Saturday, March 15, 2025
Homeसाहित्यखोज्दै मानवता

खोज्दै मानवता

- Advertisement -spot_img

मानवता खोज्दै जुनि बित्यो
थाकि सके कहिँ भेटिन
तन मन धन खर्चिए जीर्ण भए
मानवता कहिँ भेटिन

असंख्य भिडमा सोधेँ मानवता
यता कतै देख्नु भयो
हैरान भएँ खोज्दा–खोज्दै
मानवता भएको कोही देख्नुभयो

मानवता भेटेमा सुख दुःख
भाव साट्न साह्रै मन थियो
मानवता भेटेमा व्यक्ति समाज
विश्वको बेथिति साट्न मन थियो

मान्छे भेटाए उसले बोलेका लवज
सुन्दा कत्ति पनि मानवता देखिन
उसले गायको गीतमा कत्ति पनि
मानवतावादी सुर–ताल देखिन

आफ्नो अनुकुल शब्द फेर्दै बोल्छन्
बुझ्न चिन्न गाह्रो भयो मानव
प्रकृति अनुसार जिउडाल चिटिक्क
व्यवहार देख्दा होइन लाग्छ मानव
धेरै भेटिन्छन् आध्यात्मिक ऋषि
स्वयम् कहलिने महामानव
ओढ्ने गेरू वस्त्र गर्ने व्यक्तिगत
स्वार्थमा व्यापार छली महामानव

सच्चा मानव तनमन वचनको
मेरो खोजी सधैं जारी छ
एक मानव कसैले भेट्नु भएमा
साझा यात्रामा मेरो अनुरोध छ

जस्तोसुकै परिस्थितिसँग सामना गर्नु परोस्
मानवता खोजी लक्ष्य हो
मानव–मानवता मातापिता मातृभूमि
कर्तव्य प्रेम स्मरण गराउने लक्ष्य हो

मानवतावादी देखिन्छन् समाजमा
दौलतको आडमा दुरूस्त हुन्छन्
विपन्नले साथ माग्दा आश्वासन दिँदै
घातक गर्दै उनैले डस्छन्

मानवतावादी जस्तै गरी कुदाउँछन्
झोले बनाई आफ्नो रोटी सेक्न थाकाउँछन्
समाजमा धाक लगाउँछन् ठूला सेवाको
नाममा मानव बन्दै स्वार्थमा प्रेमले फकाउँछन्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here