Thursday, May 16, 2024
Homeसमाजहरियाली सहकारीमा सर्वसम्मत नयाँ कार्यसमिति

हरियाली सहकारीमा सर्वसम्मत नयाँ कार्यसमिति

- Advertisement -spot_img

भालुवाङ, २३ पुस । हरियाली बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका–५ सिसहनियाको अध्यक्षमा रेशमबहादुर थापा सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार राप्ती गाउँपालिका–५ सिसहनियामा आयोजित १६औँ वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो ।

थापाकै अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसअनुसार उपाध्यक्षमा लिलबहादुर रोका, सचिवमा राधा पाण्डे, कोषाध्यक्षमा शोभाखर आचार्य रहेका छन् । त्यसैगरी सदस्यहरूमा सरीता शर्मा, ज्ञानबहादुर बुढामगर, हरिकला पाण्डे, ईश्वरीप्रसाद अधिकारी र विष्णुमाया घिमिरे रहेका छन् । त्यसैगरी अधिवेशनले खगेश्वर शर्माको संयोजकत्वमा तीन सदस्यीय लेखासमिति चयन गरेको छ । जसका सदस्यहरूमा वृजविहारी चौधरी र तेजेन्द्र सिंह ठकुरी रहेका छन् ।

संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा संविधान सभा सदस्य सुशीला चौधरीको विशिष्ट आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव रेशम बहादुर बुढा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिप्रसाद ज्ञवालीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ दाङका अध्यक्ष विमल अधिकारी र सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

जसमा उत्कृष्ट बचतकर्ताको रूपमा कलावती बसेल, गणेशराम चौधरी, रविन्द्र रोका, लिला शर्मा त्यसैगरी सदस्य बृद्धिकर्ताको रूपमा विष्णुमाया घिमिरे र बसन्ती केसी तथा उत्कृष्ट समूहको रूपमा महालक्ष्मी समूह मसुरियालाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष मोम बहादुर रोकाको स्वागत मन्तव्यबाट सुरू भएको सभा उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव रेशमबहादुर बुढा र सदस्य राधा पाण्डेले गरेका थिए ।

०७७ साल पुस २७ गते हरियाली, बिहानी, जनजीविका र महाप्रभु बचत तथा ऋण सहकारी संस्था एकीकरण गरी देउखुरी बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा दर्ता भई सञ्चालनमा आए पनि साविकको महाप्रभुमा कर्मचारीद्वारा आर्थिक हिनामिनासम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भई कानुनी प्रक्रिया अगाडि बढिरहेका बेला एकीकृत सहकारीहरूबीच विवाद बढ्दै जान थालेपछि २०८० कार्तिक १ गते लुम्बिनी प्रदेश गृहमन्त्रालयको मन्त्री स्तरीय निर्णयले एकिकृत संस्था बदर गरि साविकका संस्थाहरूलाई पुनर्जीवित गरेसँगै हरियाली बचत तथा ऋण सहकारी संस्थाले तीन आर्थिक वर्ष ०७७/०७८, ०७८/०७९ र ०७९/०८० को बाँकी रहेको वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here