Friday, September 6, 2024
Homeसमाजपाँच हजार अस्थायी आवास निर्माण

पाँच हजार अस्थायी आवास निर्माण

- Advertisement -spot_img

गमानसिङ घर्ती मगर
रूकुम पश्चिम, २२ पुस । जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर भूकम्प गएको दुई महिना पूरा भएको छ । त्रिपालमुनि रात बिताउन बाध्य भएका भूकम्प पीडितहरूलाई चिसोबाट बचाउनका लागि पालिकासँग समन्वय गरेर विभिन्न संघसंस्था, राजनैतिक दलहरूले राहातको सामग्री उपलब्ध गराएउने गरेका छन् भने केही अस्थायी आवास निर्माणमा जुटि रहेका छन् । केही राजनैतिक दलहरूले अस्थायी आवास निर्माण गरि दिए पनि आफ्ना पार्टीका कार्यकर्ताहरूको मात्र बनाईदिएको र सामान्य नागरिकहरूको नबनाएको स्थानीयहरू बताउँछन् ।

भूकम्पले भौतिक संरचना भत्काई दिदा त्रिपालमुनि रात कटाउन बाध्य भएका भूकम्प पीडितहरूले अस्थायी आवासका निर्माण लागि प्रतिलाभग्राही २५ हजार रूपैयाँका दर रकम पाएका छन् । जिल्ला विपत् कोषबाट स्थानीय विपत् कोषमा सात हजार लाभग्राहीलाई रकम प्राप्त भएपछि आठबिसकोट नगरपालिकाले बैंक मार्फत ७ हजार लाभग्राहीहरूलाई अस्थायी आवास निर्माणमा लागि रकम उपलब्ध गराएको हो । सात हजार भूकम्प प्रभावित लाभग्राहीहरूले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् । भने अस्थायी आवास निर्माणपछि प्रभावित लाभग्राहीहरूले दोस्रो किस्ताबापत २५ हजार रूपैयाँ पाउने छन् ।

पालिकाको तथ्याङ्कअनुसार प्रति लाभग्राही २५ हजारका दरले बैँकमार्फत भुक्तानी दिएको उल्लेख गरेको छ । आठबिसकोट नगरपालिका नगरप्रमुख रबि केसीका अनुसार पालिका भरी ९ हजार ९ सय ६३ घरहरू क्षति भएका छन् जसमध्ये ७ हजार घरधुरीले मात्र पहिलो किस्ता बापतको २५ हजार रूपैयाँ पाएका हुन बाँकी २९ सय ६३ लाभग्राहीहरूले जिल्ला विपद् व्यवथापन समितिबाट रकम नगरपालिकालाई प्राप्त हुने बित्तिकै केहि दिनभित्र रकम प्राप्त गर्ने नगरप्रमुख केसीले जानकारी दिए ।

नगरप्रमुख केसीका अनुसार पालिकामा विभिन्न राजनीतिक दलहरू, संघ संस्थाहरू र लाभग्राहीहरू आफै गरेर ५ हजार ६ सय अस्थायी आवसहरू निर्माण भैसकेको बताए । पालिकामा भरि ६४ वटा बिद्यालयहरू मध्ये क्षतिग्रस्त ५४ वटा विद्यालयहरूमा अस्थायी शिक्षण सिकाइ केन्द्र स्थापना, केही अस्थायी शौचालय निर्माण, अवरूद्ध सडक मर्मत, केही खानेपानी तथा सिँचाइ कुलो मर्मत, मृतक तथा घाइते पशु उद्दार तथा उपचार लगायतका कामहरू भएकोे जानकारी दिएका छन् ।

आठबिसकोट नगरपालिकामा भूकम्पमा परि ४४ जनाले ज्यान गुमाएका थिए भने १ सय १७ जना घाईते भएका थिए । यसअघि नगरपालिकाले मृतक परिवारलाई किरिया खर्च शोरूप २५ हजारका दरले रकम उपलब्ध गराएको थियो । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडामा केन्द्र बिन्दु बनाएर गएको भूकम्पले जाजरकोटसहित रूकुम पश्चिमका केही पालिकाहरूका परम्परागत भौतिक संरचनाहरूमा बढि क्षति पु¥याएको थियो ।

भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पु¥याएको हो । ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुग्दा भौतिक संरचनाहरूमा सँगै मानवीय क्षति भएको थियो । अस्थायी आवास निर्माणको कार्यमा दुई महिना बितिसक्दा पनि सम्पन्न भएको छैन भने पुनः निर्माणको कार्य कहिलेदेखि सुरू हुन्छ अझै अन्यवल देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here