सम्पादकीय
अर्थतन्त्र सुधारात्मक अवस्थामा छैन् । कोरोना महामारीसँगै धरासयी बनेको अर्थतन्त्र अझै उठ्न सकेको छैन् । उपभोक्ता महँगीको मारमा छन् । व्यवसायी पलायन भइरहेका छन् । बजारमा आर्थिक तरलतासँगै बैंकले निक्षेपको कर्जा बढाएपछि कर्जाको व्याजदर पनि अस्वभाविक रुपमा बढेको छ । अर्थतन्त्र धरासयी बनेको अवस्थामा बैंकले समेत कर्जामा ब्याजदर अस्वभाविक रुपमा वृद्धि गरेपछि उद्योगी व्यवसायीलाई कर्जाको किस्ता बुझाउनै मुस्किल परेको छ ।
बैंकले बढाएको अनियन्त्रित व्याजदर रोक्नुपर्ने व्यवसायीले माग राखेर आन्दोलन गरिरहेका छन् । बैंकले पटक–पटक व्याजदर वृद्धि गर्ने गरेको, किस्ताबन्दी रूपमा सेवा शुल्क लिई कर्जा नवीकरण गर्ने गरेको, नवीकरणको अवधिलाई त्रैमासिक बनाएर विभिन्न शीर्षकहरूमा शुल्क लिने गरेर निजी क्षेत्रका व्यवसायी पलायन हुने गरेका छन् ।
बैंकको व्याजदर वृद्धि भएपछि बजारमा महँगीसमेत बढेको छ । उपभोक्ताको ढाडै सेक्ने गरी बढेको महँगीले सास्ती दिएकोे छ । अर्थतन्त्रमा तरलता आएपछि बैंकले निक्षेप तान्न बढाएको व्याजदरले कर्जाको व्याजदरमा प्रत्यक्ष प्रभाव पारेको छ । बंैकको व्याजदरले उपभोक्तासमेत मारमा परेका छन् ।
अर्थतन्त्र लगातार ओरालो लागिरहने अवस्था आखिर कहिलेसम्म आउँछ भन्ने प्रश्न अहिले पनि छ । अर्थतन्त्रमा देखिएको तरलताले नागरिकलाई निराशा बनाएको छ । बैंकमा बढेको व्याजदरले उद्योगी व्यवसायीमात्रै नभएर सर्वसाधारण नागरिक पनि समस्यामा छन् । अर्थतन्त्र बलियो बनाउन नेतृत्वको ध्यान पुगेको देखिदैन् । अहिले पनि धेरै वस्तु आयात गर्नुपर्ने अवस्था छ । नेपाली वस्तु निर्यात कम हुने तर विदेशी वस्तुको आयात बढ्दा अर्थतन्त्र झन्पछि झन् कमजोर बन्दै गएको छ ।
अर्थतन्त्र खराब अवस्थामा पुगेपछि नागरिकले सडकबाटै संघर्ष नआउला भन्न सकिदैन् । अर्थतन्त्र सुधार गर्न सरकार जिम्मेवार बन्नैपर्छ । खराब स्थितिमा पुगेको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि आवश्यक कदम अघि बढाउन आवश्यक छ ।
अर्थतन्त्र खराव अवस्थामा पुग्दा महँगी बढेको छ भने बैंकको व्याजदर पनि बढेको छ । यस अवस्थालाई सुधार गर्न अहिलेको मूल नेतृत्व गम्भीर हुनुपर्छ । विदेशमा रोजगारी गरेर जोगिएको अर्थतन्त्र विदेशी वस्तुको आयात कम गरेर स्वदेश वस्तुको निर्यात बढाउन सकेपछि अर्थतन्त्र सुधार हुनसक्छ ।