तीन वर्षमा ५३ जनाको हत्या

- Advertisement -spot_img

सरीता चौधरी
दाङ, २३ पुस । गत असोज ७ गते शनिबार दिउँसो सवा दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा भगवती टोलका ४२ वर्षिय रीता लामिछानेको हत्या भयोे । घटनाबाट गाउँकै दुई आमाछोरा घाइते भएका थिए । बेलटाकुराको भगवती टोलका करिव ३९ वर्षिय टेक बहादुर हमालले अचानक खकुरी प्रहार गरेर रीताकै घर अगाडि विभत्सरूपमा हत्या गरेका थिए । घरको पेटीमा बसेर बत्ती काटिरहेकी लामिछानेलाई अचानक आएका हमालले एक्कासी घाँटीमा खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भयोे ।

घटना हुने समयमा मृतकका श्रीमान घाँस काट्न गएका थिए । लामिछाने घरकै पेटीमा बसेर बत्ती काटिरहेको समयमा हमाल रगतसहितको खुकुरी लिएर आएका थिए । रगतसहितको खुकुरी देखेर लामिछाने भाग्ने भन्दा पनि ति व्यक्तिलाई सम्झाउन खोज्दा खुकरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई घरभित्र लुकिछिपि बसेको अवस्थामा खुकुरीसहित प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो । हमालले अहिले कर्तब्य ज्यानसम्बन्धी मुद्दामा जेल सजाय भोगिराखेका छन् ।

गतववर्ष २०७९ साल माघ २३ गते घोराही उपमहानगरपालिका वडा नम्बर १९ मलार दुईखोली बस्दै आएकी श्रीमती ४४ वर्षीया गोबिना बुढाथोकीको श्रीमानले नै हत्या गरे । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ६ गम्चालका कृतिमान बुढाथोकीले श्रीमती गोबिनाको कुटपित गरी हत्या गरेका थिए । २१ गते राती श्रीमतीलाई कुटपिट गरि उनले हत्या गरेका थिए । तर गोबिना एक्कासी मुटु दुखेर बिरामी परेको र उपचारका लागि घोराही ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको भनेर उनले दुईखोली प्रहरीलाई झुटो विवरण दिएका थिए ।

प्रहरीले घटना शंकास्पद देखिएपछि मृतकका श्रीमानलाई तत्काल पक्राउ गरेको थियोे । उनलाई पक्राउ गरेर आवश्यक सोधपुछ गर्दा आफैले राती हत्या गरेको स्वीकार गरेका थिए । यस्तै २०७८ साल फागुन ५ गते घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानी गाउँका ५५ वर्षिय इन्द्रकुमारी घर्तीको आफ्नै बुहारीले हत्या गरेकी थिइन् ।

मृतक घर्तीकै बुहारी २३ वर्षिय बसन्ती घर्ती र २२ वर्षिय दुर्गा घर्तीले घर नजिकै न्वारन खान गई घर फर्कर्ने क्रममा सासूलाई टाउकोमा मुंग्रो प्रहार गरी हत्या गरेका थिए । मुंग्रो प्रहारबाट गम्भीर घाइते घर्तीलाई ढिकबाट खसालेर हत्या गरेको उनीहरूले प्रहरीलाई बयान दिएका थिए ।

यस्तै २०७८ साल फागुन ४ गते दाङमा आफ्नै बुबाको घाँटी रेटेर हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ ग¥यो । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बेलडाँडा निवासी २० वर्षिय गोपाल पुनमगरले आफ्नै बुबा ६३ वर्षिय कणर्बहादुर पुनको घाँटी रेटेर हत्या गरेका थिए ।

पानीको गाग्री बोकेर घर आएका बुबामाथि पुनले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर पुनलाई नियन्त्रणमा लिएको थियो ।

