Thursday, February 13, 2025
Homeखेलकुदशिवजन माविलाई रनिङ शिल्डको उपाधि

शिवजन माविलाई रनिङ शिल्डको उपाधि

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, २१ पुस । शारदा नगरपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबारदेखि सुरू भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । प्रतियोगितामा शारदा–१ स्थित शिवजन मावि प्रथम भएको छ । १७ स्वर्ण, १५ रजत र ८ कास्यसहित शिवजन मावि प्रथम हुन सफल भएको हो ।

प्रतियोगितामा शारदा–२ स्थित त्रिजमावि लुहापिङ ११ स्वर्ण, ९ रजत र १० कास्यसहित दोस्रो भएको छ । त्यस्तै शारदा ४ स्थित मेहन्द्ररत्न मावि पिपलनेटा ८ स्वर्ण, ६ रजत र ५ कास्यसहित तेस्रो भएको छ । प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र १ कास्यसहित शारदा–१२ स्थित शिव मावि मुलडाँडा सान्त्वना भएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र ६ हजार नगद, प्रमाणपत्र, ट्रफि प्रदान गरिएको थियो । प्रतियोगितामा विभिन्न विधामा स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितालाई सफल बनाउन भूमिका खेलेका सहभागी विद्यालय, उत्कृष्ट खेलाडी र रेफ्रिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

शारदा नगरपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिजमावि लुहापिङ आयोजक विद्यालयको रूपमा रहेको थियो । प्रतियोगितामा भलिबलतर्फ छात्रछात्रा, कबड्डीतर्फ छात्रछात्रा, एथ्लेटिकसतर्फ छात्रछात्रा र मार्सलआर्टअन्तर्गत कराँते र तेक्वान्दो खेलमा १५ वटा सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्रा सहभागी रहेका थिए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको प्रमुख आतिथ्यता तथा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाको अध्यक्षतामा पुरस्कार वितरण तथा समापन भएको हो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नविन कार्की, सशस्त्र प्रहरी नायव निरिक्षक सुशील श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख सन्जिव चौधरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, खेलकुदसँग सम्बन्धित संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, खेल प्रशिक्षक, विद्यालयका प्रधानाध्यापक, पत्रकार, सुरक्षाकर्मी, शिक्षक, खेलाडी, विद्यार्थी र स्थानीय तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालको स्वागत मन्तव्य रहेको समापन कार्यक्रममा वडा अध्यक्षहरूको तर्फबाट वडा नम्बर १५ का वडा अध्यक्ष लोकमान बुढाथोकी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मन्तव्य गरेका थिए । कार्यक्रमको सहजीकरण शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here