सल्यान, २३ पुस । सल्यानमा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । बँदेलको आक्रमणबाट सिद्धकुमाख गाउँपालिका–५ दहगाउँका १४ वर्षिय सन्दिप विक घाइते भएका हुन् । घर नजिकै जंगलमा बाख्रा चराउन गएको बेला उनलाई शनिबार बेलुका बँदेलले आक्रमण गरेको थियो ।
घाइते बालकको कामना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । बालकको बाँया खुट्टा र हातमा गहिरो चोट लागेको छ ।