यी चारवटा घटना त प्रतिनिधिमूलक पात्र मात्रै हुन् । हत्याका घटनाहरू दाङमा बढ्दो अबस्थामा रहेको पाइएको छ । आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म दाङमा ५३ जनाको हत्या भएको छ । प्रहरीको तथ्याङ्कअनुसार पुस २० गतेसम्म दाङमा ५३ जनाको हत्या भएको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१ को पुस २० गतेसम्म आठजनाको हत्या भएको छ । जसमा धारिलो हतियारको प्रयोगबाट दुई, गोली प्रहारबाट दुई, कुटपिटबाट दुई र अन्य दुई गरी आठजनाको हत्या भएको छ । हत्यामा संलग्न १४ जना प्रतिवादी पक्राउ परेका छन् । जसमा चारजना महिला र १० जना पुरूष रहेका छन् ।

यस्तै आर्थिक वर्ष ०७९/०८० मा नौजनाको हत्या भएको छ । प्रहरीको तथ्याङ्कअनुसार धारिलो हतियारको प्रयोगबाट तीन, घाँटी थिची एक, डोरीले बाँधेर कसेर एक, कुटपिटबाट दुई, धकेलेर एक र अन्य एक गरी नौजनाको हत्या भएको छ । हत्यामा संलग्न १५ जना प्रतिवादी पक्राउ परेका छन् । जसमा तीनजना महिला र १२ जना पुरूष रहेका छन् ।

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा १७ जनाको हत्या भएको छ । प्रहरीका अनुसार धारिलो हतियारको प्रयोगबाट चार, गोली प्रहारबाट एक, घाँटी थिची दुई, कुटपिटबाट ६, विष खुवाएर एक, धकेलेर दुई र अन्य एक गरी १७ जनाको हत्या भएको छ । हत्यामा संलग्न ४२ जना प्रतिवादी पक्राउ परेका छन् । जसमा ११ जना महिला र ३१ जना पुरूष रहेका छन् ।

यस्तै आर्थिक वर्ष ०७७/०७८ मा १९ जनाको हत्या भएको छ । प्रहरीका अनुसार धारिलो हतियारको प्रयोगबाट एक, गोली प्रहारबाट तीन, कुटपिटबाट १०, ढुंगा, मुढा, लाठी प्रयोग गरी दुई, धकेलेर एक र अन्य दुई गरी १९ जनाको हत्या भएको छ । हत्यामा संलग्न ५० जना प्रतिवादी पक्राउ परेका छन् । जसमा एकजना महिला र ४९ जना पुरूष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लले दाङमा पछिल्लो समयमा नियोजित रूपमा गरिने हत्या बढिरहेको बताए । प्रमुख डिएसपी मल्लले आवेगको रिस, मानसिक रूपमा बिचलन भएको, चोरी सिकारी गर्दा झुक्किएर हत्या हुने गरेको पनि बताए । उनले भने– ‘पछिल्लो समयमा सम्पत्तिको लोभमा नियोजित रूपमा हत्या गरेको घटनाहरू बढी छ ।’ मायाजालमा पारेर पछि सम्पत्ति माग्ने र नदिएपछि हत्या गर्ने गरेको उनले बताए ।

त्यति मात्रै नभएर दाङमा गोली लागेर धेरैको हत्या भएको पाइएको प्रमुख मल्लले बताए । ‘अवैध रूपमा भित्रिएको भरूवा बन्दुकले मानिसहरू चोरी सिकारी गर्ने गर्दा गोली लागेर धेरैको हत्या भएको छ’ उनले भने– ‘चोरी सिकारीले पनि हत्याको घटना बढेको छ ।’ अवैध रूपमा भित्रिएका भरूवा बन्दुकहरू घरमा नराखेर जङ्गलमा राख्नाले पनि यस्तो घटना घटेको छ । यसलाई नियन्त्रण गर्नको लागि स्थानीय तहसँग समन्वय गरेर संकलन गर्ने उनको भनाइ छ ।

यस्तै मादकपदार्थ सेवन, लागूऔषध दुव्र्यसनीले पनि हत्याका घटनाहरू भएको उनले बताए । यसलाई नियन्त्रण गर्नको लागि स्थानीय तहको सहकार्यमा टोलमा गएर सचेतना कार्यक्रमहरू गर्दै गएको उनको भनाइ छ । तर पनि नियन्त्रण हुन सकेको छैन । अब यसलाई थप प्रभावकारी रूपमा अघि बढाउने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here