Friday, February 23, 2024
Homebreaking-newsलागूऔषध नियन्त्रणमा चासो

लागूऔषध नियन्त्रणमा चासो

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २१ पुस । लागूऔषध दुव्र्यसन नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । दुव्र्यसनी बढ्दै जाँदा समाजमा अपराधका घटनाहरु पनि बढ्न थालेका छन् । खुला सिमानाका, अभिभावकको कम निगरानी, साथीभाइको लहलहैका कारण लागूऔषध प्रयोगकर्ता बढ्न थालेका छन् । लागूऔषध प्रयोगकर्ता बढ्दै जाँदा अपराधका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी राम बहादुर केसीले बताए ।

‘समाजमा हुने अधिकांश अपराधका घटना लागूऔषध सेवनकै कारण देखिएको छ’ उनले भने– ‘लागूऔषध प्रयोगको संख्या बढ्दै जाँदा नियन्त्रणमा चुनौती बढ्दै गएको छ’ एसपी केसीका अनुसार दाङमा चालु आर्थिक वर्षको ६ महिनामा १४६ वटा विभिन्न खालका अपराधिक घटनाहरु घटेका छन् । ति मध्ये अधिकांश लागूऔषध प्रयोगकै कारण भएको देखिएको उनले बताए ।

जिल्लाका दश पालिका मध्यबाट सबैभन्दा बढी अपराधिक घटनाहरु घोराही र तुलसीपुर उपमहानगरपालिकामा घट्ने गरेको उनले बताए । ‘दुई उपमहानगरपालिका मूख्य सहर हुन्’ उनले भने–‘जनघनत्व बढी हुने ठाउँमा अपराधका घटना पनि बढी हुने गरेका छन् ।’

एसपी केसीले चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी जवरजस्ती करणीको मुद्दा ४६ वटा दर्ता भएको बताए । ‘जबरजस्ती करणीका घटना पनि लागूऔषध दुव्र्यसनीकै कारणले भएका छन्’ उनले भने– ‘नसामा लठ्ठ भएपछि अपराधमा संलग्न हुन्छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।’ दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले नैतिक शिक्षाको पुनर्ताजगी नहुँदा अपराधका घटनाहरु बढेको बताए । ‘अपराध हुनु भनेको नै नैतिक शिक्षाको अभाव हो’ उनले भने– ‘मानिसमा सचेतना भएपनि नैतिक शिक्षाको अभाव छ भने समस्या हुन्छ ।’

सुवेदीले समाजमा नकारात्मक प्रचार नै अपराधको मुख्य कारणको तत्व भएको बताए । उनले लागूऔषध दुव्र्यसनी अपराधको मूख्य कारकतत्व भएको बताए । ‘दाङमा बढी रहेको अपराधका अर्को मुख्य कारण तत्व लागूऔषध पनि रहेको छ’ उनले भने– ‘दाङमा लागूऔषध नियन्त्रण गर्न प्रशासनले विभिन्न खालका जनचेतनामूलक कार्यक्रम, प्रहरी प्रशासन, स्थानीय सरकारलगायतका विभिन्न निकायहरुले नियमन नियन्त्रण गर्न लागि परेको छ ।’

प्रमुख सुवेदीले आगामी दिनमा अभिभावक, विद्यार्थी, स्थानीय सरकार, प्रहरी प्रशासन र जिल्ला प्रशासनको समन्वयमा लागूऔषध नियन्त्रणका लागि कार्यक्रम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले लागूऔषधलाई नियन्त्रण गर्न शिक्षा र जनचेतनाको खाँचो रहेको बताईन् । ‘लागूऔषध नियन्त्रण गर्न सचेतना जरुरी छ ।’

उनले भनिन्– ‘पालिका सरकारले सचेतनामा जोड दिएको छ’ उनले अशिक्षित वर्गलाई जनचेतनामूलक अन्तरक्रिया, जीविकोपार्जन खालका काम, सानो सानो काम गर्नेलाई पनि प्रोत्साहन गर्न सके अहिलेका युवाहरुलाई लागूऔषधको पहुँचबाट टाढा राख्न सकिने बताइन् । ‘युवालाई लागूऔषधको पहुँचबाट टाढा राख्नुपर्छ’ उनले भनिन्– ‘यसका लागि अभिभावक, समाज, सरकार सबैको भूमिका उत्तिकै सशक्त बन्नुपर्छ ।’

जिल्ला प्रशासन कार्यालय दाङले तुलसीपुरमा ‘लागूऔषध तथा अपराध नियन्त्रण’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले आफू मातहत रहेका उमेर समूहका विद्यार्थीहरु बढी कुलतमा फस्ने भएकोले चिन्ता व्यक्त गरेका छन् ।

नयाँ पाइला पुनस्र्थापना केन्द्र बिजौरीका कार्यकारी निर्देशक सुरेश भुसालले अभिभावकले बालबालिकालाई समय नदिँदा कुलतको बाटो अंगाल्ने गरेको बताए । ‘अभिभावकले अन्तिम अवस्थामा मात्रै बुझ्नुहुन्छ उनले भने–‘कम्तिमा पनि शुरुदेखि नै बालबालिकालाई निगरानी राख्न सकेपछि यस्तो अवस्था आउने छैन् ।’ उनले अहिलेसम्म करिब एक हजार ४ सय जनालाई उपचार गरिसकेको बताए । ‘मैले यो क्षेत्रमा काम गर्नका लागेको करिब एक दशक भयो’ उनले भने– ‘अहिलेसम्म करिब १ हजार ४ सयले उपचार पाइसकेका छन् ।’

जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा भएको कार्यक्रममा ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विजय गौतमले गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here