Thursday, February 13, 2025
Homeसमाजविज्ञान शिक्षक समाजमा नयाँ कार्यसमिति

विज्ञान शिक्षक समाजमा नयाँ कार्यसमिति

- Advertisement -spot_img

तुलसीपुर, २३ पुस । विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्रस्तरीय समिति दाङको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिकामा रहेको ग्रेट अरनिको प्राङ्गणमा सम्पन्न अधिवेशनले रूपेश गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण बस्नेत, सचिवमा दीपक ओली, सहसचिवमा सुशील गिरी र कोषाध्यक्षमा शरद देवकोटा चयन भएका छन् ।

पश्चिम क्षेत्रस्तरीय समितिमा बबई, शान्तिनगर, दंगीशरण र तुलसीपुरका मावि तहका विज्ञान शिक्षकहरू आबद्ध रहेका छन् । विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्रस्तरीय समितिका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता तथा विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विकास गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा गिरिराज लम्साल, भोजराज न्यौपाने, विष्णु भण्डारी, मानबहादुर बस्नेत, विष्णु देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्रस्तरीय समितिका उपाध्यक्ष थानेश्वर आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको अधिवेशनको सहजीकरण विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्रस्तरीय समितिका सचिव रूपेश गुप्ताले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here