Thursday, February 13, 2025
Homeसमाजत्रिवेणीमा बैशाखभित्रै योजनाको काम सक्ने लक्ष्य

त्रिवेणीमा बैशाखभित्रै योजनाको काम सक्ने लक्ष्य

- Advertisement -spot_img

सल्यान, २२ पुस । आर्थिक वर्षको अन्त्यमा हुने चाप घटाउन तथा पारदर्शी र गुणस्तरीय कामको लागि सल्यानको त्रिवेणी गाउँपालिकाले बैशाख महिनाभित्र सबै योजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । हालसम्म ७२ प्रतिशत बढी योजना सम्झौता गरिसकेको गाउँपालिकाले बाँकी आयोजनाहरू पुसभित्रमा सम्झौता भइसक्ने जनाएको छ ।

जम्मा १६७ वटा योजनाहरू रहेको त्रिवेणीमा १२१ वटा योजना सम्झौता भई कार्यान्वयनमा रहेका छन् । चालु आर्थिक वर्षको सुरूवातमै सक्रिय भएर लागेको र यसले असार मसान्तमा कामको भार कम हुने तथा आउँदो वर्षका योजना छनोट गर्न सहज हुने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अपेक्षा छ ।

त्रिवेणी गाउँपालिकाका अनुसार हालसम्म १३ वटा योजनाहरू सम्पन्न भइसेकका छन् । ‘माघ महिनाभित्रमा ९० वटा योजनाहरूको निर्माण कार्य सम्पन्न भइसक्ने अवस्था छ’ प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले भने । उनका अनुसार कोलचौरदेखि दाङ जोड्ने सडक, लुहाम–फलावाङ–मख्खनटाकुरी सडक, लुहाम–पोखरीज्यूला–ढोरचौर सडक तथा सल्लेखोला सिम्क पिपलबोट सडक यस वर्षका मुख्य गौरवका आयोजनाहरू हुन् ।

यी आयोजनाहरू समयमा नै टेण्डर प्रक्रियाद्वारा सम्झौता भईसकेकोले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने आधार तयार भएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । गाउँपालिकाको प्रशासकीय भवनको ६० प्रतिशत र पालिकास्तरीय अस्पताल भवनको ३० प्रतिशत अर्थात् पहिलो तला ढलानको कार्य सम्पन्न भएको पनि गाउँपालिकाले जनाएको छ ।

हरेक हप्ताको बुधबार र बिहीबार गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक सीता खड्का पुनको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, योजना शाखा प्रमुख, वडा अध्यक्ष तथा प्राविधिकको उपस्थितिमा आयोजनाको अनुगमन गर्ने, सल्लाह, सुझाव दिने कार्य गर्दछ ।

‘हामीले हरेक वडामा प्राविधिकको व्यवस्था गरेका छौं । उहाँहरू हरेक दिन फिल्डमा जाने र बेलुका आ–आफ्नो क्षेत्रमा भएका कार्यको अनलाइन रिपोर्टिङ गर्ने गर्नुहुन्छ । जसले आयोजनामा गुणात्मकता कायम गर्न टेवा मिलेको छ’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने ।

त्रिवेणी गाउँपालिकाले कार्य सम्पन्न भएपश्चात् उक्त आयोजनामा कुनै असन्तुष्टी, गुनासो भएमा सात दिनको भुक्तानी दावी विरोधको सूचना प्रकाशन गरी त्यसमा कुनै उजुरी परेमा छानविन समिति गठन गरी आवश्यक छानविन तथा अनुसन्धान गर्ने प्रवन्ध पनि मिलाएको छ ।

सामूहिक अनुगमन गर्ने कार्यलाई जोड दिएको गाउँपालिकाले कार्य सम्पन्न भइसकेपश्चात् सर्वपक्षिय सहभागितामा गरिएको नाप जाँचको मुचुल्का तयार गरी भुक्तानीको लागि सबै पक्षबाट सिफारिस गराउने गरेको योजना शाखाले जनाएको छ । नाप जाँचपश्चात् वडा अध्यक्ष तथा सदस्यहरू समेतको वृहत् सहभागितामा सार्वजनिक सुनुवाइ, सार्वजनिक परिक्षण गर्ने कार्यले आयोजनामा पारदर्शिता प्रवद्र्धन गरी सुशासन कायम गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समिति गठन भइसकेपश्चात् त्रिवेणी गाउँपालिकाले समितिलाई अभिमुखीकरण पनि गरेको थियो । आयोजनाहरू कसरी सञ्चालन गर्ने, जनसहभागिता कसरी जुटाउने, निर्माण प्रक्रियामा आउने प्राविधिक कठिनाईलाई के कसरी समाधान गर्ने तथा कार्य सम्पन्न भइसकेपश्चात् भुक्तानीमा के–के कागजात संलग्न गर्ने भन्ने सन्दर्भमा विभिन्न विषय वस्तुमा आधारित रही अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here