Monday, November 11, 2024
Homeखेलकुदलुम्बिनी प्रदेश तेक्वान्दो संघको साधारणसभा

लुम्बिनी प्रदेश तेक्वान्दो संघको साधारणसभा

- Advertisement -spot_img

दाङ, २३ पुस । लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तेक्वान्दो संघका प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरूङको प्रमुख आतिथ्यता एवं तेक्वान्दो संघका केन्द्रीय सदस्यहरू श्रीमान थापा र हेमन्त डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गुरूङले खेल क्षेत्रको विकास भएमात्रै समग्र देशको विकास हुने बताए । तेक्वान्दो संघलाई स्थानीय तहसँग जोड्न सकेमा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने उनले बताए । साधारण सभामा लुम्बिनी प्रदेका १२ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा र बाँके जिल्ला अध्यक्ष प्रकाश लामिछानेले खेल क्षेत्रमा खेलाडीलाई उत्साहित गराउन खेल कार्यक्रम गर्नुपर्ने बताए ।

तेक्वान्दो एउटा खेल मात्र नभएर शरीरलाई स्वस्थ बनाउने माध्यम पनि भएकाले खेलकुदप्रति बालबालिकाको रूचि बढाउन जोड दिनुपर्ने बताए । लुम्बिनी प्रदेशका प्रदेश उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण महासचिव बिनिल केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here