Saturday, March 15, 2025
Homeसम्पादकीयसाधन प्रयोगमा सचेतना बढाऔं

साधन प्रयोगमा सचेतना बढाऔं

- Advertisement -spot_img
सम्पादकीय
दाङ जिल्लालाई शिक्षित जिल्लाका रूपमा लिने गरिएको छ । देशमा जति शिक्षित दम्पती भयो उति नै परिवार योजना (नियोजन)का आधुनिक साधन र सेवा प्रयोग गर्ने भएपनि दाङमा त्यस्तो देखिएको छैन् । पछिल्लो समयमा परिवार नियोजन साधनको प्रयोग दर बढ्नुपर्नेमा झन्ै घटेको छ । आर्थिक वर्ष ०७७÷०७८ मा २३ दशमलव ४ प्रतिशत प्रयोग भएकोमा आर्थिक वर्ष २०७८÷७९ मा घटेर २३ दशमलव १ प्रतिशतमा झरेको छ । यस्तै गत आर्थिक वर्ष २०७९÷८० मा आएर परिवार नियोजनको साधन प्रयोगदर घटेर २२ दशमलव १ प्रतिशतमा पुगेको छ । चेतनाको अभाव, अज्ञानता तथा गरिवीका कारणले महिलाहरू धेरै परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छैनन् । परिवार नियोजनका साधन प्रयोग नगरेकै कारण धेरैले असुरक्षित रूपमा गर्भपतन गर्ने गरेका छन् ।
धेरैलाई परिवार नियोजनको बारेमा थाहा नै छैन । कमैलाई परिवार नियोजन गर्नुपर्छ भन्ने थाहा भएपनि लाजको कारणले गर्दा कण्डम, पिल्स, तीन महिने सुई लिन मान्दैनन् । अस्थायी साधनको प्रयोगमा आकर्षण घट्नुका कारणको विषयमा सरकारले गहन अध्ययन गर्न सकेको छैन् । जति शिक्षित भयो उति बच्चा धेरै पाउनुहुन्न भन्ने थाहा हुने र बजारमा उपलब्ध साधनको ज्ञानसमेत बढी हुने भएकाले परिवार नियोजनका साधनको प्रयोगदर शिक्षितमा बढी हुनुपर्छ । त त्यसो हुन सकेको छैन् । परिवार योजना नियोजनका आधुनिक साधन र सेवामा महिला बन्ध्याकरण, तीन महिने सुई, पुरूष बन्ध्याकरण, खानेचक्की, कण्डम, इम्प्लान्ट र आइयुसिडी उपलब्ध छन् ।
  सेवाग्राहीलाई परिवार नियोजनका साधन तथा सेवा प्रयोगबाट हुन सक्ने असर, असर भएमा के गर्ने भन्ने जानकारी प्रभावकारी रूपमा दिन नसक्नु मुख्य समस्या रहेको पाइएको छ । शिक्षित ब्यक्तिले नै अस्थायी साधन प्रयोगमा हेल्चेक्¥याई गर्दा यौन रोग बढ्न सक्ने चिन्ता छ । स्वास्थ्य संस्थाहरूमा सर्वसुलभ रूपमा पाइने अस्थायी सानधको विषयमा सचेतना दिन आवश्यक छ । शिक्षित व्यक्तिले नै चासो नदिँदा यसको प्रयोगदर घटेको छ । यसकै लागि उनीहरूलाई बुझाउन आवश्यक छ । यसको प्रयोग नहुँदा हुने असररबारे बुझाउन सकेपछि समस्या आउने छैन् ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here